मगर कथानक चलचित्र पाहुरको प्रर्दशन पाल्पाबाट सुरु हुने !

मगर मिडिया फागुन १, पाल्पा ड्रिम्स स्टुडियो प्रा.ली.को व्यावनरमा बनेको नेपाली मगर कथानक चलचित्र पाहुरको प्रदर्शन पाल्पाबाट सुरु हुने भएको छ । पाल्पाका विभिन्न ठाउँहरुमा पाहुर चलचित्रको अधिंकाश छायाङ्कन भएकोले चलचित्रलाई पाल्पाबाट नै प्रदर्शनमा ल्याउन खोजिएको हो । पाल्पाको टुटुङमा ४ गते र खानीछापमा यहि फागुन ५ गते प्रदर्शन हुने भएको छ । सुमन थापा मगरको निर्देशन तथा श्याम थापा मगर र रिमा थापा मगर निर्माता रहेको चलचित्र पाहुर विशेष गरी मगर समुदायको कथामा आधारीत नेपाली भाषामा बनेको चलचित्र हो । यस चलचित्रको छाँयांकन अधिकांश पाल्पा र स्याङ्जाको रमणिय र ऐतिहासिक ठाउँहरुमा भएको निर्माण स्रोतले जनाएको छ । चलचित्रको कथा तथा सम्पादन सुमन थापा मगरको नै रहेको छ भने कथालाई संवाद तथा पटकथामा डम्बर सोमै मगर, बाबुराम घिमिरे र श्याम

Read more

खुर्पेटोको च्यारिटी शो चितवनमा सम्पन्न, पोखरामा भने यहि कार्तिक २५ गते !

बिश्वाश मगर कार्तिक २१ शनिबार काठमाण्डौ मिफ्रुङ्ग फिल्म प्रोडक्सन प्रा लि को ब्यानरमा निर्माण भएको मगर कथानक चलचित्र खुर्पेटोको चितवनमा पनि च्यारिटी शो सम्पन्न भएको छ । कल्याण मगर समाज भरतपुर ११ चितवनको आयोजनामा सम्पन्न खुर्पेटो च्यारिटी शो शुक्रबार चितवनको नारायणी कला मन्दिरमा सफलता पूर्वक सम्पन्न भएको हो । छोटो कलाकार तथा अतिथी सम्मान औपचारिक कार्यक्रममा प्रमुख अतिथी आदिबासी जनजाती महासंघ चितवन जिल्ला तथा नेपाल मगर सघ जिल्ला समितीका अध्यक्ष श्री शुट बिर थापा मगरले उद्घाटन गर्नु भएको थियो । साथमा बिशिष्ट अतिथी नेपाल मगर महिला संघ जिल्ला मगर चितवन समितीका कोषाध्यक्ष श्री हिरा थापा मगर अनि नेपाल मगर बिद्यार्थी सघंका केन्द्रिय सदस्य इश्वर राना मगर र अन्य अतिथीहरु को उपस्थितीमा छोटो मिठो मन्तब्यका साथ कार्यक्रम सुरु भएको थियो ।

Read more

खुर्पेटो अब चितवन र पोखरामा !

विश्वास मगर  कार्तिक ७  देश भित्र र देश बाहिरको सफलता पूर्वक च्यारिटो शो प्रश्चात चितवन र पोखरामा पनि खुर्पेटो च्यारिटी शो हुने भएको छ । मिफुङ्ग फिल्मस प्रोडक्सन प्रा.लि. को ब्यानरमा राजेन्द्र आलेको निर्माण र बिश्वास मगरको लेखन तथा निर्देशनमा निर्माण भएको खुर्पेटो देश बाहिरको बेलायत , कुवेत र देहरादुन  साथै नेपालको काठमाण्डौ, काभ्रे , दमौली , सुर्खेत, बुटवलको मोतिपुर र नबलपरासीको बर्दघाट प्रश्चात चितवन र पोखरामा पनि च्यारिटी शो हुन लागेको हो । मगरको राष्ट्रीय झन्डामा अंकित खुर्पेटो, यसको परिचय, निर्माण कला, बिशेषता, प्रयोग, आबश्यकता  र महत्वलाई लिएर निर्माण गरिएको नारी चेतना र शन्देश मुलक नेपाली भाषाको चलचित्र खुर्पेटो मगर कल्याण समाज चितवनको आयोजनामा चितवनको नारणघाटमा कार्तिक १७ गते शुक्रबार र मगर महिला सघ कास्कीको आयोजनामा कार्तिक २५ गते

Read more

अमेरिकामा हुने फिल्म फेस्टिबलमा निर्देशक अनिलको “लोम्बा”६ विधामा नोमिनेशन !

श्याम राना मगर १९ साउन काठमाण्डौ २३ औ विश्व आदिवासी दिवशको अवसर पारी न्युयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्ससवमा अनिल बुढा मगरद्धारा लेखन निर्देशन भएको “लोम्बा” चलचित्रले ६ वटा बिधामा छनोट हात पारेको छ । बेस्ट निर्देशक, बेस्ट स्टोरी, बेस्ट फिल्म, बेस्ट सिनेमाटोग्राफि, बेस्ट एक्टर र बेस्ट कस्टम गरी ६ बिधामा नोमिनेशन भएको जानकारी आयोजकले दिएका छन् । अगष्ट २५ देखि २७ तारिख सम्म न्युयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि तिन चरणमा छनोट प्रक्रिया गरिएको थियो । पहिलो दोस्रो र तेस्रो सम्म आउँदा ११ चलचित्रहरु अन्तिम छनोटमा पर्न सफल भएका छन् । चलचित्र छनोट समितिमा डा. कृष्ण भट्टचन, निर्देशक छिरिङ रितार शेर्पा, भाषाविद् अमृत योञ्जन तामाङ, बरिष्ठ निर्देशक नवीन सुब्बा र आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर

Read more

बेसिङस्टोकमा रैंया“ प्रदर्शन !

बेलायत मेनोको फिल्मस एण्ड मिडिया हाउसबाट निर्माण भएको चलचित्र रैंया“ बेसिङस्टोकको एल्डवर्थ साइन्स स्कुलको भवनमा गत शनिबार प्रदर्शन गरिएकोे छ । रैंया“ प्रदर्शन सहितसेलरोटी, आलुदम, मःम अनि नेपाली परिकार सहित नेपालबाट आएका कलाकार गगन पुनले आफनो गीत सोरठी, पुख्र्यौली गीत लगाएत विभिन्न गीतहरुको साथ उपस्थित सम्पुर्णलाई भरपुर मनोरन्जन दिन सफल भएका थिए । बेसिङस्टोकमा रहेको बेगखोला कल्याणकारी समाज उपशाखा युकेको आयोजना तथा व्यवस्थापनमा कार्यक्रम भएको थियो । बेसिङस्टोकमा बस्ने बेगखोले र शिखतानीहरुको अधिकतम उपस्थितिमा शनिबार कार्यक्रम भएको थियो ।

Read more

मगर भवन युकेमा रैंया“ !

बेलायत रैंया“कै कारणले गर्दा गुल्मीमा हत्या भएकोे थियो । बेलायतमा रैंया“ देखाएपश्चात यो भनाई हो— विगतमा मगर संघ, काठमाडौ जिल्ला भुपु अध्यक्ष तथा मगर संघ बेलायतको सल्लाहकार क्या. हरिबहादुर थापा मगरको । म र लेखबहादुर थापा मगरले मगर भवन युकेमा मगर भाषा प्रशिक्षण गराउ“दछौं । रैंया“ चलचित्र मैले गाउ“मै पुगेर गाउ“मै हेरिरहेको छु जस्तो भयो— मगर महिला संस्थापक गोमा राना मगर । रैंया“ले जुन म्यासेज बोकेको छ त्यो एकदम सराहनी छ । मगर भाषा, संस्कार, संस्कृतिमा बनेको यो चलचित्र यहा“ हेर्न मौका पायौं यसको लागि धन्यवाद । साथै अझ प्रगतिको कामना रैंया“ टिमलाई । शान्ति थापा कु“वर (नेपाल मगर संघ,केन्दीय सदस्य, युरोप÷अमेरिका संयोजक) यो माथिको भनाईहरु मगर संघ युकेको भवनमा सक्रिय मगर महानुभावहरुलाई बेलायतमा रैं“या“को पहिलो शो गरेपश्चातको भनाईहरु हुन

Read more

चलचित्र “तमसुकः गुमेको भुमी’ आज हङकङमा प्रदर्शन हुँदै !

जेष्ठ ७ लघु नेपाली चलचित्र “तमसुकः गुमेको भुमी’ आज हंङकंङ्गमा प्रदर्शन हुँदैछ । मगर्स क्रियशनले निर्माण गरेको चलचित्र “तमसुकः गुमेको भुमी’ हंङकंङ्ग स्थित यौ मा तेई कम्युनिटी हलमा स्थानिय समय अनुसार साँझ ६ बजेदेखी प्रदर्शन गर्न लागिएको हो । नेपाल सरकार चलचित्र बिकास बोर्ड र नेपाल चलचित्र संघ हंङकंङ्गको संयुक्त आयोजनामा तेस्रो आदिवासी जनजाती चलचित्र सम्मान तथा प्रमोसन कार्यक्रम २०१७ अन्तरगत मगर्स क्रियसन कम्पनीले निर्माण गरेको सत्य घटनामा आाधारित उक्त चलचित्र“तमसुकः गुमेको भुमी’ प्रदर्शन गर्न लागिएको मगर्स क्रियसन कम्पनीका संस्थापक आसिर्वाद पुन मगरले जानकारी दिनुभयो । हिमाल पुन मगरको निर्देशन रहेको चलचित्र “तमसुकः गुमेको भुमी” कथा तथा छाँयाङ्कन भिम रानाले गर्नुभएको छ । चलचित्र निर्माणमा युवराज मास्कीको संयोजन, निर्देशक सहायकमा विश्वाश मगर, कला निर्देशक टिकाभक्त जीरेल, पटकथा हिमाल पुन र

Read more

खुर्पेटो अब भारतको देहरादुन मा पनि !

यमुना राना जेष्ठ ४, काठमाण्डौ मिफ्रुङ फिल्मस प्रोडक्सन प्राली को ब्यानर मा निर्माण भएको मगर कथानक चलचित्र खुर्पेटो अब भारत को देहरादुन मा पनि प्रर्दशन हुने भएको छ । भिम राना मगर को कथा अनि राजेन्द्र आले तुल को लगानी मा निर्माण भएको खुर्पेटो मगर संस्कृति रितिरिवाज ,मगर समुदायको समाजिक यथार्थ शिक्षामुलक नारी प्रधान चलचित्र हो ।आदिबासी मगर कथा र मगर को पहिचानमुलक प्रतिक खुर्पेटो लाई मुख्य बिषय बस्तु बनाएर निर्माण गरिएको यस चलचित्रको लेखन तथा निर्देशन बिश्वास मगर् (बिकास)ले गर्नु भएको छ । भारतको देहरादुन मा हुन गैरहेको प्रर्दशन मा खुर्पेटो मगर संस्कृति र रितिरिवाज मा आधारित नेपाली कथानक (छेत्रीय) चलचित्र को रुपमा मान्यता को साथ प्रर्दशन हुन लागेको हो । आयोजक समेत रहनुभएका देहरादुन मगर समाजका महासचिव रवी

Read more

तनहुँको राङ्कोटमा लघु चलचित्र ‘तम्सुक : गुमेको भुमी’ छाँयाकन !

बैशाख ६, काठमाण्डौ वास्तविक घटनामा आधारित निर्माणाधिन लघु चलचित्र ‘तम्सुक:गुमेको भुमी’ छाँयाकन तनहुँमा भईरहेको छ । आदिवासी जनजाती मातृभाषी चलचित्र प्रबद्र्धन समिती र मगर चलचित्रकर्मी संघले संयुक्त रुपमा निर्माण गर्न लागेको वास्तविक घटनामा आधारित चलचित्रमा तनहुँ जिल्लाको राङ्कोटमा शिक्षा र आर्थिक रुपमा विपन्न मगरहरुको भुमी कसरी खोसिएको छ र उनिहरु विस्थापित भएका छन् भन्ने घटना दर्शाउने गरी निर्माण हुन लागेको चलचित्र ‘तम्सुक:गुमेको भुमी’ ४ गते देखी राङ्कोटमा छाँयांकन भईरहेको छ । हिमाल पुनको निर्देशन रहेको उक्त चलचित्र निर्माणमा सहायक निर्देशकको रुपमा विश्वास मगर रहनु भएको छ । चलचित्र छाँयाङ्कन भिम राना मगर र छाँयाङ्कन सहायक विष्णु थापाले छाँयाङ्कन गरिरहनु भएको छ । त्यस्तै प्रकाश व्यवस्थापनमा विक्रम जिरेल हुनुहुन्छ भने चलचित्रको मुख्य भुमिकामा राज काउचा थापा, राजु थापा मगर, संगिता थापा,

Read more

चलचित्र छाँयाङ्कन तालिम सुरु !

श्याम राना मगर  चैत्र २५, ललितपुर नेपाल मगर चलचित्रकर्मी संघको आयोजनामा आजदेखि एड्भान्स छाँयाङ्कन तालिम सुरु भएको छ । नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहआयोजनामा सञ्चालन भएको तालिम पर्सी सम्म चल्ने भएको छ । ललितपुरको धोविघाट स्थित सिद्धार्थ कटेजमा आज तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव गोविन्दलाल माझीले शुभकामना मन्तव्य दिनुहुदैँ कार्यक्रम उपलब्धीमुलक हुने विश्वास पनि राख्नु भयो । त्यसैगरि आदिबासी जनजाति चलचित्रकर्मी संघका अध्यक्ष अमृत सुनुवारले मातृभाषाको चलचित्रमा सेन्सरको ठुलो भुमिका हुने हुदाँ हाम्रै जाति अनुसारको सेन्सर आवश्यक रहेको बताउनु भएको थियो । त्यसैगरि नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले आदिबासीहरुको पहिचानको मुद्धामा एक भएर लाग्न आह्वान गर्नुहुदैँ यसमा चलचित्रले ज्यादै महत्वपुर्ण भुमिका खेल्ने हुदाँ सवै चलचित्रकर्मीहरु यसबारेमा थप

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)