मगर कथानक चलचित्र पाहुरको प्रर्दशन पाल्पाबाट सुरु हुने !

मगर मिडिया फागुन १, पाल्पा ड्रिम्स स्टुडियो प्रा.ली.को व्यावनरमा बनेको नेपाली मगर कथानक चलचित्र पाहुरको प्रदर्शन पाल्पाबाट सुरु हुने भएको छ । पाल्पाका विभिन्न ठाउँहरुमा पाहुर चलचित्रको अधिंकाश छायाङ्कन भएकोले चलचित्रलाई पाल्पाबाट नै प्रदर्शनमा ल्याउन खोजिएको हो । पाल्पाको टुटुङमा ४ गते र खानीछापमा यहि फागुन ५ गते प्रदर्शन हुने भएको छ । सुमन थापा मगरको निर्देशन तथा श्याम थापा मगर र रिमा थापा मगर निर्माता रहेको चलचित्र पाहुर विशेष गरी मगर समुदायको कथामा आधारीत नेपाली भाषामा बनेको चलचित्र हो । यस चलचित्रको छाँयांकन अधिकांश पाल्पा र स्याङ्जाको रमणिय र ऐतिहासिक ठाउँहरुमा भएको निर्माण स्रोतले जनाएको छ । चलचित्रको कथा तथा सम्पादन सुमन थापा मगरको नै रहेको छ भने कथालाई संवाद तथा पटकथामा डम्बर सोमै मगर, बाबुराम घिमिरे र श्याम

Read more

नेपाली कथानक चलचित्र पाहुरको ट्रेलर सार्वजनिक, देश तथा विदेशका विभिन्न ठाउँहरुमा प्रर्दशनीको तयारी ! ट्रेलर सहित

सुनिता लामा पुष २१,  काठमाण्डौँ ड्रिम्स स्टुडियो प्रा.ली.को व्यावनरमा बनेको नेपाली मगर कथानक चलचित्र पाहुरको ट्रेलर हिजो बिहिबार सार्वजनिक भएको छ । यस अगाडि नै यस चलचित्रको गितहरु सार्वजनीक भइसकेको छ । सुमन थापा मगरको निर्देशन तथा श्याम थापा मगर र रिमा थापा मगर निर्माता रहेको चलचित्र पाहुर विशेष गरी मगर समुदायको कथामा आधारीत नेपाली भाषामा बनेको चलचित्र हो । यस चलचित्रको छाँयांकन अधिकांश पाल्पा र स्याङ्जाको रमणिय र ऐतिहासिक ठाउँहरुमा भएको निर्माण स्रोतले जनाएको छ । चलचित्रको कथा तथा सम्पादन सुमन थापा मगरको नै रहेको छ भने कथालाई संवाद तथा पटकथामा डम्बर सोमै मगर, बाबुराम घिमिरे र श्याम राना मगरले गरेका हुन् । गणेश पुर्वछाने मगरको छाँयाङ्कन रहेको चलचित्रमा गीत तथा संगीत मान बहादुर बराल मगर र नृत्य भुपेन्द्र

Read more

स्याङ्जा वालिङ् बासिले पनि हेरे खुर्पेटो फिल्म !

मगर मिडिया पौष, १४ काठमाण्डौँ मिफ्रुङग फिल्म प्रोडक्सन प्रा.लि. को पहिलो प्रस्तुतीको रुपमा रहेको खुर्पेटो फिल्म स्याङजाको वालिङ्मा गत शनिबार सफलतापूर्वक च्यारिटी शोे सम्पन्न भएको छ । भिम राना मगरको परिकल्पना राजेन्द्र आलेको निर्माण र विश्वास मगरको लेखन तथा निर्देशनमा निर्माण भएको मगर कथानक नेपाली भाषाको यो चलचित्र यो भन्दा अगाडी विदेशको विभिन्न ठाउँमा र नेपाल भित्रको सात ओटा जिल्लामा सफलतापूर्वक च्यारीटी शो गर्न सफल भइसकेको छ । नेपाल मगर संघ नगर समिती वालिङ् स्याङजाको आयोजनामा सम्पन्न च्यारीटि शो मा चलचित्र प्रर्दशन गर्नु अघि कलाकारको छोटो परिचय तथा सम्मान गर्दै समितिका अध्यक्ष श्री दिल बहादुर थापा मगरले खुर्पेटोका लेखक तथा निर्देशक विश्वास मगर र चलचित्रकी मुख्य आमाको भूमिका निर्वाह गरेकी टिका आलेलाई टिका लगाई सम्मान गर्नुको साथै मगर जाति र

Read more

खुर्पेटोको च्यारिटी शो चितवनमा सम्पन्न, पोखरामा भने यहि कार्तिक २५ गते !

बिश्वाश मगर कार्तिक २१ शनिबार काठमाण्डौ मिफ्रुङ्ग फिल्म प्रोडक्सन प्रा लि को ब्यानरमा निर्माण भएको मगर कथानक चलचित्र खुर्पेटोको चितवनमा पनि च्यारिटी शो सम्पन्न भएको छ । कल्याण मगर समाज भरतपुर ११ चितवनको आयोजनामा सम्पन्न खुर्पेटो च्यारिटी शो शुक्रबार चितवनको नारायणी कला मन्दिरमा सफलता पूर्वक सम्पन्न भएको हो । छोटो कलाकार तथा अतिथी सम्मान औपचारिक कार्यक्रममा प्रमुख अतिथी आदिबासी जनजाती महासंघ चितवन जिल्ला तथा नेपाल मगर सघ जिल्ला समितीका अध्यक्ष श्री शुट बिर थापा मगरले उद्घाटन गर्नु भएको थियो । साथमा बिशिष्ट अतिथी नेपाल मगर महिला संघ जिल्ला मगर चितवन समितीका कोषाध्यक्ष श्री हिरा थापा मगर अनि नेपाल मगर बिद्यार्थी सघंका केन्द्रिय सदस्य इश्वर राना मगर र अन्य अतिथीहरु को उपस्थितीमा छोटो मिठो मन्तब्यका साथ कार्यक्रम सुरु भएको थियो ।

Read more

खुर्पेटो अब चितवन र पोखरामा !

विश्वास मगर  कार्तिक ७  देश भित्र र देश बाहिरको सफलता पूर्वक च्यारिटो शो प्रश्चात चितवन र पोखरामा पनि खुर्पेटो च्यारिटी शो हुने भएको छ । मिफुङ्ग फिल्मस प्रोडक्सन प्रा.लि. को ब्यानरमा राजेन्द्र आलेको निर्माण र बिश्वास मगरको लेखन तथा निर्देशनमा निर्माण भएको खुर्पेटो देश बाहिरको बेलायत , कुवेत र देहरादुन  साथै नेपालको काठमाण्डौ, काभ्रे , दमौली , सुर्खेत, बुटवलको मोतिपुर र नबलपरासीको बर्दघाट प्रश्चात चितवन र पोखरामा पनि च्यारिटी शो हुन लागेको हो । मगरको राष्ट्रीय झन्डामा अंकित खुर्पेटो, यसको परिचय, निर्माण कला, बिशेषता, प्रयोग, आबश्यकता  र महत्वलाई लिएर निर्माण गरिएको नारी चेतना र शन्देश मुलक नेपाली भाषाको चलचित्र खुर्पेटो मगर कल्याण समाज चितवनको आयोजनामा चितवनको नारणघाटमा कार्तिक १७ गते शुक्रबार र मगर महिला सघ कास्कीको आयोजनामा कार्तिक २५ गते

Read more

बुटवलको मोतिपुरमा पनि खुर्पेटो !

बिश्वास मगर आश्विन ८ काठमाण्डौ मगर कथानक चलचित्र खुर्पेटोको देशब्यापी प्रर्दशनको आभियानमा रहेको छ । यसै क्रममा गत बिहिबार नेपाल मगर महिला संघ बुटवल उप महानगरपालिका वडा समिति १८ मोतिपुर रुपन्देही द्धारा खुर्पेटो चलचित्रको प्रर्दशन बुटवलको मोतिपुरमा गरेको थियो । स्थानिय मोतिपुरको गा.बि.स. हलमा भएको प्रर्दशनमा मोतिपुर वडा न. १७, १८, १९ र आसपासको गरी लगभग ४०० जना दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो । चलचित्रमा मुख्य भूमिकामा अभिनित कलाकार बिना थापा मगरको आफ्नै ठाउँ भएकोले त्यहाँका ७०–८० बर्षीय बृद्धाहरु देखी लिएर स–साना बालबालिकाहरु अभिनेत्री बिनाको अभिनय र चलचित्र हेर्न हत्तोसाहित र आतुर देखिएको थियो । नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष सुमित्रा गाहाको अध्यक्षतामा चलचित्र प्रर्दशनको छोटो औपचारीक कार्यक्रम सुरु गरेको थियो भने प्रमुख अतिथ्यमा नेपाल मगर महिला संघ जिल्ला

Read more

अमेरिकामा हुने फिल्म फेस्टिबलमा निर्देशक अनिलको “लोम्बा”६ विधामा नोमिनेशन !

श्याम राना मगर १९ साउन काठमाण्डौ २३ औ विश्व आदिवासी दिवशको अवसर पारी न्युयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्ससवमा अनिल बुढा मगरद्धारा लेखन निर्देशन भएको “लोम्बा” चलचित्रले ६ वटा बिधामा छनोट हात पारेको छ । बेस्ट निर्देशक, बेस्ट स्टोरी, बेस्ट फिल्म, बेस्ट सिनेमाटोग्राफि, बेस्ट एक्टर र बेस्ट कस्टम गरी ६ बिधामा नोमिनेशन भएको जानकारी आयोजकले दिएका छन् । अगष्ट २५ देखि २७ तारिख सम्म न्युयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि तिन चरणमा छनोट प्रक्रिया गरिएको थियो । पहिलो दोस्रो र तेस्रो सम्म आउँदा ११ चलचित्रहरु अन्तिम छनोटमा पर्न सफल भएका छन् । चलचित्र छनोट समितिमा डा. कृष्ण भट्टचन, निर्देशक छिरिङ रितार शेर्पा, भाषाविद् अमृत योञ्जन तामाङ, बरिष्ठ निर्देशक नवीन सुब्बा र आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर

Read more

आदिवासी महोत्सवमा लोम्बा चलचित्रसंगै अनिलको चर्चा !

श्याम राना मगर  असार १६ काठमाण्डौ पहिलो आदिवासी जनजाति चलचित्र फेस्टिबल २०७४ मा मगर चलचित्रको प्रतिनिधित्व गरेको “लोम्बा” चलचित्रको चर्चा र परिचर्चा भैरहेको छ । अठार मगरात क्षेत्रमा प्रचलित मगर समुदायको पुर्खौली पेशा भेडि गोठ भित्रको “लोम्बा” संस्कृतिलाई चलचित्रको कथामा कलात्मक तरिकाले उनेर निर्देशक अनिल बुढामगरले आफ्नो अभिब्यक्ति पोखेका छन् । सोहि चलचित्रले अनिललाई पनि चर्चातिर  हुत्याई दिएको छ । यहि असार १७, १८ र १९ मा हुन गइरहेको महोत्सवमा आदिबासी जनजाति चलचित्र महासंघ अन्तरगत रहेका जातिय संस्थाहरुले आ–आफ्ना समुदायबाट उत्कृष्ट चलचित्रहरुलाई छनोट गरि चलचित्र महासंघमा पठाइएको थियो । महोत्सवमा २०७० साल देखि यता २०७३ साल सम्म निर्माण भएका मगर समुदायभित्रका चलचित्रहरु मध्ये उत्कृष्ट चलचित्रको प्रतिनिधित्व गरि “लोम्बा” चलचित्रलाई पठाइएको थियो । हजारौ भेडालाई बाटो देखाउने “लोम्बा” को मृत्यु भएपछि

Read more

चलचित्र “तमसुकः गुमेको भुमी’ आज हङकङमा प्रदर्शन हुँदै !

जेष्ठ ७ लघु नेपाली चलचित्र “तमसुकः गुमेको भुमी’ आज हंङकंङ्गमा प्रदर्शन हुँदैछ । मगर्स क्रियशनले निर्माण गरेको चलचित्र “तमसुकः गुमेको भुमी’ हंङकंङ्ग स्थित यौ मा तेई कम्युनिटी हलमा स्थानिय समय अनुसार साँझ ६ बजेदेखी प्रदर्शन गर्न लागिएको हो । नेपाल सरकार चलचित्र बिकास बोर्ड र नेपाल चलचित्र संघ हंङकंङ्गको संयुक्त आयोजनामा तेस्रो आदिवासी जनजाती चलचित्र सम्मान तथा प्रमोसन कार्यक्रम २०१७ अन्तरगत मगर्स क्रियसन कम्पनीले निर्माण गरेको सत्य घटनामा आाधारित उक्त चलचित्र“तमसुकः गुमेको भुमी’ प्रदर्शन गर्न लागिएको मगर्स क्रियसन कम्पनीका संस्थापक आसिर्वाद पुन मगरले जानकारी दिनुभयो । हिमाल पुन मगरको निर्देशन रहेको चलचित्र “तमसुकः गुमेको भुमी” कथा तथा छाँयाङ्कन भिम रानाले गर्नुभएको छ । चलचित्र निर्माणमा युवराज मास्कीको संयोजन, निर्देशक सहायकमा विश्वाश मगर, कला निर्देशक टिकाभक्त जीरेल, पटकथा हिमाल पुन र

Read more

खुर्पेटोले काठमाण्डौका दर्शकलाई पनि रुवायो !

मगर मिडिया वैशाख १, काठमाण्डौँ मगर कथानक चलचित्र खुर्पेटो विशेष प्रदर्शन कार्यक्रम काठमाण्डौको राष्ट्रिय नाँचघरमा हिजो विहिवार भव्य रुपमा सम्पन्न भएको छ । मिफ्रुङ फिल्म्स प्रोडक्सन प्रा.ली.को व्यानरमा बनेको खुपेर्टोले आफ्नो प्रदर्शन सँगै अहिले देश तथा विदेशका विभिन्न ठाउँहरुमा दर्शकहरुको मन जित्न सफल भएको छ । चलचित्र हेरेपछि मगर चलचित्रले पनि फड्को मार्दै गएको र चलचित्रको कथावस्तुले आफ्नो मन छोएको र आँसु थाम्न नसकेको प्रतिक्रिया अधिकांश दर्शकहरुले दिएका थिए । त्यस्तै नयाँ भएर पनि कलाकारहरुको अभिनय, नृत्य तथा गीतसंगीत र छाँयाङ्कन स्थलको समेत खुलेर दर्शकले प्रशंसा गरेका थिए । यद्यपी चलचित्रमा धेरै सुधार्न सकिने ठाउँ रहेपनि एउटा राम्रो मौलिक चलचित्र हेर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । चलचित्रको प्रदर्शन सँगै मिफ्रुङ फिल्मस प्रा.ली.ले निर्माता, निर्देशक देखि सम्पुर्ण कलाकार, गायक गायिका,

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)