नेपाल चलचित्र बिकास बोर्डले ई–टिकेटिङ्ग लागु गर्यो !

दिपा राई ४ फाल्गुन, काठमाण्डौ नेपाल चलचित्र बिकास बोर्डले यहि  फागुन  १ गते बाट बक्स अफिस लागु गराएको छ । थापाथली स्थित डाटा हलको कार्यलयमा भएको बक्स अफिस म्यानजमेन्ट सिस्टम समुद्घाटन समारोहको उद्घाटन तत्कालीन सूचना तथा सञ्चार मन्त्री, मोहन बहादुर बस्नेतले गर्नुभएको थियोे । साथै उहाँले यस्ता प्राविधीक कुराले फिल्म क्षेत्रलाई अझ बढि पारदर्शी बनाएको बताउनु भयो । उक्त कार्यक्रममा चलचित्र विकाश वोर्डका अध्यक्ष निकीता पोैडेल र संयोजक नरेन्द्र महर्जन लगायत अन्य सदस्यहरुको उपस्थिती रहेको थियो । बक्स अफिस अर्थात ई–टिकेटीङ्ग सिस्टमद्धारा सम्पूर्ण  टिकेटको जानकारी हुने र बक्स अफिस खुलेको २ घण्टा भित्र सम्बन्धित संस्था वा निर्मातालाई अटो जेनेरट इमेल मार्फत जानकारी हुने कुरा उक्त समारोहमा बताइएको थियो । फागुन ७ गते भित्र काठमान्डौ उपत्यकाका सम्पूर्ण हलहरुमा ई–टिकेटिङ प्रणाली जडान

Read more

मगर कथानक चलचित्र पाहुरको प्रर्दशन पाल्पाबाट सुरु हुने !

मगर मिडिया फागुन १, पाल्पा ड्रिम्स स्टुडियो प्रा.ली.को व्यावनरमा बनेको नेपाली मगर कथानक चलचित्र पाहुरको प्रदर्शन पाल्पाबाट सुरु हुने भएको छ । पाल्पाका विभिन्न ठाउँहरुमा पाहुर चलचित्रको अधिंकाश छायाङ्कन भएकोले चलचित्रलाई पाल्पाबाट नै प्रदर्शनमा ल्याउन खोजिएको हो । पाल्पाको टुटुङमा ४ गते र खानीछापमा यहि फागुन ५ गते प्रदर्शन हुने भएको छ । सुमन थापा मगरको निर्देशन तथा श्याम थापा मगर र रिमा थापा मगर निर्माता रहेको चलचित्र पाहुर विशेष गरी मगर समुदायको कथामा आधारीत नेपाली भाषामा बनेको चलचित्र हो । यस चलचित्रको छाँयांकन अधिकांश पाल्पा र स्याङ्जाको रमणिय र ऐतिहासिक ठाउँहरुमा भएको निर्माण स्रोतले जनाएको छ । चलचित्रको कथा तथा सम्पादन सुमन थापा मगरको नै रहेको छ भने कथालाई संवाद तथा पटकथामा डम्बर सोमै मगर, बाबुराम घिमिरे र श्याम

Read more

काठमाडौंको राष्ट्रिय नाचघरमा चलचित्र ‘भेडी गोठाले’को प्रदर्शन !

रुद्र श्रीसमगर पोखरा, १४ माघ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा गत शनिबार गुरुङ संस्कार, संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘क्यु प्ह्रो छे’ (भेडी गोठाले)को विशेष प्रदर्शन गरियो । लमजुङको दोर्दी गाउँपालिका, छैलुङस्थित भूकम्पबाट क्षतिग्रस्त मखमली आमा समूहको भवन पुनर्निर्माण सहयोगार्थ सो चलचित्रको प्रदर्शन गरिएको हो । मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को पहिलो प्रस्तुती रहेको सो चलचित्रको विशेष प्रदर्शनको आयोजना पाचोक तमु समाज, लमजुङले गरेको हो । कार्यक्रममा सो चलचित्रका कार्यकारी निर्माता एवं मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)का अध्यक्ष गिरीप्रसाद गुरुङ, निवर्तमान महासचिव प्रितम गुरुङ, अभिनेता जनक गुरुङ, ओम घलेलगायतले बोल्नुभएको थियो । सो चलचित्र प्रदर्शनबाट भएको सम्पूर्ण आम्दानी नै आमा समूहको भवन पुनर्निर्माणमा खर्च गरिने चलचित्र ‘भेडी

Read more

चलचित्र ‘क्यु प्ह्रो छें’ माघ ४ गते लेखनाथमा देखाइने !

रुद्र श्रीसमगर पोखरा, ३० पुस मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण गरिएको गुरुङ संस्कार र संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘क्यु प्ह्रो छें’ (भेडी गोठाले) आगामी माघ ४ गते कास्कीमा विशेष प्रदर्शन गरिने भएको छ । कास्कीमा पहिलोपटक विशेष प्रदर्शन गर्न लागिएको सो चलचित्र रुपाताल तमु समाजले प्रदर्शन गर्न लागेको हो । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३२, राजाको चौतारास्थित मन्दीप मिलन चलचित्र मन्दिरमा दिउँसो १२ः०० बजेदेखि ३ः०० बजेसम्म प्रदर्शन गर्न लागिएको समाजका सदस्य रोशन गुरुङले जानकारी दिनुभयो । चलचित्र ‘भेडी गोठाले’ यसअघि लमजुङ, हङकङ र कतारमा विशेष प्रदर्शन भइसकेको चलचित्रका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ले जानकारी दिनुभयो । देश तथा विदेशमा व्यापक रुपमा प्रदर्शनको तयारीमा रहेको सो चलचित्र आगामी माघ १३ गते काठमाडौं र फागुन १९ गते पोखरामा प्रदर्शन

Read more

नेपाली कथानक चलचित्र पाहुरको ट्रेलर सार्वजनिक, देश तथा विदेशका विभिन्न ठाउँहरुमा प्रर्दशनीको तयारी ! ट्रेलर सहित

सुनिता लामा पुष २१,  काठमाण्डौँ ड्रिम्स स्टुडियो प्रा.ली.को व्यावनरमा बनेको नेपाली मगर कथानक चलचित्र पाहुरको ट्रेलर हिजो बिहिबार सार्वजनिक भएको छ । यस अगाडि नै यस चलचित्रको गितहरु सार्वजनीक भइसकेको छ । सुमन थापा मगरको निर्देशन तथा श्याम थापा मगर र रिमा थापा मगर निर्माता रहेको चलचित्र पाहुर विशेष गरी मगर समुदायको कथामा आधारीत नेपाली भाषामा बनेको चलचित्र हो । यस चलचित्रको छाँयांकन अधिकांश पाल्पा र स्याङ्जाको रमणिय र ऐतिहासिक ठाउँहरुमा भएको निर्माण स्रोतले जनाएको छ । चलचित्रको कथा तथा सम्पादन सुमन थापा मगरको नै रहेको छ भने कथालाई संवाद तथा पटकथामा डम्बर सोमै मगर, बाबुराम घिमिरे र श्याम राना मगरले गरेका हुन् । गणेश पुर्वछाने मगरको छाँयाङ्कन रहेको चलचित्रमा गीत तथा संगीत मान बहादुर बराल मगर र नृत्य भुपेन्द्र

Read more

स्याङ्जा वालिङ् बासिले पनि हेरे खुर्पेटो फिल्म !

मगर मिडिया पौष, १४ काठमाण्डौँ मिफ्रुङग फिल्म प्रोडक्सन प्रा.लि. को पहिलो प्रस्तुतीको रुपमा रहेको खुर्पेटो फिल्म स्याङजाको वालिङ्मा गत शनिबार सफलतापूर्वक च्यारिटी शोे सम्पन्न भएको छ । भिम राना मगरको परिकल्पना राजेन्द्र आलेको निर्माण र विश्वास मगरको लेखन तथा निर्देशनमा निर्माण भएको मगर कथानक नेपाली भाषाको यो चलचित्र यो भन्दा अगाडी विदेशको विभिन्न ठाउँमा र नेपाल भित्रको सात ओटा जिल्लामा सफलतापूर्वक च्यारीटी शो गर्न सफल भइसकेको छ । नेपाल मगर संघ नगर समिती वालिङ् स्याङजाको आयोजनामा सम्पन्न च्यारीटि शो मा चलचित्र प्रर्दशन गर्नु अघि कलाकारको छोटो परिचय तथा सम्मान गर्दै समितिका अध्यक्ष श्री दिल बहादुर थापा मगरले खुर्पेटोका लेखक तथा निर्देशक विश्वास मगर र चलचित्रकी मुख्य आमाको भूमिका निर्वाह गरेकी टिका आलेलाई टिका लगाई सम्मान गर्नुको साथै मगर जाति र

Read more

काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिबल (किम्फ)को आज चौथो दिन !

मगर मिडिया काठमाण्डौँ, पुस २ काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिबल (किम्फ) कमलपोखरीको कुमारी सिनेमा हलमा भइरहेको छ । किम्फ फेस्टिबलको सुरु मंसिर २८ (डिसेम्बर १४) देखि भएको थियो भने उक्त फेस्टिबल भोलि पुस ३ (डिसेम्बर १८) मा सम्पन्न हुने छ । फेस्टिभलमा नेपाल लगायत ७६ देशबाट यस पटक फिल्महरू आएकामा ३७ देशका फिल्महरू प्रदर्शनका लागि छानिएका छन्। दर्शकहरूको अपेक्षा अनुरूप साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षण आदि विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, एनिमेसन र प्रयोगवादी फिल्महरू देखाइनेछन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा यसपटक १५ वटा फिल्म छन् र प्रतिस्पर्धाबाहिर ४८ वटा फिल्महरू परेका छन्। नेपाल पानोरामा अन्तर्गत चाहिं १५ वटा फिल्महरू देखाइने भएको छ । (किम्फ फेस्टिबलको उद्घाटनका फोटोहरु)

Read more

नेपाली कथानक चलचित्र शिरफुलको शीर्षगीत सार्वजनिक !

सुनिता लामा ८ मंसिर काठमाण्डौ निर्माणको सम्पुर्ण काम सकेर प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र शिरफुलको शीर्षगीत शिरैमाथि शिरफुल बोलको गीत आज सार्वजनिक गरिएको छ । शिरफुलको यस गीतमा देवराज आले मगर र तारा श्रीस मगरको स्वर रहेको छ भने शब्द राजु थापा संगीत देवराज आलेमगर  र एरेन्ज रिकेश गुरुङ ले गरेका छन् । मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनी र पर्फमिङ आर्ट क्रियशनको संयुक्त प्रस्तुति रहेको शिरफुलको निर्माता आर्शिवाद पुन मगर रहेका छन् भने चलचित्रलाई निर्देशन कमल ऐक्चै मगरले गरेका छन् । चलचित्रको टेलर पनि छिट्टै नै सार्वजनिक हुने भएको छ । विश्वका विभिन्न देशहरुमा च्यारिटिको अन्तिम तयारीमा रहेको शिरफुलले देशैभरिका हलहरुमा प्रदर्शनको लागि मिति भने छिट्टै प्रत्रकार सम्मेलन गरि जानकारी दिने कुरा निर्माण स्रोतले जनाएको छ । बढ्दो आधुनिकताको प्रभावसँगै युवापुस्तामा देखिएको

Read more

खुर्पेटोको च्यारिटी शो चितवनमा सम्पन्न, पोखरामा भने यहि कार्तिक २५ गते !

बिश्वाश मगर कार्तिक २१ शनिबार काठमाण्डौ मिफ्रुङ्ग फिल्म प्रोडक्सन प्रा लि को ब्यानरमा निर्माण भएको मगर कथानक चलचित्र खुर्पेटोको चितवनमा पनि च्यारिटी शो सम्पन्न भएको छ । कल्याण मगर समाज भरतपुर ११ चितवनको आयोजनामा सम्पन्न खुर्पेटो च्यारिटी शो शुक्रबार चितवनको नारायणी कला मन्दिरमा सफलता पूर्वक सम्पन्न भएको हो । छोटो कलाकार तथा अतिथी सम्मान औपचारिक कार्यक्रममा प्रमुख अतिथी आदिबासी जनजाती महासंघ चितवन जिल्ला तथा नेपाल मगर सघ जिल्ला समितीका अध्यक्ष श्री शुट बिर थापा मगरले उद्घाटन गर्नु भएको थियो । साथमा बिशिष्ट अतिथी नेपाल मगर महिला संघ जिल्ला मगर चितवन समितीका कोषाध्यक्ष श्री हिरा थापा मगर अनि नेपाल मगर बिद्यार्थी सघंका केन्द्रिय सदस्य इश्वर राना मगर र अन्य अतिथीहरु को उपस्थितीमा छोटो मिठो मन्तब्यका साथ कार्यक्रम सुरु भएको थियो ।

Read more

खुर्पेटो अब चितवन र पोखरामा !

विश्वास मगर  कार्तिक ७  देश भित्र र देश बाहिरको सफलता पूर्वक च्यारिटो शो प्रश्चात चितवन र पोखरामा पनि खुर्पेटो च्यारिटी शो हुने भएको छ । मिफुङ्ग फिल्मस प्रोडक्सन प्रा.लि. को ब्यानरमा राजेन्द्र आलेको निर्माण र बिश्वास मगरको लेखन तथा निर्देशनमा निर्माण भएको खुर्पेटो देश बाहिरको बेलायत , कुवेत र देहरादुन  साथै नेपालको काठमाण्डौ, काभ्रे , दमौली , सुर्खेत, बुटवलको मोतिपुर र नबलपरासीको बर्दघाट प्रश्चात चितवन र पोखरामा पनि च्यारिटी शो हुन लागेको हो । मगरको राष्ट्रीय झन्डामा अंकित खुर्पेटो, यसको परिचय, निर्माण कला, बिशेषता, प्रयोग, आबश्यकता  र महत्वलाई लिएर निर्माण गरिएको नारी चेतना र शन्देश मुलक नेपाली भाषाको चलचित्र खुर्पेटो मगर कल्याण समाज चितवनको आयोजनामा चितवनको नारणघाटमा कार्तिक १७ गते शुक्रबार र मगर महिला सघ कास्कीको आयोजनामा कार्तिक २५ गते

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)