पत्रकार महासंघलाई विभिन्न वैदेशिक शाखाले बुझाए ज्ञापनपत्र !

कृष्ण सारू मगर काठमाण्डौ ७ भदौ | नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सम्पन्न २५ औँ महाधिवेसनबाट निर्वाचित अध्यक्ष गोविन्द आचार्य लगायत सम्पुर्ण नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघको वैदेशिक शाखाका रूपमा स्थापित युके, युरोप र कतार शाखाले संयुक्त आयोजना गरी सफल कार्यकालको शुभकामना तथा बधाई दिए । नेपाल पत्रकार महासंघको मातहतमा रहेका विभिन्न ८ वैदेशिक शाखाले जिल्लासरहको मान्यता पाउनु पर्ने,, सबै सभासदलाई मताधिकार दिइनुपर्ने, वैदेशिक शाखाहरुलाई समेटेर प्रदेश कमिटी बनाइनु पर्ने, वैदेशिक शाखाबाट केन्द्रमा प्रतिनिधित्वको व्यवस्था हुनु पर्ने लगायतको मागलाई नेपाल मगर पत्रकार संघका संस्थापक अध्यक्ष समेत रहेका वैदेशिक शाखा युकेका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बसेको बैठकले पारित गरेको हो । उक्त बैठकमा युरोप, युएई, कतार, भारत, कोरिया, युके शाखाका प्रतिनिधिले सहभागीता जनाएको शाखाहरुले संयुक्त रुपमा ज्ञापनपत्र महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यलाई बुझाएको

Read more

आचार्य पत्रकार महासंघको अध्यक्षमा !

युवराज राना मगर ६ साउन काठमाण्डौ नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य विजयी हुनुभएको छ । आचार्यको समूहले पदाधिकारी सहित अधिकांश पदमा विजयी हासिल गरेको छ । आचार्यले ७ सय ३२ र उहाँका प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६ सय २७ मत पाउनु भएको छ । नेपाल प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट अध्यक्षमा उम्मेदवार दिनुभएका आचार्य प्रेस सेन्टर समर्थक हुनुहुन्छ । आचार्यको समूहले पदाधिकारीसहित अधिकांश पदमा विजयी हासिल गरेको छ । आचार्यले ७ सय ३२ र उहाँका प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६ सय २७ मत पाउनु भएको छ । कोइराला प्रेस चौतारीबाट अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । त्यसैगरि उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दीलिप थापामगर, महासचिवमा रमेश विष्ट, खुला सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाति तर्फका

Read more

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङद्वारा बिरामी र असहायलाई फलफुल वितरण !

कृष्ण आले साउन २७ गते, बेसीशहर लमजुङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङद्वारा बिरामी र असहायहरुलाई फलफुल बितरण गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को १८औं स्थापना दिवसको अवसरमा बेसीशहरमा फलफुल वितरण गरेको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङले लमजुङ सामुदायिक अस्पतालका बिरामी र बेसीशहरस्थित मानवसेवा आश्राममा आश्रित मानवहरुलाई फलफुल बितरण गरेको हो । लमजुङ सामुदायिक अस्पतालमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आशबहादुर गुरुङ, नेपाल तामाङ घेदुङ लमजुङका अध्यक्ष अजय तामाङ, लमजुङ सामुदायिका अस्पतालका प्रशासन प्रमुख युवराज देवकोटा, घले समाजका अध्यक्ष बीरसिङ घले, नेपाल पत्रकार महासंघ लमजुङका सचिव सन्देश पौडेल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय सभासद र प्रदेश सभासद लगायत फोनिज

Read more

फोनिजको १८ औ स्थापना दिवस पोखरामा पनि मनाइयो !

गिता राना मगर, पोखरा २७ साउन । आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको १८ औ स्थापना दिवस पोखरामा पनि मनाइएको छ । आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीले स्थापना दिवसको अवसर पारी पोखरामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले आदिवासी जनजातिहरुले जनजातिलाई पत्रकारितामा ल्याउन ठूलो भुमिका भएको वताउदै समग्र जनजातिलाई समेटेर अगाडी वढ्न समेत आग्रह गरे । त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शुष्मा पौडेलले फोनिजले आदिवासी जनजातिकोमात्र नभइ अन्य समुदायलाई समेत सञ्चार माध्याममबाट उजागर गर्न अभिप्ररित भइरहेकोमा आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । त्यस्तै नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार रामकृष्ण ज्ञवालीले फोनिजले स्थापना कालदेखिनै जनजाति पत्रकारहरुलाई सञ्चारमाध्याममा आवद्ध गराउने मात्र नभइ सञ्चारको

Read more

फोनिजद्वारा पत्रकार गुरुङ सम्मानित !

आशिष सूर्यवंशी बुटवल, २५ श्रावण नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को स्थापना दिवसको अवसरमा अग्रज पत्रकार भिम प्रसाद गुरुङ सम्मानित हुनु भएको छ । फोनिज रुपन्देहीले आज स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष स्व. देवबहादुर पाटामगरको स्मृतिमा प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारबाट गुरुङलाई सम्मान गरेको हो । पत्रकार गुरुङ उक्त पत्रकारिता पुरस्कार स्थापना गर्ने फोनिजका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । १८ वर्ष अगाडि स्थापना भएको आदिवासी जनजाति पत्रकार महासंघ फोनिजद्वारा २०६५ सालमा बुटवलको राजमार्ग चौराहामा सडक दुर्घटनामा परी मृत्यु भएका पत्रकार पाटाको स्मृतिमा स्थापना भएको यो पुरस्कारको आठौं पटकको पुरस्कारबाट गुरुङ सम्मानित हुनु भएको हो । स्थापना दिवसको अवसरमा बुटवल स्थित अम्रपाली पार्टी प्यालेसमा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले गुरुङलाई सम्मान गर्दै आदिवासी

Read more

पत्रकारका लागि अंग्रेजी भाषाको कार्यशाला सम्पन्न !

रूद्र श्रीसमगर पोखरा, १५ साउन कास्कीका पत्रकारका लागि दुई दिने अंग्रेजी भाषाको कार्यशाला आइतबार सम्पन्न भएको छ । अर्बिट इन्टरनेशनल एजुकेशनसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा आयोजित कार्यशालामा दुई दिनसम्म नेपाली पत्रकारका लागि अंग्रेजी भाषाको प्रयोग र आवश्यकताबारे छलफल भएको थियो । कार्यशालामा रेडियो नेपालका अंग्रेजी भाषाका पूर्व समाचार सम्पादक वरिष्ठ सञ्चारकर्मी माइकल चन्द र वरिष्ठ पत्रकार युवराज घिमिरेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा अंग्रेजी भाषाको महŒव र आवश्यकता एवं प्रयोगका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यशालाका सहभागी पत्रकारहरूले अंग्रेजी भाषामा संवाद, समाचार संकलन र प्रश्नावली कसरी तयार पार्ने भन्ने बारेमा अभ्यास गरेका थिए । कार्यशालामा सहभागी पत्रकारहरूलाई प्रमाणपत्र समेत वितरण गरियो । कार्यशालाको समापन गर्दै अर्बिट इन्टरनेशनल एजुकेशनका अध्यक्ष केशवप्रसाद अधिकारीले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरूले कार्यशालाको आयोजना गरेको

Read more

कास्केली पत्रकारका लागि अंग्रेजी भाषाको दुई दिने कार्यशाला सुरु !

रूद्र श्रीसमगर पोखरा, १४ साउन अर्बिट इन्टरनेशनल एजुकेशनसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा कस्केली पत्रकारका लागि दुई दिने अंग्रेजी भाषाको कार्यशाला सुरु भएको छ । समाचार संकलनका क्रममा कार्यक्षेत्रमा भाषाका कारण हुने समस्या कम गर्नका लागि अंग्रेजी भाषाको कार्यशाला आयोजना गरिएको नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ‘विदेशी अतिथिहरू र विदेशी पर्यटकसँग सम्बन्धित समाचार संकलनमा हामीलाई भाषाका कारण समस्या हुने गरेको छ’, श्रेष्ठले भन्नुभयो, ‘अंग्रेजी भाषामा दक्षता नहुँदा समाचार संकलनमा कठिनाइ भएको पाइएको छ ।’ अंग्रेजी भाषामा पत्रकारिता गर्न सहज बनाउनका लागि नै कार्यशालाको आयोजना गरिएको श्रेष्ठको भनाइ थियो । अर्बिट इन्टरनेशनल एजुकेशनका प्रमुख कार्यकारी अधिकृत राधेश्याम मल्लले पत्रकारहरूलाई अंग्रेजी भाषाको दक्षताका लागि कार्यशालाको आयोजना गरिएको उल्लेख गर्नुभयो । ‘हामीले २०६४ सालदेखि नै

Read more

बहराईनमा शेर्पा घेदुङ्ग पनि जनजाति महासंघमा आवद्ध हाल सम्म ६ पुग्यो !

कृष्ण सारू मगर मानमा बहराईन २७ नोभेम्बर नेपाल आदिबासी जनजाति महासंघ बहराइनले मानमा स्थित सित्तल नेपाली रेस्टुरेन्टको सभा हलमा नेपाली समुदायका जेष्ठ नागरिक समेत रहेका वरिष्ठ समाजसेवी गम बहादुर गुरूङ्गको प्रमुख आतिथ्यमा स्वागत तथा सम्मान कार्यक्रम संपन्न गरेको छ । मिङमा च्यावा शेर्पाको संयोजकत्वमा भएको पहिलो भेला बाट पुर्णता दिँदै गएको ११ नोभेम्बरका दिन शेर्पा घेदुङ्ग बहराईन नामक गठन भएको उक्त संस्था २५ नोभेम्बर २०१६ सुक्रबारका दिन महासंघमा आवद्ध भएको हो । अध्यक्ष तेम्बा शेर्पाले भने, समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठन संग समन्वय, सहकार्यमा हातेमालो गर्दै अवको उपरान्त शेर्पा घेदुङ्गले पनि आफ्नो परम्परागत मौलिक पहिचान, संस्कार र सस्कृतिको जगेर्ना र संरक्षण संवर्द्धनका लागि थप टेवा पुग्ने हेतुले महासंघमा आवद्ध भै एक्यवद्धता जनाएको बताएका छन् । गएको ११

Read more

मिस मंगोल नेपाल २०१६ मा मगर समुदायबाट सविता, योजना, खुशी, रेनुका र कोपिलाले प्रतिनिधित्व गर्दै !

श्याम रानामगर, मगर मिडिया आश्विन ६, काठमाडौँ पछिल्लो समय नेपालमा विभिन्न विद्यामा मिस प्रतियोगीताहरु एक पछि अर्को गर्दै मौलाइरहेको छ । जसमध्येको प्रतिष्ठित प्रतिस्पर्धा मिस मंगोल पनि एक हो । मंगोल समुदायभित्रबाट प्रतिस्पर्धा गर्न पाउने यस प्रतिस्पर्धाले आफुलाई एक उत्कृष्ट प्रतिस्पर्धाको रुपमा आफुलाई उभ्याउन सफल हुदैँ गएको छ । एक्सन इन्टरटेनमेन्टको आयोजनामा भइरहेको पछिल्लो संस्करण मिस मंगोल २०१६ को लागि प्रतियोगी सहभागीहरुको छनौट गरि सहभागीहरुलाई प्रशिक्षित गर्ने काम तिव्र पारिसकेको छ । कुल २५ जना छनौट भएका मिस मंगोल प्रतिस्पर्धी मध्ये मगर समुदायबाट प्रतिष्पर्धा गर्ने प्रतियोगीहरु मध्येकी प्रतियोगी नं. १० की सविता राना मगरलाई मगर मिडियाका साथीले भेटेर केहि कुराकानी गरेका थिए । एमविएस दोश्रो वर्षमा अध्ययनरत सविता रानामगरले यो मिस मंगोल एउटा प्लेट फर्म भएको कारण आगामी दिनमा जहाँबाट

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)