पाल्पाली समाजले गरे राष्ट्रिय कलाकारलाई सम्मान !

कृष्ण सारू मगर युएई १३ फेब्रुअरी “एक्काइसौं शताब्दीको आवश्यकता सीप र ज्ञान ! युएईको माटो सुहाउँदो पाल्पालीको अभियान !!” भन्ने उद्धेश्यका साथ २०१५मा स्थापित पाल्पाली समाज युएईले ११ फेब्रुअरी शनिवारका दिन बरदुबई स्थित बाबरर्ची रेष्टुरेण्टको सभकक्षमा कलाकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । बौघा पोखराथोक ५ पाल्पाका राष्ट्रिय लोक तथा दोहोरी लोक गायक तथा मोडल पुष्कल शर्मा र गायिका अनुस्का थापा मगरलाई साङ्गितिक माध्यम द्वारा यो हाम्रो उथलपुथल सिङ्गो समाजलाई सु-सुचित गराउँदै कला तथा साङ्गितिक प्रगतिको शुभकामना दिँदै समाजले सम्मान गरेको हो । ” सङीत झन्कार २०१७ ” कार्यक्रमलाई भब्य सफल बनाउन मातृभूमि नेपाल देखी पुष्कल शर्मा र युरोपको स्पेन बाट अनुस्का थापा मगर नेपाल कला साँस्कृतिक मंचको निमन्त्रणालाई स्विकार गरी युएईमा पुगेका हुन् । समाजका विभिन्न पद्धेन

Read more

जयलक्ष्मी छन्त्याल पुनको नयाँ कोसेली “झ्याम्मै बस्यो साइली” बजारमा !

मगर मिडिया मंगसिर २४, काठमाडौँ जयलक्ष्मी छन्त्याल पुन अहिलेका चर्चित राष्ट्रिय लोकदोहोरी गायिकाहरू भन्दा कम प्रतिभावान छैनन् । सुमधुर स्वरकि धनि र प्रतिभावान व्यक्तित्व हुँदाहुदै पनि चर्चामा नआएकि पुन, पक्कै पनि मिडियाको नजरमा नपुगेकै हुनु पर्दछ | बाग्लुंग जिल्ला जसले थुप्रै ख्याती प्राप्त राष्ट्रिय लोक गायक गायिकाहरु जन्माएको छ, सोहि जिल्लाको धम्जा-१, ओखलेमा जन्म भै हाल काठमाडौँलाई आफ्नो कर्म थलो बनाई रहेकी पुनले आफ्नै प्रस्तुतिमा “झ्याम्मै बस्यो साइली” भन्ने फरक किसिमको सालैजो भाकाको गीत बजारमा ल्याएकी छिन | यस गीतलाई पुनले आफ्नै सुमधुर स्वरले सजाएकी छिन् भने उनलाई अर्का लोक गायक थानेश्वर गौतमले साथ् दिएका छन | थानेश्वर गौतम कै शब्द/संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई याम गुरुङले निर्देशन गरेका छन् भने हरिश महराले छायांकन गरेका छन् | साथै, मोडेल

Read more

नवोदित कलाकारको म्युजिक भिडियोको छायाँकन पुरा !

कृष्ण सारू मगर दोहा-कतार २९ नोभेम्बर पछिल्लो समय कतारमा धेरै नेपाली गीतहरुको म्यूजिक भिडियोले निकै नै छायांकनमा तिब्रता भएको पाईन्छ । यसै क्रममा नवोदित कलाकार गायक बिजय कुमार मगरको आफ्नो पहिलो कृति पप गित “माया होइन मैले” को म्युजिक भिडियोलाई गत हप्ता २५ नोभेम्बरका दिन छायांकन पुरा भएको छ । गीतको शब्द सृर्जना गायक मगरले गरेको हो । संगीतमा निरज थापा रहेका छन् । क्यामेरा तथा म्युजिक भिडियोको सम्पादनमा गणेश बराल मगरले साथ दिएका छन् । भुपेन्द्र रिखाम मगरले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । उक्त म्युजिक भिडियोमा एजो लट, सृजना रेस्मी मगर र गायक स्वयंमले अभिनय गरेका छन । उक्त म्युजिक भिडियोलाई (We Five Group) ले निर्माण गरेको हो । श्रोतका अनुसार ग्रुपले दोस्रो प्रस्तुतिका लागि तैयारी भैरहेको नेपाल

Read more

नेपाली लोकसंगीतमा उदाउँदै लोकदोहोरी गायक नवीन रानामगर !

रूद्र श्रीसमगर पोखरा, मंसिर ८ पछिल्लो समय निकै व्यस्त बनेका लोक तथा दोहोरी गायक नवीन रानामगरले, बागलुङको गलकोट, पाण्डवखानी–३ मा जन्मिएर पाण्डवखानी प्राविबाट प्रारम्भिक शिक्षा हासिल गरेका हुन् । परिवारसँगै बसाइँसराइँ गरी हाल, गलकोट, हरिचौर–२, सिमलबोटमा स्थायी रूपमा बस्दै आएका लोक तथा दोहोरी गायक नवीन आमा कल्पना राना र बाबा मतिराम रानाका कान्छा सुपुत्र हुन् । पृथ्वी उच्च मावि, हरिचौर–५ बाट एसएलसी उत्तीर्ण गरेका लोकगायक नवीनले काठमाडौंको ललितकला क्याम्पसबाट शास्त्रीय संगीतमा स्नातक उत्तीर्ण गरेका छन् । २०६९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका नवीनले सोही समयदेखि नेपाली लोकसंगीतको यात्रा औपचारिक रूपमा थालनी गरेका हुन् । उनको पहिलो एल्बम ‘वैंश आयो घुमेर’ कौह्रा हो । त्यसपछि उनले क्रमशः ‘नौतुनादेखि गोरखपुरसम्म’ सालैजो, ‘म त हजुर मगरको छोरो’ दोहोरी, ‘मुग्लानी शहर’ सालैजो,

Read more

कलाकार सन्तोष मगरको पहिलो प्रस्तुती !

सुमना थापा मगर काठमाडौं मंसिर ७ माल्दिपको रमणीय स्थानहरुमा छायान्कन भएर भर्खरै मात्र बजारमा आउन सफल प्रसन्त थापामगर द्धारा निर्देशक टाढा टाढा नजाउ तिमी भन्ने गीतले यति बेला चर्चा पाएको छ । चर्चित गायिका अनिता चलाउनेको सुमधुर स्वरमा गुन्जीएको गीत सहितको छायान्कनले दर्शकको मन पक्कै जित्नेछ । सन्तोष मगरको पहिलो प्रस्तुती रहेको यो गीतको छायांकन सबै माल्दीपमा गरिएको हो उनलाई पुरा विस्वास छ दर्शकहरुले उनको प्रस्तुतीलाई मन पराउनेछन् । टाढा टाढा नजाउ तिमी भन्ने गीतको संगीत निरन्जन महर्जनले गरेका हुन् भने शब्द कुष्ण राम महर्जनले चयन गरेका थिए । क्यामेरामा साथ दिएका छन् राजेन्द्र बजगाई । यति बेला दर्शकहरु मांझ आउदा गायिका चलाउने मात्र होइन स्यमं मोडेल सन्तोष मगर र अस्मि विसी पनि हौसिएका छन् । आफ्नो पहिलो प्रस्तुतीलाई एक

Read more

म्याग्दी कलाकार संघले भदौ १८ गते काठमाडौमा तीज विशेष कार्यक्रम गर्ने !

काठमाडौँ, १४ भदौ नेपाली हिन्दु महिलाहरूको महान् चाड तीजको अवसरमा म्याग्दी कलाकार संघ काठमाडौंले भदौ १८ गते काठमाडौमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । तिजको अघिल्लो दिन भदौ १८ गते शनिवारको दिन काठमाडौ गोंगबुस्थित नागार्जुन पार्टी प्यालेसमा तीज विशेष सांगीतिक प्रस्तुति र दर खुवाउने कार्यक्रम आयोजना गर्न लागिएको म्याग्दी कलाकार संघका अध्यक्ष बिल पुर्जा मगरले जानकारी दिए । समारोहमा म्याग्दीको मौलिक भाका ‘यानी माया’ ‘शिरफुले माया’ ‘सालैजो’ जस्ता भाका गाउने अग्रज लोक कलाकार धनकुमारी थापालाई सम्मान गरिने भएको छ । तीजको अवसरमा हरेक वर्ष सांगीतिक कार्यक्रम गर्दै आइरहेको म्याग्दी कलाकार संघले गतबर्ष ‘बेनीको बजार…’ नामक गीतका सर्जक टीकाबहादुर श्रेष्ठ र गायिका मन छन्त्याललाई सम्मान गरेको थियो । साथै, यहि कार्यक्रम मै संघका नयाँ आजिवन सदस्यहरुलाई पनि बिशेष सम्मान

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)