म्याग्दी मगर समाज काठमाडौँ उपत्यकाले माघे सकरातिको अवसरमा ७ दिने मेलाको अयोजना !

युवराज राना मगर पौष २५, काठमाण्डौ मगरहरुको महान पर्व माघे सकरातीको अवसरमा म्याग्दी मगर समाजको आयोजनामा यही पौष २९ गते देखि माघ ५ गते सम्म, ७ दिने मेलाको आयोजना गरिएको छ । मगरहरुले आफ्नो राष्ट्रिय पर्वको रुपमा मनाउने पर्व माघे सकरातीको अवसर पारी म्याग्दी मगर समाजले ललितपुर बागडोलको आफ्नै भवन परिसरमा उक्त मेलाको आयोजना गरेको हो । मेलामा मगरहरुको पुर्खौली तारो हान्ने प्रतियोगिता, महिलापुरुष बास्केटवल र भलिबल प्रतियोगिता साथै विभिन्न मौलिक साँस्कृतिक प्रतियोगिता तथा प्रस्तृतिहरुको आयोजना गरिएको छ । साथै मेलामा मगरहरुको मौलिक खानाका परिकारहरुको व्यवस्था समेत गरिएको छ । कार्यक्रमको तालिका निम्न अनुसार छ :

Read more

कतारमा “गरिव तथा जेहेन्दार विधार्थीको अक्षकोष सह्योगार्थ“ हुर्रा महोत्सव भब्य सम्पन्न !

कृष्ण सारू मगर  २९ अक्टोबर,    दोहा कतार “मगर एकता आजको आवश्यकता“ भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारले “गरिव तथा जेहेन्दार विधार्थीको अक्षकोष सह्योगार्थ“ प्रथम हुर्रा महोत्सव तथा दिपावली २०१७ कार्यक्रम नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष कबिराज मगरको प्रमुुख आतिथ्यतामा र संघका साँस्कृतिक संयोजक भुपेन्द्र रिखाम मगरको संयोजकत्वमा सनैैैया स्थित अल डल्ला ड्राइभिङ्ग स्कुलको हलमा कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । प्रमुख अतिथि, विशेष अतिथि, सभापतिले संयुक्त रूपमा द्धिप प्रज्वलन पश्चात नेपाल मगर संघका संस्थापक अध्यक्ष हेम बहादुर पुन मगर तथा नेपालका प्रथम सहिद क्या. लखन थापा मगर एवं ज्ञात अज्ञात सहिद प्रति एक मिनेट मौनपश्चात औपचारिक कार्यक्रम अगाडि बढेको थियो । बलिराजाको पुजा आराधना, देउसी भैलो, संगै विशेषगरी नेपालको पुर्वीय भेगमा लोकप्रिय मानिने हुर्रा नृत्यको विशेषता र महत्त्वका

Read more

कालिगण्डकी गाउपालिका स्याङ्जामा नाँचिएको देवी ठुङ्के नाँचको (फोटो फिचर) !

विष्णु थापा  ७ कार्तिक विरघा, स्याङ्जा मगर समाज बैघा विरघा स्याङ्जाले लोप हुने अवस्थामा रहेको परम्परागत देवी नाँच (देवी ठुङ्के) बलिहाङ् तिहारको अवसर पारेर पुन यसको संरक्षण र विकासका लागि लागि परेको छ । संघको कार्तिक १ गते बसेको बैठकको निर्णय अनुसार कार्तिक ५ गते संघका सचिव खुम बहादुर थापा मगरको निवासमा भेला भई यस वर्षको यो नाँच सुरवात गरेको थियो । यस्ता ओझेलमा परेका मौलिक परम्परागत गीत तथा नृत्यहरुको संरक्षणको लागि स्थानिय तवरबाट पहल सुरु गरिए पनि सम्वन्धित निकायहरुको पनि चासो रहनु पर्ने कुरा संघका सचिव खुम बहादुर थापा मगरले बताउनु भएको छ ।          

Read more

नेपाल सम्बत ११३८ को उपलक्ष्यमा काठमाडौँ किर्तिपुरको पाँगामा निकालिएको साँस्कृतिक र्याली (२१ फोटोहरु) !

श्याम राना मगर  ६ असोज, काठमाडौँ नेपाल सम्बत ११३८ को उपलक्ष्यमा किर्तिपुरको पाँगामा निकालिएको साँस्कृतिक र्यालीमा खिचिएका २१ फोटोहरु जुन र्यालीमा ससाना बालबालिका हरु देखि पाका नेवार समुदायका स्थानीय हरु आफ्नो मौलिक भेषभूसा र सास्कृतिक झाकी सहित सहभागी भएका थिए। यस्ता अवसर हरुले आफ्नो मौलिक परम्परालाई बचाई राख्न को लागि नया पुस्तालाई हस्तान्तरण गर्ने राम्रो अवसर को रुपमा समेत उपयोग गरेको देख्न सकिन्थ्यो ।             

Read more

कौराको वृत्तचित्र निर्माणका लागि भिमादमा सुझाव संकलन !

रूद्र श्रीसमगर भिमाद, १४ भदौ मगर जातिमा प्रचलित कौरा नृत्यको वृत्तचित्र निर्माणका लागि सुझाव संकलन जारी राखिएको छ । मौलिक कौरा नृत्यको वृत्तचित्र निर्माणका लागि बुधबार तनहुँको भिमादमा सुझाव संकलन गरियो । यसअघि, तनहुँकै बन्दीपुरमा सुझाव संकलन गरिएको थियो । कौरा नृत्यको वृत्तचित्र निर्माणसम्बन्धी सुझाव संकलन कार्यक्रममा बोल्दै भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापामगरले कौरा नृत्यको संरक्षण र प्रचारप्रसारका लागि ठोस कार्ययोजना बनाउन सुझाव दिनुभयो । ‘तपाईहरू ठोस कार्ययोजना लिएर आउनुस्’, नगर प्रमुख थापामगरले भन्नुभयो, ‘मैले मेरो ठाउँबाट के सहयोग गर्नुपर्छ, म त्यसका निम्ति प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ संस्कृतिलाई पर्यटनका माध्यमबाट जीविकोपार्जन गर्ने अवसरका रुपमा लिनुपर्ने उहाँको भनाइ थियो । मगर संघ बेलायतकी उपाध्यक्ष अनिता रानामगरले विदेशमा बसेपनि आफूहरूले नेपाली संस्कृति नभुलेको प्रतिक्रिया दिनुभयो । ‘हामी विदेशमा भएपनि नेपाली संस्कृतिको

Read more

‘मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार’ घोषणा !

रूद्र श्रीसमगर पोखरा, २४ साउन राष्ट्रिय मौलिक कौरा संरक्षण समिति नेपालले पत्रकारितामार्फत् कौरा नाचको संरक्षणमा योगदान पु¥याउने एक जना पत्रकारलाई पुरस्कृत गर्न ‘मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार’को घोषणा गरेको छ । नेपाल मगर पत्रकार संघ कास्की शाखाले सञ्चालन गर्ने गरी हरेक वर्ष कौरा संरक्षण समितिको स्थापना दिवस जेठ १५ गते सो पुरस्कार प्रदान गरिने समितिका अध्यक्ष हर्क आलेमगरले जानकारी दिनुभयो । मगर पत्रकार संघ कास्की शाखा र कौरा संरक्षण समितिको मंगलबार सम्पन्न संयुक्त बैठकले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि पाँच हजार पाँच रुपैयाँ रहनेछ । पुरस्कार घोषणाले मगर जातिको मौलिक संस्कृतिका रुपमा रहेको कौरा नाचको संरक्षण एवं प्रवद्र्धनमा कलम चलाउने पत्रकारहरूलाई उत्साहित बनाएको मगर पत्रकार संघ कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगरले बताउनुभयो । पुरस्कार आगामी वर्षदेखि

Read more

मगरहरुले मनाए काठमाण्डौमा साउने सकराई (फोटो फिचर सहित)!

मगर मिडिया नाइस मिडिया नेटवर्क साउन २, काठमाण्डौ मगर जातिको महान चाड साउने संकराई हिजो काठमाण्डौमा बृहत कार्यक्रमको आयोजना गरि मनाइएको छ । हरेक वर्ष अथार मगरात मगर प्रतिष्ठान साथै उपत्यकामा रहेका विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने कार्यक्रम यसवर्ष पनि थानकोटस्थित त्रिभुवन पार्कमा भव्य रुपमा मनाईएको हो । नेपाल मगर संघ केन्द्रिय अध्यक्ष नवीन रोका मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष गरेर पश्चिम रोल्पा, रुकुम, प्युठान बाग्लुङतिर नाँचिने सरङ्ग्या, भुम्या, पैसेरु जस्ता मौलिक मगर नाँचहरु देखाइएको थियोे । साथै परम्परागत पुजाआजा गरि लुतो समेत फालिएको थियो ।   विभिन्न किसिमका वस्तु तथा पशुपंक्षी, किराकिरीहरुको आकारमा बनाइएका रोटिहरुको प्रतियोगिता समेत राखिएको उक्त कार्यक्रममा अथार मगरात क्षेत्रको भाषा, भेषभुषा, परम्परा, संस्कार र संस्कृतिलाई उजागर गरि निर्माण गरेको लोम्बा चलचित्रका लेखक तथा निर्देशक

Read more

आदिबासी जनजाति चलचित्र महोत्सवको समुट्घाटन भोली सभामुखले गर्ने !

श्याम रानामगर १६ असार काठमाण्डौ आदिबासी जनजाति चलचित्र महोत्सव २०७४ को समुद्घाटन सम्माननीय सभामुख ओनसरी घर्ती मगरले गर्नु हुने भएको छ । यहि असारको १७, १८ र १९ गते आदिबासी जनजाति चलचित्र महासंघले आयोजना गर्न लागेको महोत्सवको उद्घाटन सभामुखबाट गर्न लागिएको जानकारी महासंघका अध्यक्ष अमृत सुनुवारले दिनुभएको छ । साथै महोत्सवलाई भव्य र प्रभावकारी ढंगबाट सम्पन्न गर्नको लागि अन्तिम तयारी पुरा भएको समेत उहाँले बताउनु भएको छ । नेपाल पर्यटन बोर्डको हल भृकुटी मण्डप, काठमाण्डौमा भोली शनिवार विहान ११ः०० बजे विभिन्न जातिय झाँकीहरुको प्रस्तुति सहित समुट्घाटन समारोह गर्न लागिएकाले सम्पुर्णलाई उपस्थितिको लागि समेत उहाँले अनुरोध गनुभयो । महोत्सवमा आदिबासी जनजाति चलचित्र महासंघ अन्तरगत रहेका जातिय संस्थाहरुबाट छनौट भएका आदिवासी जनजाती चलचित्र, वृत्तचित्र, र छोटा चलचित्र गरी १८ वटा चलचित्र प्रदर्शन

Read more

जिल्ला व्यापी मौलिक कौराहा प्रतियोगिताको तयारी पूरा !

प्रताप रानामगर चैत्र ३१, तनहुँ तनहूँको भिमादमा आयोजना गरेको जिल्ला व्यापी मौलिक कौराहा प्रतियोगिताको सबै तयारी पूरा भएको छ । नवबर्ष २०७४ सालको पावन अवसरमा बैशाख १ र २ गते आयोजित जिल्ला व्यापी कौराहा प्रतियोगिताको सबै तयारी भएको युवा क्लव भिमादका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिनुभयो । मन्च व्यवस्थपान, साउण्ड स्टिमको व्यवस्था, प्रचार–प्रसार,अतिथिहरुलाई निमन्त्रणा र कौराहा प्रतियोगिताको टिम दर्ता सबै भइसकेको युवा क्लव भिमादका अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रतियोगतामा प्रथम हुने टिमले नगद ४० हजार, द्धितिय हुने टिमले नगद २० हजार, तृतिय हुने टिमले नगद १० हजार र सन्त्वना हुने टिमले नगद ५ हजार रुपैयाँ वितरण गर्ने युवा क्लव भिमादका सचिव संसार सुवेदीले जानकारी दिनुभयो । प्रतियोगितामा १३ टिम भन्दा बढीको सहभागिता रहने युवा क्लव भिमादका सदस्य हरि थापाले बताउनुभयो

Read more

छैठौं जीउमामा नाँच प्रतियोगिता २०७३ भव्य रुपमा सम्पन्न (फोटो फिचर सहित)!

श्याम राना मगर फागुन ७, काठमाण्डौ मगरहरुको ऐतिहासिक, सामाजिक तथा साँस्कृतिक पर्व यौनाटको अवसरमा आयोजित छैठौं जीउमामा नाँच प्रतियोगिता २०७३ कार्यक्रम आलम देवी लसर्घावेसी स्याङ्गजामा गत फागुन २९ गते भव्यतासाथ सम्पन्न भएको छ । स्याङ्गजाको लसर्घावेशी आसपासमा मात्र अहिले जिवित रहेको मगर जातिले मनाउने यौनाट पर्वमा नाँचिने जीउमामा नाँच करिव लोप भईसकेको थियो । पछिल्लो समय यस पर्वलाई स्थानिय मगर तथा आदिबासी संघसंस्था तथा व्यक्तिहरुको पहलमा प्रतियोगिताको रुपमा नै आयोजना गरेर यसको संरक्षणको लागि जुटेका हुन् । प्रतियोगितामा सहभागी समुहहरुमध्येबाट आलम देवी समाजसेवा समिति डाँडाथोकले प्रथम स्थान हासिल गर्दै रु १७,०००/- नगद प्राप्त गरेको थियो भने द्धितिय स्थान हासिल गर्दै सञ्जिवनी युवा संघ, गाहाथरले रु.१३०००/–, त्यसैगरि तृतिय स्थानमा आलमदेवी स्वावलम्बी जनशक्ति निर्माण समिति तल्लोथरले रु. ९,०००/–, साथै आलमदेवी जनहित विकास समिति

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)