बिजय हितानको नाटक “सहिदको सपना” सार्वजनिक !

मगर मिडिया, काठमाडौँ ! बिजय हितान; सहिद दिवस पारेर ‘सहिदको सपना’ लाई देस बिदेसका बिभिन्न एफएम रेडियो मार्फत सार्वजनिक गरिंयो। यो नाटक म द्वारा लिखित तथा निर्मित रेडियो नाटक हो । यस नाटक नेपालका प्रथम सहिद श्री लखन थापामगरले सन् १८७५ मा जहानीया राणा शासनविरुद्ध सुरुवात गरेको आन्दोलनमा आधारित छ । यस नाटकका वास्तविक पात्रहरु लखन थापामगर, सुकदेव गुरुङ, जयसिंङ चुमीमगर, सुपति गुरुङ, कालु लम्साल, ज्ञान दिलदास, जङ्गबहादुर राणा, बडामहारानी हिरन्यगर्भकुमारी र धीरशमसेर राणा हुन् । प्रथम सहिद लखन थापामगरदेखि गंगालाल, धर्मभक्त, सुक्रराज, दशरथ; अनी नेपालमा पटकपटक प्रजातन्त्र ल्याउन र देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गराउनसम्म शहादत प्राप्त गर्नुभएका सम्पूर्ण महान् शहीदहरुप्रति हार्दिक श्रद्धान्जली चढाउँदै नाटक ‘सहिदको सपना’ प्रस्तुत गरिन्छ। यस नाटकमा निरङ्कुश जहानीया राणाशासन विरुद्धको आन्दोलनमा मुख्य नायक लखन

Read more

जयलक्ष्मी छन्त्याल पुनको नयाँ कोसेली “झ्याम्मै बस्यो साइली” बजारमा !

मगर मिडिया मंगसिर २४, काठमाडौँ जयलक्ष्मी छन्त्याल पुन अहिलेका चर्चित राष्ट्रिय लोकदोहोरी गायिकाहरू भन्दा कम प्रतिभावान छैनन् । सुमधुर स्वरकि धनि र प्रतिभावान व्यक्तित्व हुँदाहुदै पनि चर्चामा नआएकि पुन, पक्कै पनि मिडियाको नजरमा नपुगेकै हुनु पर्दछ | बाग्लुंग जिल्ला जसले थुप्रै ख्याती प्राप्त राष्ट्रिय लोक गायक गायिकाहरु जन्माएको छ, सोहि जिल्लाको धम्जा-१, ओखलेमा जन्म भै हाल काठमाडौँलाई आफ्नो कर्म थलो बनाई रहेकी पुनले आफ्नै प्रस्तुतिमा “झ्याम्मै बस्यो साइली” भन्ने फरक किसिमको सालैजो भाकाको गीत बजारमा ल्याएकी छिन | यस गीतलाई पुनले आफ्नै सुमधुर स्वरले सजाएकी छिन् भने उनलाई अर्का लोक गायक थानेश्वर गौतमले साथ् दिएका छन | थानेश्वर गौतम कै शब्द/संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई याम गुरुङले निर्देशन गरेका छन् भने हरिश महराले छायांकन गरेका छन् | साथै, मोडेल

Read more

जारी संबिधानले विभेद गरेको छ: डाक्टर ओम गुरुङ्ग / सबै उत्पिडित एक ठाउमा आएर आन्दोलन गरेको यो पहिलो घटना हो: उपेन्द्र यादब !

काठमाण्डौ, जेठ १० बुद्धिजिबि एबं आदीबासी जनजाति अगुवा डाक्टर ओम गुरुङ्गले अहिले जारी संबिधानले बिभेद गरेकाले आन्दोलनमा होमिनु परेको बताउनुभएको छ । काठमाण्डौमा जारी संघिय गठबन्धनको आन्दोलनलाई संबोधन गर्दै डाक्टर गुरुङ्गले पहिचान सहितको अधिकार प्राप्तीका लागी २६ बुदे माग पेश गरेर थालिएको आन्दोलन माग पुरा नभएसम्म चलिरहने उद्घोष गर्नुभयो । आन्दोलनका नेता उपेन्द्र यादबले उत्पिडित जाति, क्षेत्र र सबै बर्गमा मान्छेहरु एकै ठाउमा आएर अधिकार प्राप्तीको लागी गरिएको अहिलेको आन्दोलन पहिलो र एैतिहाशिक भएको बताउनुभयो । आन्दोलनमा सहभागी थारु नेताहरुले पनि हिमाल, पहाड र तराई मधेशका मान्छेहरु एक भएर अघि बढेको देखेर शासक बर्गहरु तर्सिएको बताएका छन् । के के भने आन्दोलनका नेतृत्वले ?:

Read more

मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापा भन्नुहुन्छ अन्तरिम संबिधान भन्दा पनि पछि फर्किएर निर्माण भएको संबिधानले मगरका हक खोसेको छ !

मगर मिडिया डट कम काठमाण्डौ, पौष २६ मगर बाहुल्य क्षेत्रलाई टुक्रयाएर अन्तरिम संबिधान भन्दा पनि पछि हटेर निर्माण भएको बर्तमान संबिधानले मगरहरुको पहिचानलाई नामेट गरेको भन्दै नेपाल मगर संघ अहिले पनि आन्दोलनमा छ । मगरात भुमिलाई टुक्रयाएर पहिचान बिनाको संघियता सहितको संबिधान निर्माण भएको प्रतिगामी संबिधानको पुर्नलेखन गर्नुपर्ने मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापाले माग गर्नुभएको छ । मगर मिडिया डट,कमकम सम्पादक देब पचभैया संगको कुराकानीमा अध्यक्ष थापाले समग्र मगरको हक अधिकार स्थापित गर्नुको लागी अहिले सबै मगर हरु एक भएर आफ्नो आवाजलाई दरो ढंगले उठाउनुपर्नेमा जोड दिनुभयो । प्रस्तुत छ, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगर संगको यो भिडियो कुराकानी… कुराकानीको पहिलो भाग: कुराकानीको दोश्रो भाग:

Read more

मगरात प्राप्ती नहुदा सम्म हाम्रो लडाई चलिरहन्छ: महासचिब रोका मगर |

मगर मिडिया डट कम काठमाण्डौ, २०७२ फागुन २७ नेपाल मगर संघका केन्द्रिय महासचिब नबिन रोका मगरले मगर लगाएत मगरात क्षेत्रका जनताको एैतिहाशिक भुमि मगरातको प्राप्ती नभएसम्म आन्दोलन लिरहने बताउनुभएको छ । नेपालको संबिधान २०७२ ले मगर लगाएत आदिबासी जनजाति र पछाडी पारिएकाहरुको आवाजलाई सम्बोधन नगरेकाले अहिलेको संबिधानले नया नेपाल निर्माण गर्न नसक्ने उहाको भनाई छ । मगर मिडिया डट कम संगको कुराकानीमा महासचिब रोकाले अहिलेको संबिधानलाई तत्काल संसोधन गरेर सबैको संबिधान बनाउनुपर्नेमा जोड दिनुभयो । प्रस्तुत छ, नेपाल मगर संघका केन्द्रिय महासचिब नविन रोका संग गरिएको यो कुराकानी… कुराकानीको पहिलो भाग: कुराकानीको दोश्रो भाग:

Read more

मगरातको आन्दोलन उठ्न सकिरहेको छैन: बुद्धिजिबि निर्मल श्रेष्ठ !

मगर मिडिया डट कम ईतिहासका जानकार एबं बुद्धिजिबि निर्मल श्रेष्ठका अनुसार मगरात भुमि प्राप्तीको लागी सबै मगरहरु एक भएर आन्दोलन चर्काउनु जरुरी छ । मगर मिडिया डट कम संगको बिशेष कुराकानीमा बुद्धिजिबि श्रेष्ठले मगरात कुनै जातिको नाम नभई एैतिहाशिक भौगोलिक र पहिचानको नामको रुपमा मगरात भएको उहाको भनाई छ । आफ्नो अधिकार प्राप्तीको लागी अझै पनि मगर एकता बद्ध भई आन्दोलित हुन नसकेको भन्दै उहाले अधिकार त्यसै प्राप्त नहुने बताउनुभयो । प्रस्तुत छ, मगर जाति र उनीहरुको अधिकार लगाएतका बिषयमा उहा संग गरिएको यो कुराकानी …..

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)