नृत्यमा नै लागेर आफ्नो नाम, दाम र काम कमाउँछु, (भिडियो अन्तरवार्ता ) !

निशा थापा मगर पौष ९, काठमाण्डौ । नृत्यमा नै लागेर आफ्नो नाम, दाम र काम कमाउँछु भन्ने विष्णु मगर यतिबेला सांगीतिक कार्र्यक्रमको लागि जापानमा छिन् । लेट मी डान्सको उपाधी विजेता विष्णु नृत्यलाई छोड्न नसक्ने हुदाँ आफु यहि क्षेत्रबाट नै अगाडि बढ्ने बताउँछिन् । बास्केटबल जुनियर राष्ट्रिय टिमका समेत खेलाडि रहेका विष्णुलाई सामाजिक कार्यमा लाग्न समेत उत्तिकै मन पर्छ । उनै प्रतिभाशाली विष्णुसँग कार्यक्रम यात्रा प्रतिभाको लागि साथि सुनिता मोक्तानले जापान जानुभन्दा अगाडि कुराकानी गरेकी छिन् । उक्त कुराकानी हेर्नको लागि तलको लिंकमा जानुहोला । साथै कुराकानीलाई लाइक, कमेन्ट तथा शेयर गरि प्रतिक्रिया दिनुहोला ।

Read more

कालिगण्डकी गाउपालिका स्याङ्जामा नाँचिएको देवी ठुङ्के नाँचको (फोटो फिचर) !

विष्णु थापा  ७ कार्तिक विरघा, स्याङ्जा मगर समाज बैघा विरघा स्याङ्जाले लोप हुने अवस्थामा रहेको परम्परागत देवी नाँच (देवी ठुङ्के) बलिहाङ् तिहारको अवसर पारेर पुन यसको संरक्षण र विकासका लागि लागि परेको छ । संघको कार्तिक १ गते बसेको बैठकको निर्णय अनुसार कार्तिक ५ गते संघका सचिव खुम बहादुर थापा मगरको निवासमा भेला भई यस वर्षको यो नाँच सुरवात गरेको थियो । यस्ता ओझेलमा परेका मौलिक परम्परागत गीत तथा नृत्यहरुको संरक्षणको लागि स्थानिय तवरबाट पहल सुरु गरिए पनि सम्वन्धित निकायहरुको पनि चासो रहनु पर्ने कुरा संघका सचिव खुम बहादुर थापा मगरले बताउनु भएको छ ।          

Read more

मगरहरुले मनाए काठमाण्डौमा साउने सकराई (फोटो फिचर सहित)!

मगर मिडिया नाइस मिडिया नेटवर्क साउन २, काठमाण्डौ मगर जातिको महान चाड साउने संकराई हिजो काठमाण्डौमा बृहत कार्यक्रमको आयोजना गरि मनाइएको छ । हरेक वर्ष अथार मगरात मगर प्रतिष्ठान साथै उपत्यकामा रहेका विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने कार्यक्रम यसवर्ष पनि थानकोटस्थित त्रिभुवन पार्कमा भव्य रुपमा मनाईएको हो । नेपाल मगर संघ केन्द्रिय अध्यक्ष नवीन रोका मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष गरेर पश्चिम रोल्पा, रुकुम, प्युठान बाग्लुङतिर नाँचिने सरङ्ग्या, भुम्या, पैसेरु जस्ता मौलिक मगर नाँचहरु देखाइएको थियोे । साथै परम्परागत पुजाआजा गरि लुतो समेत फालिएको थियो ।   विभिन्न किसिमका वस्तु तथा पशुपंक्षी, किराकिरीहरुको आकारमा बनाइएका रोटिहरुको प्रतियोगिता समेत राखिएको उक्त कार्यक्रममा अथार मगरात क्षेत्रको भाषा, भेषभुषा, परम्परा, संस्कार र संस्कृतिलाई उजागर गरि निर्माण गरेको लोम्बा चलचित्रका लेखक तथा निर्देशक

Read more

वेल डान्स कम्पिटिसनको दोश्रो चरणको अडिसन सुरु (फोटो फिचर सहित)!

श्याम राना मगर मगर मिडिया, माघ २३, काठमाण्डौ वेल डान्स कम्पिटिसन २०७३ सिजन वान अल नेपाल टिभी रियालिटीशोको दोश्रो चरणको अडिसन ललितपुर स्थित मुनवाकर क्याफेको हलमा गत शनिवार सम्पन्न भएको छ । काठमाण्डौ, ललितपुर, सर्लाही र धरानबाट पहिलो चरणमा छनौट भएका ३४ प्रतियोगीहरुबाट तेश्रो चरणको लागि जम्मा २३ जना प्रतियोगी छनौट भएका छन् । यस प्रतियोगिताको पहिलो चरणको अडिसन नेपालगञ्ज, चितवन र पोखरा लगायतका शहरहरुमा भने बाँकी नै रहेको छ । जो यहि फाल्गुन महिनामा लिइने कार्यक्रमका व्यवस्थापक देव तुम्सिङ् मगरले जानकारी दिनुभएको छ । देशै भरि लुकेर रहेका नृत्य प्रतिभाहरुलाई खोजी गर्ने, उनीहरुलाई राष्ट्रिय स्तरमा चिनाउँदै नेपाली प्रतिभाहरुको लागि अवसरको पनि खोजी गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमको साथ साथै कोरियोग्राफी प्रतियोगिता पनि गरिने वेल डान्स स्कुल प्रा.ली.का सञ्चालक

Read more

“वेल डान्स” राष्ट्रिय प्रतियोगिता अन्तरगत काठमाडौँ अडिसन यही पुस १६ गते !

पुस १४, काठमाडौँ “वेल डान्स” राष्ट्रिय नृत्य प्रतियोगिता टिभी रियालिटी शो २०७३ सिजन एकको लागी काठमाडौँ अडिसन यही पुस १६ गते सनिवारको दिन हुने भएको छ । अडिसन राष्ट्रिय प्रहरी प्रशिक्षण केन्द्र महाराजगंजमा हुने प्रतियोगिताका निर्देशक मेघना रजाली मगरले जानकारी दिनुभयो । सनिवार विहान १० बजेबाट कार्यक्रम शुरु हुने जानकारी दिनुहुँदै निर्देशक मगरले ईच्छुक र प्रतिभा भएका व्यक्तिहरुले प्रतियोगितामा सहभागिता जनाउनुहुन आग्रह गर्नुभएको छ । प्रतियोगितामा एकल , युगल तथा सामुहिक नृत्य जुनसुकैमा पनी सहभासिगता जनाउन सक्ने भन्दै गित भने नेपाली नै हुनुपर्ने उहाँले बताउनुभएको छ । यसअघी ललितपुर, धरान र सर्लाही अडिसन सम्पन्न गरिसकिएको छ । सहभागी बन्न चाहने व्यक्तिहरुले फारमको लागी वेल डान्स स्कुल प्राली सातदोबाटो अथवा सम्पकृ नम्वर ९८५११६८११७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Read more

अन्तर इकाइ कौह्राको उपाधि चाउथेलाई / संविधान संशोधन प्रस्ताव हामी स्वागत गर्छौं: रोका !

रूद्र श्रीसमगर पोखरा, १८ मंसिर नेपाल मगर संघ कास्कीको आयोजनामा शनिबार पोखरा सभागृहमा सम्पन्न अन्तर इकाइ कौह्रा नृत्य प्रतियोगिताको उपाधि नेपाल मगर संघ चाउथे एकाइ समिति पोखराले जितेको छ । उपाधिसँगै चाउथेले ३० हजार नगद पुरस्कार प्राप्त ग¥यो । त्यस्तै, नेपाल मगर संघ अर्घौं एकाइ समिति, लेखनाथ द्वितीय हुँदै २० हजार नगद पुरस्कार प्राप्त गर्न सफल बन्यो । प्रतियोगितामा नेपाल मगर संघ माटेपानी एकाइ तृतीय र दीप–बगर एकाइ सान्त्वना भए । उनीहरूले क्रमशः १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी, उत्कृष्ट भेषभूषामा नेपाल मगर संघ ढुड्डेपाटन एकाइ, अनुशासित टिमतर्फ छिनेडाँडा एकाइले पुरस्कार जित्न सफल बने । उनीहरूले क्रमशः २५ सय नगद पुरस्कार प्राप्त गरे भने सर्वोत्कृष्ट नृत्य निर्देशकको पुरस्कार उपाधि बिजेता टोली नेपाल मगर संघ

Read more

अन्तर एकाइ कौह्रा नृत्य प्रतियोगिताको तयारी पूरा !

रूद्र श्रीसमगर पोखरा, १५ मंसिर नेपाल मगर संघ कास्कीको आयोजनामा यही मंसिर १८ गते शनिबार हुने ‘अन्तर एकाइ कौह्रा नृत्य प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम–२०७३’ को तयारी पूरा भएको छ । नेपाल मगर पत्रकार संघ कास्कीको व्यवस्थापनमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराइयो । प्रतियोगिताको तयारीबारे जानकारी दिँदै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर समुदायको पहिचान मौलिक कौह्रा नृत्यको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । ‘मौलिक कौह्रा नाच मगर समुदायको पहिचान हो’, अध्यक्ष रानाले भन्नुभयो, ‘मगर जातिको मौलिक संस्कृति संरक्षणका लागि प्रतियोगितात्मक कार्यक्रममा पनि हाम्रो विशेष जोड छ ।’ प्रतियोगिताले कौह्रा नृत्यको प्रचार–प्रसारमा पनि सहयोग पुग्ने विश्वास लिएको बताउँदै अध्यक्ष रानाले कौह्राको मौलिकता जोगाउन मगर संघ लागिपरेको उल्लेख गर्नुभयो ।

Read more

“वेल डान्स राष्ट्रिय नृत्य प्रतियोगिता” को धरान अडिसन सम्पन्न !

यमुना रानामगर मंसिर १६, काठमाडौं देशभर लुकेर रहेका प्रतिभा खोज्ने उदेश्यले शुरु गरिएको “वेल डान्स राष्ट्रिय नृत्य प्रतियोगिता टि भी रियालिटी शो २०७३” सिजन एकको लागी धरान अडिसन यही मंगसिर १५ गते बुधबार धरानमा सम्पन्न भएको छ । उक्त अडिसनबाट प्रतियोगिताको लागी १६ जना प्रतियोगी छनौट गरिएको वेल डान्स स्कूल तथा उक्त प्रतियोगिताका निर्देशक मेघना रजाली मगरले जानकारी दिनुभयो । धरानमा भएको यस अडिसनलाई गरिमा डान्स सेन्टर धरान र नेपाल फिल्म प्रोडक्सन हाउसले पूर्ण सहयोग गरेको थियो । खुल्ला रुपमा प्रतिस्पर्धा हुने र एउटा अडिसन अर्थात एउटा सहरबाट कम्तिमा पनी १५ देखी २० जना प्रतिभाको आधारमा प्रतियोगिताको लागी छनोट गरिने छ । त्यसरी छनौट भएका प्रतियोगिहरुलाई राजधानीमा ल्याई नृत्य प्रशिक्षक राखेर नृत्य कक्षा संचालन गरी प्रतियोगितामा सहभागी गराईने छ ।

Read more

नेपाली लोकसंगीतमा उदाउँदै लोकदोहोरी गायक नवीन रानामगर !

रूद्र श्रीसमगर पोखरा, मंसिर ८ पछिल्लो समय निकै व्यस्त बनेका लोक तथा दोहोरी गायक नवीन रानामगरले, बागलुङको गलकोट, पाण्डवखानी–३ मा जन्मिएर पाण्डवखानी प्राविबाट प्रारम्भिक शिक्षा हासिल गरेका हुन् । परिवारसँगै बसाइँसराइँ गरी हाल, गलकोट, हरिचौर–२, सिमलबोटमा स्थायी रूपमा बस्दै आएका लोक तथा दोहोरी गायक नवीन आमा कल्पना राना र बाबा मतिराम रानाका कान्छा सुपुत्र हुन् । पृथ्वी उच्च मावि, हरिचौर–५ बाट एसएलसी उत्तीर्ण गरेका लोकगायक नवीनले काठमाडौंको ललितकला क्याम्पसबाट शास्त्रीय संगीतमा स्नातक उत्तीर्ण गरेका छन् । २०६९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका नवीनले सोही समयदेखि नेपाली लोकसंगीतको यात्रा औपचारिक रूपमा थालनी गरेका हुन् । उनको पहिलो एल्बम ‘वैंश आयो घुमेर’ कौह्रा हो । त्यसपछि उनले क्रमशः ‘नौतुनादेखि गोरखपुरसम्म’ सालैजो, ‘म त हजुर मगरको छोरो’ दोहोरी, ‘मुग्लानी शहर’ सालैजो,

Read more

कलाकार सन्तोष मगरको पहिलो प्रस्तुती !

सुमना थापा मगर काठमाडौं मंसिर ७ माल्दिपको रमणीय स्थानहरुमा छायान्कन भएर भर्खरै मात्र बजारमा आउन सफल प्रसन्त थापामगर द्धारा निर्देशक टाढा टाढा नजाउ तिमी भन्ने गीतले यति बेला चर्चा पाएको छ । चर्चित गायिका अनिता चलाउनेको सुमधुर स्वरमा गुन्जीएको गीत सहितको छायान्कनले दर्शकको मन पक्कै जित्नेछ । सन्तोष मगरको पहिलो प्रस्तुती रहेको यो गीतको छायांकन सबै माल्दीपमा गरिएको हो उनलाई पुरा विस्वास छ दर्शकहरुले उनको प्रस्तुतीलाई मन पराउनेछन् । टाढा टाढा नजाउ तिमी भन्ने गीतको संगीत निरन्जन महर्जनले गरेका हुन् भने शब्द कुष्ण राम महर्जनले चयन गरेका थिए । क्यामेरामा साथ दिएका छन् राजेन्द्र बजगाई । यति बेला दर्शकहरु मांझ आउदा गायिका चलाउने मात्र होइन स्यमं मोडेल सन्तोष मगर र अस्मि विसी पनि हौसिएका छन् । आफ्नो पहिलो प्रस्तुतीलाई एक

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)