एस्ट्रल एढेसिभको बिजनेस पार्टनर भेटघाट कार्यक्रम !

मगर मिडिया पुस, ३० पोखरा । एष्ट्रल एढेसिभ कम्पनीले पोखरामा बिजनेस पार्टनर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै कम्पनीका गण्डकी धौलागिरीका आधिकारिक बिक्रेता पोखरा निर्माण सामग्री केन्द्रका सञ्चालक महेश पराजुलीले एष्ट्रल कम्पनीका उत्पादनहरु पोखरा क्षेत्रमा लोकप्रिय रहेको बताए । भारतको गुजरातमा मुख्य कार्यालय रहेको उक्त कम्पनीका बोन टाइट, बोन्ड सेट, जेष्टा, सल्भो बोन्ड, वेल्डन सिपिभिसी गम, वाटर प्रुफिङ सामग्री, मर्मत सामग्री, मार्बल र टायल कियर प्रडक्टहरु नेपाली बजारमा बिक्री गर्दै आइरहेको पराजुलीले जानकारी दिए । ‘घर निर्माण एवं मर्मत तथा गाडी मोटरसाइकल लगायतमा प्रयोग हुने अन्य एढेसिभ सामानहरु पनि नेपालमा बिक्री भइरहेको छ,’ उनले भने । बिगत १४ वर्षदेखि पोखरा निर्माण सामाग्रीले उक्त कम्पनीका सामानहरु विभिन्न डिलरहरु मार्फत बिक्री गर्दै आइरहेको छ । कम्पनीले उत्पादन गरेको एस्ट्रल पाइप

Read more

नामजस्तै काममा तेज एक सफल युवा व्यवसायीसँगको भिडियो अन्तर्वार्ता !

श्याम राना मगर १४ भदौ काठमाण्डौ दैनिक रुपमा हजारौँ युवाहरु नेपालमा कुनै अवसर तथा सम्भावना भएन भनेर विदेशिरहेको अवस्थामा नेपालमा नै वसेर विभिन्न अवसर तथा सम्भावनाहरुको पहिचान गरि थुप्रै क्षेत्रमा व्यावसाय थालेर तेज रुपमा अगाडि बढ्दै सानै उमेरमा नै आफुलाई एक सफल युवा उद्यमी तथा व्यवसायीको रुपमा चिनाउन सफल तेज विक्रम थापा मगरसँग कार्यक्रम पर्यटन र व्यवसायका लागि हामीले कुराकानी गरेका छौँ । आफ्नै वरिपरि आफैभित्र अथाह सम्भावना छ त्यसलाई आफुले पहिचान गरि त्यसको राम्रो अध्ययन गरेर अगाडि बढ्न सके सफलता पनि आफ्नै सेरोफेरोमा रमाउने बताउने उहाँसँग गरिएको यो भिडियो अन्तर्वार्ता हेर्न तलको लिंकमा जानुहोला ।

Read more

लोकगायक डम्मर पुर्जाले ल्याए ‘दोभानमा बेनी बजार’ !

रूद्र श्रीसमगर पोखरा, २१ जेठ लोकगायक डम्मर पुर्जाले नयाँ म्यूजिक भिडियो बजारमा ल्याएका छन् । गीत पहिले नै रेकर्ड भएको भएपनि म्यूजिक भिडियो भने बल्ल अहिले सार्वजनिक गरेका हुन् । ‘दोभानमा बेनी बजार’ बोलको गीतको म्यूजिक भिडियोको छायाड्ढन म्याग्दीको सदरमुकाम बेनी बजारमा गरिएको हो । लोकगायक पुर्जालाई लोकगायिका विमाकुमारी दुराले स्वरमा साथ दिएकी छन् । टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको म्यूजिक भिडियोका निर्देशन गोविन्द पुनले गरेका हुन् । दानबहादुर श्रीसको छायाड्ढन तथा सम्पादन रहेको म्यूजिक भिडियोमा लोकगायक पुर्जासँगै मिलन गर्बुजा र गंगा तिलिजाले अभिनय गरेका छन् ।

Read more

खुर्पेटोको प्रदर्शनी लखनको गाउँबाट सुरु (फोटो फिचर सहित)!

श्याम राना मगर मगर मिडिया, कार्तिक १, गोरखा मिफ्रुङ्ग फिल्मस् प्रोडक्सन प्रा.लि.को व्यानरमा बनेको मगर कथानक चलचित्र खुर्पेटोले नेपालका प्रथम शहिद लखन थापा मगरको जन्म थलो बुङ्कोट काउले भङ्गारबाट आफ्नो प्रदर्शनी थालनी गरेको छ । उक्त चलचित्रले गोरखा जिल्लाको वुङ्कोट काउले भङ्गार–४ स्थित लखन थापा मगरको स्मारक स्थल तथा लखन थापा मगर प्राथमिक विद्यालयको प्राङ्गणमा गत असोज २९ गते एक विशेष समारोह विच आफ्नो प्रदर्शनी सुरु गरेको हो । समारोहमा चलचित्र निर्माणको क्रममा विभिन्न सहयोग पु¥याउने संघसंस्था, व्यक्ति तथा कलाकारहरुलाई कदर तथा सम्मानपत्रद्धारा सम्मान पनि गरिएको थियो । दर्शकहरुसँगै बसेर आफ्नो चलचित्र हेरेका कलाकार तथा निर्माण टोली प्रर्दशनीबाट हौसिएका छन । भने पहिलो प्रदर्शनीबाट चलचित्रले दर्शकहरुबाट राम्रो चलचित्र बनेको प्रतिक्रिया समेत बटुल्न सफल भएको छ । नेपाल मगर संघको आफ्नो

Read more

अन्नपूर्ण उपभोक्ता सहकारी संस्थाको दोस्रो साधारणसभा सम्पन्न !

रूद्र श्रीसमगर पोखरा पोखरा–१५, अन्नपूर्ण मार्गस्थित अन्नपूर्ण उपभोक्ता सहकारी संस्था लिमिटेडको दोस्रो साधारणसभा सम्पन्न भएको छ । बुधबार आयोजित साधारणसभालाई सम्बोधन गर्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, पोखराका प्राचार्य बद्रीनाथ अधिकारीले शोषणविहीन समाज निर्माणका लागि सहकारी आवश्यक भएको बताउनुभयो । ‘शोषणविहीन समाज निर्माण गर्न सहकारी आवश्यक छ’, अधिकारीले भन्नुभयो, ‘देश विकासको महŒवपूर्ण पाटो भनेको आर्थिक विकास हो, आर्थिक विकासका लागि सहकारी महŒवपूर्ण छ ।’ सेवा, परोपकार र मुनाफाका लागि सहकारी आवश्यक रहेको भन्दै अधिकारीले विवेकपूर्ण व्यवसाय नै सहकारी भएको बताउनुभयो । ‘सहकारी स्वायत्त र स्वतन्त्र छ’, अधिकारीले भन्नुभयो, ‘हुने खानेले नहुनेलाई अप्रत्यक्ष सहयोग गर्ने माध्यम नै सहकारी हो ।’ सहकारीले नेतृत्व विकासको अवसर दिने समेत उहाँको भनाइ थियो । कार्यक्रममा पोखरा–१५ का वडा सचिव सोमलाल सुवेदी, नेपाल प्रहरीका पूर्व अतिरिक्त

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)