लोकगायिका जुना भन्छिन् परदेशी उतै हरायो

रूद्र श्रीसमगर पोखरा, १७ कार्तिक अहिलेकी चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीसमगरले “परदेशी” बोलको अति मर्मस्पर्शी लोकगीत बजारमा ल्याएकी छन् । गायिका जुनाले लोकगीतमार्फत् हराएका परदेशीलाई सम्झिएकी छन् । कुनै बेलाका चर्चित लोक तथा दोहोरी गायक भगवान भण्डारीको लय तथा शब्दमा रहेको “परदेशी”को म्यूजिक भिडियो युट्युबमार्फत् सार्वजनिक भएको छ । गायिका जुनाको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत् सो गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । गोविन्द पुनमगरले निर्देशन गरेको म्यूजिक भिडियोमा गोविन्द पुनमगर र करुणा पुनमगरले अभिनय गरेका छन् । त्यस्तै, वीरबहादुर श्रीसमगर, जसिन्ता श्रीसमगर र एलिस श्रीसमगरको पनि अभिनय रहेको छ । दानबहादुर श्रीसमगरको छायाङ्कन तथा सम्पादन रहेको म्यूजिक भिडियो टाइगर्स फिल्मस् प्रालिले निर्माण गरेको हो । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतका एरेञ्जर विनोद बाजुराली हुन् ।

Read more

धार्चे मनास्लु सम्मान तथा वृह्रत सांस्कृर्तीक कार्यक्रम पौष २६ गते काठमाडौँमा हुँदै (निमन्त्रणा सहित)!

पुस ६, काठमाडौँ धार्चे मनास्लु सम्मान, विमोचन तथा वृह्रत सांस्कृर्तीक कार्यक्रम २०७३ यही पुस २६ गते काठमाडौँमा हुने भएको छ । धार्चे मनास्लु राष्ट्रिय मासिक पत्रिकाको चौँथो वार्षिक उत्सवको अवसरमा आयोजनामा गर्न लागिएको कार्यक्रमलाई मगर्स क्रियसन कम्पनीले प्रायोजन गरेको छ । धार्चे मनास्लु सम्मान अन्तरगत समाजसेवा, पत्रकारिता, गित संगित, साहित्य, चलचित्र,प¥यटन लगाएत विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । विभिन्न विधा गरी २५ जनालाई सम्मान गरिनेछ । वृहत सांस्कृतिक प्रस्तुतीका साथ हुन लागेको कार्यक्रममा मन वहादुर पुनद्धारा लिखित उपन्यास “त्रिनेत्र” को विमोचन गर्ने कार्यक्रम रहेको छ । लेखक पुन धार्चे मनास्लु राट्रिय मासिक पत्रिकाको प्रधान सम्पादक समेत हुनुहुन्छ । कार्यक्रममा आदिवासी जनजातीहरुमा प्रचलित लोक संस्कृति झल्कीने सांस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले जानकारी दिएको छ ।

Read more

गीतकार निशा श्रीसको ‘मगरकी छोरी’को म्यूजिक भिडियो सार्वजनिक !

रूद्र श्रीसमगर पोखरा, ३० मंसिर नवोदित गीतकार निशा श्रीसको ‘मगरकी छोरी’ बोलको प्रवद्र्धनात्मक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सो म्यूजिक भिडियोलाई टाइगर्स फिल्मस् प्रालिले युट्युबमार्फत् सार्वजनिक गरेको हो । बागलुङ जिल्लाका विभिन्न पर्यटकीय स्थलमा छायाड्ढन गरिएको सो म्यूजिक भिडियोमा मोडलका रूपमा गीतकार निशा श्रीस स्वयं र खुशी बुढाले अभिनय गरेका छन् । गोविन्द पुनको निर्देशन रहेको म्यूजिक भिडियोको छायाड्ढन एवं सम्पादन दानबहादुर श्रीसले गरेका हुन् । बीबी अनुरागीको संगीत रहेको गीतमा जुनु रिजालको स्वर रहेको छ । हंसराज खवास ‘विजय’को कोरियोग्राफी र पुनम पुनको मेकअप रहेको म्यूजिक भिडियोमा बागलुङको गलकोटका विभिन्न पर्यटकीय स्थलहरू घुम्टे लेक, गाईघाट झरना, हटिया बजार, हरिचौर बजारलगायत देखाइएको छ । त्यति मात्र नभएर मगर जातिको संस्कृतिका रूपमा रहेका सोरठी, घाँटु, कौह्रालगायतका लोकसंस्कृति समेत म्यूजिक

Read more

चर्चित गायक त्रिलोक रानाको नँया गिती एल्बम “वरदान” बजारमा / “काँडा छोए फुल बन्छ” को म्युजिक भिडियो !

मंसिर २८, काठमाडौँ चर्चित आधुनिक गायक त्रिलोक रानाको नँया गिती एल्बम “वरदान” सार्वजनिक भएको छ । विभिन्न ८ वटा गित समावेश गरिएको उक्त एल्बमको पहिलो गित काँडा छोए फुल बन्छको म्युजिक भिडियो पनी बजारमा आईसकेको छ । सुनिल मास्केको संगित तथा किशोर थापाको शब्द रहेको गितको म्युजिक भिडियोमा बेनिशाा हमाल र अनिल थापाको अभिनय रहेको छ । दर्जनौँ चर्चित गितमा स्वर भरिसक्नु भएका गायक त्रिलोक रानाको यो नँया गितको म्युजिक भिडियोको निर्देशन विशाल भण्डारीले गर्नुभएको छ । त्यस्तै एल्बममा समावेश भएका अन्य गितको पनी भिडियो बनाउने तयारी भैरहेको गायक रानाले जानकारी दिनुभयो । विरु मगर “विछोड” निर्माता रहनु भएको वरदान एल्बममा काँडा छोए फुल बन्छ, तिमीलाई छुने हावा घाम भाग्यमानी, पहिलो भेटमा तिमीसंग माँया गाँसु लाग्यो, जलाउँ झैँ लाग्छ संसार

Read more

चर्चित गायिका संगिता थापामगरको देशभक्ती गित “म त नेपाली” बजारमा (भिडियो सहित) !

मगर मिडिया मंसिर २६, काठमाडौँ पछिल्लो समय नेपाली लोक गित संगितको क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन सफल चर्चित लोक गायिका संगिता थापा मगरको देशभक्ती गित भरखरै मात्रै सार्वजनिक भएको छ । स्टेज क्विन को रुपमा समेत परिचय बनाउन सफल गायिका थापाले यसपाली भने निकै मर्मस्पर्सी शब्द रहेको देशभक्ती गितमा सुमधुर स्वर भर्नु भएको छ । विगत केही समय देखी अमेरिकामा बस्दै आउनु भएकी गायिका थापाले आफुले विदेशमा रहँदा गर्ने अनुभुती यस गित मार्फत व्यक्त गर्न पाउँदा आफु खुसी भएको बताउँदै यस गितले विदेशमा रहने प्रत्येक नेपालीको भावना प्रतिनिधित्व गरेको समेत आशा व्यक्त गर्नु भयो । जहाँ जाँउ लाग्छ मलाई मेरै देशको माँया, आफ्नै भाषा संस्कृर्ती र आफनै भेषको माँया, म त नेपाली मेरो देश नेपाल, हजार जुनी सम्म नेपाली भन्न

Read more

चर्चित लोकदोहोरी गायिका जुना श्रीसमगरको पञ्चेबाजाको गीत ‘दुई खोली दोभान’ सार्वजनिक !

रूद्र श्रीसमगर पोखरा, २३ मंसिर लगनको महिनाका रूपमा चिरपरिचित मंसिर महिनामा एक पछि अर्को गर्दै कलाकारहरूले आफ्ना पञ्चेबाजाको गीत सार्वजनिक गरिरहेका छन् । ठिक यही मेसोमा नेपाली लोकसंगीतमा चर्चा र लोकप्रियताको शिखरमा पुग्न सफल लोकदोहोरी गायिका जुना श्रीसमगरको नयाँ कोसेली पञ्चेबाजाको गीत ‘दुई खोली दोभान’ सार्वजनिक भएको छ । जुनाले अर्का चर्चित लोकदोहोरी गायक एवं मोडल मनसुधन थापामगरसँग मिलेर यो पञ्चेबाजाको गीत बजारमा ल्याएकी हुन् । दर्जनौं गीतहरूमा आफ्नो सुमधुर स्वर दिएर दर्शक, स्रोताको मन जित्न सफल लोकदोहोरी गायिका जुना श्रीसमगरले सो गीतमा शब्द सिर्जना गरेकी छन् । पृथक लय र शब्द सिर्जना रहेको सो गीतमा मनसुधन थापामगरले लय सिर्जना गरेका छन् भने बिलन थापामगरले एरेञ्ज गरेका हुन् । आफूलाई विगतका गीतहरूमा झैं यो गीतमा पनि सबैको साथ र सहयोग

Read more

जयलक्ष्मी छन्त्याल पुनको नयाँ कोसेली “झ्याम्मै बस्यो साइली” बजारमा !

मगर मिडिया मंगसिर २४, काठमाडौँ जयलक्ष्मी छन्त्याल पुन अहिलेका चर्चित राष्ट्रिय लोकदोहोरी गायिकाहरू भन्दा कम प्रतिभावान छैनन् । सुमधुर स्वरकि धनि र प्रतिभावान व्यक्तित्व हुँदाहुदै पनि चर्चामा नआएकि पुन, पक्कै पनि मिडियाको नजरमा नपुगेकै हुनु पर्दछ | बाग्लुंग जिल्ला जसले थुप्रै ख्याती प्राप्त राष्ट्रिय लोक गायक गायिकाहरु जन्माएको छ, सोहि जिल्लाको धम्जा-१, ओखलेमा जन्म भै हाल काठमाडौँलाई आफ्नो कर्म थलो बनाई रहेकी पुनले आफ्नै प्रस्तुतिमा “झ्याम्मै बस्यो साइली” भन्ने फरक किसिमको सालैजो भाकाको गीत बजारमा ल्याएकी छिन | यस गीतलाई पुनले आफ्नै सुमधुर स्वरले सजाएकी छिन् भने उनलाई अर्का लोक गायक थानेश्वर गौतमले साथ् दिएका छन | थानेश्वर गौतम कै शब्द/संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई याम गुरुङले निर्देशन गरेका छन् भने हरिश महराले छायांकन गरेका छन् | साथै, मोडेल

Read more

गिता पाइजाको नयाँ कोसेली ‘हाम्रो खिबांग गाउँ’ आयो बजारमा (भिडियोसहित) !

मगर मिडिया काठमाडौँ, मंसिर १४ नेपाली साँगीतिक आकाशमा उदाउँदै गरेकी सुमधुर स्वरकी धनि गायिका गिता पाईजाको स्वर रहेको लोक दोहोरी गीत ‘हाम्रो खिबांग गाउँ’ बजारमा आएको छ । नेपाली कला संस्कृति झल्काउने उक्त गीतले यतिबेला स्रोता एंव दर्शकको मन जित्न सफल भैरहेको छ । दर्जनौं लोक दोहोरी, सालैजो र बिभिन्न आधुनिक गीतहरूमा समेत स्वर दिएकी कर्ण प्रिय स्वरकी धनि गायीका गिता पाईजालाई बिल पुर्जा मगरले साथ दिएका छन । आशिस म्युजिक प्रा.लिको व्यानरमा निर्माण भएको उक्त म्यूजिक भिडियोको निर्देशक पुस्कर थापाले गर्नुभएको छ भने मोडलिङमा सरिस्मा मगर रहनु भएको छ । म्याग्दीको पर्यटकीय क्षेत्र खिबाङ,घोडेपानी र पुलहिलमा छायांकन गरिएको भिडियोमा मौलिक नृत्य, भेषभुषा र गाउँबस्तीको दृष्यहरु समावेश गरिएको छ । गीत र म्युजीक भिडीयो मार्फत मगर मौलिक कला र संस्कृतीको

Read more

खड्ग गर्वुजाको ठाडो भाका “शिरफुल माया” बजारमा आयो !

श्याम राना मगर मगर मिडिया, मंसिर १२, काठमाण्डौ मगर्स क्रियसन कम्पनीको प्रस्तुतिमा नेपाली लोकसंगीत क्षेत्रका बरिष्ठ गायक संकलक, अग्रज तथा सर्जक खड्ग गर्वुजाको ठाडो भाका “शीरफुल माया” भाकाको गीत तथा म्युजिक भिडियो बजारमा आएको छ । यस गीतमा खड्ग गर्वुजाको आफ्नै शब्द लय रहेको छ भने स्वरमा खड्ग गर्वुजालाई मीना गर्वुजाले साथ दिनु भएको छ । शीरफुल भाका चैतको महिना गितको म्युजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका छन् भने छाँयाकंन करण चैसिर र सम्पादन विष्णु शर्माको रहेको छ । साथै, म्युजिक भिडियोमा नव मोडेल द्वय आशिष र रिनाको अभिनय देख्न सकिन्छ । साजैजो, ठाडो भाका, शिरफुल माया जस्ता मौलिकता बोकेका गीतसंगीतका संकलक, सर्जक तथा बरिष्ठ गायक खड्क गवुर्जाको यो पछिल्लो सिर्जना शीरफुल भाका चैतको महिना विशेष गरेर धौलागिरी, गण्डक क्षेत्र

Read more

घन बहादुर थापा मगरको एल्बम “मायाको संसार” को समिक्षा !

चिम्खोले काईला बेलायत घनबहादुर थापा मगर बेलायतबासी नेपाली समाजमा एक चिरपरिचित नाम हो / थापा मगर बेलायतमा धेरै संघ-संस्थामा आबद्ध भएपनि उनि मगर संघ युकेका सरक्षक हुन् / बेलायतमै उच्च शिक्षा गरेका घनबहादुर पेशाले नर्स भएता पनि उनि एक सफल ब्याबसायी, समाजसेवी मात्र नभएर एक चर्चित साहित्यकार पनि हुन् / उनका कृतिहरु “देशको माटोमा मेरो फूल” र “क्यक्मीको कोसेली” कबिता संग्रहबाट संकलित रकमले आफ्नो गृह जिल्ला स्यांजाको क्यक्मिमा कहिले पुल, कहिले बिद्यालय निर्माण र विद्यालयको स्तरोनतिको लागि शैक्षिक सामाग्रीको साथै कम्पुटर खरिद गरिदिन पुग्छन घनबहादुर थापा मगर हरेक साल नेपालमा / यस पाला थापा मगर “मायाको संसार” गीति एल्बम बिमोचन गर्न नेपाल पुगेका थिय / घनबहादुर थापा मगरको सब्द रचनामा, पावल चामलिंको एकल संगीतमा गायकहरु राजेश पायल राई, स्वरूप राज

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)