मगराँत पहिचान र अधिकार प्राप्तिको आन्दोलनको रुपमा मगरहरुले मनाए माघेसकराती (४० फोटोहरु)!

श्याम राना मगर माघ २, काठमाण्डौ संसारभरिका मगरहरु साथै मगर संघसंस्थाहरुले २०७४ सालको माघे सकराती राष्ट्रिय चाडलाई मगरात पहिचान र अधिकारसहितको संघीयता र आदिबासी जनजाति लगायतका उत्पिडित नेपाली जनताको बाँकी अधिकार प्राप्तिको आन्दोलनकै रुपमा संसार भरि भव्य रुपमा मनाएका छन् । संसार भरि छरिएर रहेका मगरहरुले विभिन्न ठाउँमा यस चाडलाई भव्य रुपमा मनाउँदै गर्दा नेपाल मगर संघ केन्द्रिय समितिले माघ १ गतेका दिन काठमाण्डौको भृकुटिमण्डपमा सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन मगर पासाङको प्रमुख आतिथ्यतामा पुनले तारो (धनुषवाण) हानेर औपचारिक रुपमा माघे सकराती चाड कार्यक्रम उद्घाटन गराई भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुन मगरले हाम्रो देश नेपाल प्राकृतिक रूपमा विश्वकै सुन्दर देश रहेको र विभिन्न जातजाति, भाषाभाषी, धर्म, संस्कृतिका समुदायको सम्मिश्रित बसोवासले नेपाललाई झनै सुन्दर बनाएको बताउनु

Read more

आठौँ पोखरा महोत्सव सुरु (फोटो फिचर)

विष्णु थापा पोखरा, पौष २७ शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको लागि आठौँ पोखरा महोत्सव आज बिहिबार देखि पोखराको अमरसिंह चोकको अमर सिंह स्कुलको विशाल खेल मैदानमा सुरु भएको छ । महोत्सव पौष २७ देखि सुरु भएर माघ ८ गते सम्म चल्ने छ । युनाइटेड क्लवको आयोजनामा रहेको उक्त महोत्सव निकै उत्साहजनक सुरु भएको छ ।          

Read more

२९ औँ मंगोल नेसनल अर्गनाइजेसन स्थापना दिवस तथा प्रथम जिल्ला अधिवेसन (फोटो फिचर)

बिष्णु थापा मगर पुष १९, पोखरा २१ औँ शताब्दी अहिन्दु मुलवासी मंगोल मुक्तिको शताब्दी हो भन्ने नाराको साथ २९ औँ मंगोल नेसनल अर्गनाइजेसन स्थापना दिवस तथा प्रथम कास्की जिल्ला अधिवेसन पोखरामा गत सोमबार सम्पन्न भएको छ ।

Read more

किराँतहरुले उधौली स्याँदर पिदार पर्व मनाए (४४ फोटोहरु) !

श्याम राना मगर २४ मंसिर काठमाण्डौँ किराँतहरुको पर्व उधौली स्याँदर पिदार काठमाण्डौमा रहेका किराँतहरुले हिजो काठमाण्डौको टुडिखेलमा भव्यताका साथ मनाएका छन् । विशेष गरी मंसिर महिनामा नयाँ अन्न, बाली जस्ता प्राकृतिक कुरा भित्र्याउन पाएकोमा धन्यवाद स्वरुप प्रकृतिलाई पूजा गरिन्छ । प्रकृति प्रेमी किराँतहरुले गत पुर्णिमा देखि सुरु भएको उक्त पर्व हिजो सम्म मनाएका थिए । काठमाण्डौको टुडिखेलमा उधौली स्याँदर पिदार पर्व मनाइराख्दाको ४४ फोटोहरु ।

Read more

छठ पर्वमा काठमाण्डौको कमल पोखरीमा खिचिएको २५ फोटोहरु !

श्याम राना मगर  १०  कार्तिक  काठमाण्डौ छठ पर्वमा  व्रतालुहरुले हिजो  धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्न विभिन्न जलाशयमा  पुगेका थिए । यसै क्रममा काठमान्डौको   बिभिन्न जलासय हरुमा ब्रतालुहरुको घुइचो लागेको थियो  ।   तर यसपाली रानीपोखरी भने भूकम्प पछी पुनर्निर्माण तर्फ बेवास्ताको कारण सुक्खा देखिएको थियो ।   काठमाडौँको कमलपोखरीमा पुगेर साझ खिचिएका  २५ फोटोहरु।

Read more

नेपाल सम्बत ११३८ को उपलक्ष्यमा काठमाडौँ किर्तिपुरको पाँगामा निकालिएको साँस्कृतिक र्याली (२१ फोटोहरु) !

श्याम राना मगर  ६ असोज, काठमाडौँ नेपाल सम्बत ११३८ को उपलक्ष्यमा किर्तिपुरको पाँगामा निकालिएको साँस्कृतिक र्यालीमा खिचिएका २१ फोटोहरु जुन र्यालीमा ससाना बालबालिका हरु देखि पाका नेवार समुदायका स्थानीय हरु आफ्नो मौलिक भेषभूसा र सास्कृतिक झाकी सहित सहभागी भएका थिए। यस्ता अवसर हरुले आफ्नो मौलिक परम्परालाई बचाई राख्न को लागि नया पुस्तालाई हस्तान्तरण गर्ने राम्रो अवसर को रुपमा समेत उपयोग गरेको देख्न सकिन्थ्यो ।             

Read more

दिपावलीमा काठमाडौँको झिलिमिली फोटो फिचर (१७ फोटोहरु) !

 श्याम राना मगर  असोज ५, काठमाडौँ  दिपावलीमा विभिन्न बत्ती र साजसजावटले काठमाडौँ मा देखिएको  झिलिमिलीलाई बिभिन्न ठाउहरुमा पुगेर लिएको १७ फोटोहरु यस्ता छन ।            

Read more

मगरको मात्रै अधिकार भएको मगरात खोजेका होइनौँः रोका मगर / मगर महिला संघको १९औँ स्थापना दिवश (फोटो फिचर सहित) !

श्याम राना मगर, मगर मिडिया असोज ४, काठमाण्डौ । नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले एक कार्यक्रममा वोल्दै मगरको मात्र अधिकार भएको मगरात हामीले स्वीकार गर्दैनौ भन्नुभएको छ । मगर संघले माग गरेको मगरातको मुद्धालाई जातिय विखण्डनको मुद्धा भनि फैलाएको भ्रमलाई चिर्दै उहाँले भन्नुभयो, हामीले सबै जातजाति सहितको मगरात मागेका हौँ । मगरको मात्रै अधिकार पाउने मगरात हामीले स्वीकार गर्ने वाला पनि छैनौ, कसैले दिएपनि लिनेवाला छैनौ । बरु आजको दिनसम्म एउटै जाति, एउटै वर्गले मात्रै यो देशलाई चलायो, यो देश आफ्नो बनायो यसको नाम हो जातिय राज्य, यो जातिय राज्य चल्नु हुदँैन । यसको अन्त्य हुनुपर्छ । यो देश, यो राज्य सवैको साझा हो । हाम्रो मगरातको माग यहि भित्र पर्छ । एकातिर सरकारले संविधान निर्माण भएको

Read more

मगर विद्यार्थी संघको सातौ पुर्ण बैठक तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)!

श्याम राना मगर मगर मिडिया, काठमाण्डौ नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको सातौ पुर्ण वैठक तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रम गत भाद्र २४ र २५ गते काठमाण्डौमा सम्पन्न भएको छ । उक्त कार्यक्रममादेशका विभिन्न जिल्लाबाट आएका केन्द्रिय पद्याधिकारी, केन्द्रिय सदस्यहरु र काठमाण्डौ उपत्यका भित्रका विभिन्न क्याम्पसका मगर विद्यार्थीहरुको सहभागिता रहेको थियो । नेपाल मगर विद्यार्थी संघका अध्यक्ष दिपा आलेमगरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले मगरात प्राप्तिको आन्दोलनमा विद्यार्थीहरुलाई युवा तथा बौद्धिक भुमिका खेल्नको लागि आग्रह गर्नुभएको थियो । उद्घाटन सत्र लगत्तै आर्जन बचत ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा भएको प्रशिक्षण कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका पुर्व केन्द्रिय अध्यक्ष तथा सल्लाहकारहरु राम बहादुर थापा मगर, झकेन्द्र घर्ति मगर, भोजविक्रम बुढा मगर, रेनुका

Read more

नेपाल मगर सांस्कृतिक संघको १३औं स्थापना दिवस सम्पन्न !

मगर मिडिया, असाढ १५, काठमाडौँ नेपाल मगर सांस्कृतिक संघको १३ औं स्थापना दिवस सम्पन्न भएको छ । काठमाडौंको सोह्रखुट्टेस्थित हजुरको पार्टी प्यालेस हलमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले मगरात बिनाको नयाँ नेपाल स्वकार्य नहुने बताउनु भएको छ । अध्यक्ष रोका मगरले ‘देश हाम्रो नेपाल हो, घर हाम्रो मगरात हो’ मगरात बिना नयाँ नेपाल सोच्न पनि नसक्ने बताउनु भयो । उहाँले भन्नु भयो–‘मगर कलाकार साथीहरु कम्तीमा मगरात प्राप्तको आन्दोलन, मगर जातिको अघिकारका गीत गाइदिनु प¥यो । गीत समेत लेखि दिनुप¥यो ? तपाईहरुको कला र गलाबाट मगरात छ कि छैन भनेर खोजि गरोस् ।’ ‘मगर कलाकारहरु मगर समुदायको मात्र होइन देशको प्रतिष्ठीत कलाकारको रुपमा स्थापित हुन पुगेको छ । तर विडम्बना कलाकारहरुलाई राज्य चलाउने कुनै

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)