निर्धारित समयमै सकियो ‘शिरफूल’ को छायांकन (फोटो फिचरसहित)

काठमाडौं, १ पुस । चलचित्र ‘शिरफूल’ को निर्धारित समयमै छायांकन सकिएको छ । चलचित्रको ३५ दिनमा छायांकन सक्ने निर्माणपक्षले लक्ष्य लिए अनुरुप चलचित्रको छायांकन सकिएको चलचित्रका निर्देशक कमल एक्चै मगरले जानकारी दिनुभयो। पर्फमिङ आर्ट क्रियशन र मगर्स क्रियशन प्रालिको संयुक्त प्रस्तुतीमा निर्माण भईरहेको ‘शिरफूल’को छायांकन सकिएको एक कार्यक्रमबीच जानकारी गराइएको हो कार्यक्रममा बोल्दै निर्माता आर्शीवाद पुनले भन्नुभयो अब एउटा गीतको मात्र छायांकन बाँकी छ , अरु दृश्यको छायाँकन सकिएर सम्पादनमा पुगेका छौं ।’ चलचित्र ‘शिरफूल’मार्फत निर्देशकदेखि कलाकारसम्म डेब्यु गर्दैछन् । ‘शिरफूल’ कमलको डेब्यु निर्देशन चलचित्र हो भने यसै चलचित्रमार्फत चर्चित लोकगायिका नीता पुन र गायक देव आले मगरले पनि अभिनयमा डेब्यु गर्दैछन् । थुप्रै म्युजिक भिडियोको निर्देशन गरेर चलचित्र निर्देशनमा डेब्यु गरेका कमलले भने, ‘चलचित्र शिरफूल सोचेभन्दा राम्रो बनेको छ

Read more

प्रथम सहिद क्यां. लखन थापा मगरको हुलाक टिकट प्रयोगमा !

मसिंर २, काडमाडौं नेपाल सरकारले नेपाको प्रथम शहिद लखन थापा मगरको फोटो सहितको हुलाक टिकट प्रकाशन गरीे मंसिर १ गतेदेखी प्रयोगमा ल्याएको छ । यसअघी २०७२ असोज ३ मा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएकै दिन लखन थापालाई ‘प्रथम सहिद’को घोषण गरी सम्मान दिईएको थियो । राज्यले सहिद लखन थापाको योगदानलाई मुल्यांकन गर्दै १ सय ४० वर्ष पछि हुलाक टिकट प्रकाशन गरी प्रयोगमा ल्याएको हो । नागरिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठाएकै कारण १९३३ सालमा गोरखाका गोरखा स्थित बुंकोटको विद्रोही किल्ला परिसरमै झुन्डाएर मृत्युडण्ड दिईएको थियो । सहिद लखन थापा सम्पूर्ण नेपालीको आत्मसम्मान बढाउने राष्ट्रका धरोहर, महान गौरव र साझा सम्पत्तिको रुपमा लिईन्छ ।

Read more

जारी छ आन्दोलन (फोटो फिचर ) !

पहिचान प्राप्ती संगै संबिधानको पुर्नलेखनको माग गर्दे आएका संघिय गठबन्धनको राजधानी केन्द्रित आन्दोलन जारी छ । तराई मधेशबादी दलका नेता कार्यकर्ता संगै आन्दोलनमा आदिबासी जनजाति अगुवा, मगर, गुरुङ्ग, राई लिम्बु , तामाङ लगाएत पछाडि पारिएका जाति, समुदायले पनि राम्रो साथ दिएपछि आन्दोलन निर्णायक बन्दै गएको उनीहरुको ठहर छ । सिंहदरबार, बालुवाटार घेराउ पछि सडकमै आन्दोलन चर्काएका संघिय गठबन्धनका नेता कार्यकर्ता भन्छन् उदेश्य पुरा नभए सम्म घर फर्किदैनौ । फोटो ठुलो पारेर हेर्न फोटोमा क्लिक गर्नुहोस… फोटो:- देब पचभैया

Read more

नेपाल मगर संघको चितवनमा भैरहेको ११औं राष्ट्रिय महाधिबेशनको फोटो फिचर!

मगर मिडिया, चितवन नेपाल मगर संघको चितवनमा जारी ११ औ राष्ट्रिय महाधिबेनको उद्घाटन र बन्द शत्रका केही झलक हरु । महाधिवेशनको १८ गते सभामुख ओनशरी घर्तीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रम २२ गते सम्म चल्ने छ । फोटोलाई ठुलो पारी हेर्न फोटोमा क्लिक गर्नु होला | फोटो: देब पचभैया मगर

Read more

मगर आमसन्चारकर्मी समाजको २०७२ फागुन १७ गते काठमाडौँमा भएको पहिलो राष्ट्रिय सम्मेलनमा लिईएका फोटोहरु !

मगर आमसन्चारकर्मी समाजको २०७२ फागुन १७ गते काठमाडौँमा भएको पहिलो राष्ट्रिय सम्मेलनमा लिईएका फोटोहरु:

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)