नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद कास्कीले आठौ पोखरा महोत्सवलाई सहयोग गर्ने !

गिता राना मगर पोखरा २१ पुस । नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद् कास्कीले आठौ पोखरा महोत्सवलाई सहयोग गर्ने भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लवको आयोजनामा आगामी पुस २७ देखि माघ ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने आठौ संस्करणको पोखरा महोत्सवलाई नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद् कास्कीले सहयोग गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने भएको हो । परिषदमा आवद्ध विभिन्न १२ वटा आदिवासी जनजातिहरुको छलफलले पुस २७ गते बाट शुरु हुने आठौ संस्करणको महोत्सवमा हुने झांकी ¥यालीमा समेत सहभागीता जनाउने भएको नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद्का अध्यक्ष जंग वहादुर गुरुङले जानकारी दिए । गुरुङले पोखरा महोत्सव विशुद्ध सामाजिक काममा अगाडी वढिरहेको र पोखरा लेखनाथको

Read more

प्रिति बनिन् मिस मंगोल नेपाल २०१६ (फोटो फिचर सहित)!

श्याम रानामगर मगर मिडिया, काठमाडौँ ! मंगोल समुदायका युवतीहरुको शसक्तिकरण गर्ने उद्देश्यले एक्सन इन्टरटेइमेन्टले आयोजना गर्ने मिस मंगोल नेपाल २०१६ को ताज काठमाण्डौकी प्रीति गुरुङले जितेकी छिन् । प्रितिले मिस पब्लिक च्वाइस अवार्ड पनि आफ्नो पोल्टामा पारेकी थिइन् । प्रितिले उपाधीसँगै रु एक लाख रुपैयाँ प्राप्त गरेकी छिन् । प्रतियोगितामा धनकुटाकी बरुणा राईले प्रितिलाई पछ्याउँदै फस्ट रनरअप बनिन् भने दैलेखकी योजना थापा मगरले सेकेन्ड रनरअप र मिस ट्यालेन्टको उपाधी चुमिन् । स्याङ्जाकी कोपिला गाहा मगरले मिस डिस्सिप्लिन र बाग्लुङकी खुशी मगरले मिस लिडरशिप अर्वाड थापिन् भने ताप्लेजुङकी रुपा आङवुहाङले मिस फ्रेन्डसिप र मिस फोटोजेनिक, झापाकी नवीना कुलुङले मिस पङ्चुअल, ताप्लेजुङकी मञ्जु लिम्बुले मिस बेस्ट हेयर र काठमाण्डौँकी डायना बान्तवा राईले मिस बेस्ट स्किन अवार्ड प्राप्त गरेका छन् । सिंगापुर इन्टरप्राइजेजले

Read more

नेपाल मगर संघ काठमाण्डौले आयोजना गरेको अधिराज्यव्यापी बाल चित्रकला प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न (फोटो फिचर)!

श्याम राना मगर मगर मिडिया, असोज ११, काठमाण्डौ नेपाल मगर संघ काठमाण्डौ जिल्लाले आयोजना गरेको अधिराज्यव्यापी बाल चित्रकला प्रतियोगिता तथा प्रदर्शनी नेपाल आर्ट काउन्सिल, बबरमहल काठमाण्डौमा सम्पन्न भएको छ । यहि असोज ८ गतेबाट चलेको प्रर्दशनी ९ र १० गते सम्म चलेको थियो । मगर समुदायको भाषा संस्कृतिको उत्थान र जगेर्ना गर्ने अभिप्रायले नेपाल अधिराज्य भरि नै मगर जातिहरुको विषयमा विद्यार्थीहरुले पनि जानकारी लिई सम्पुर्ण भाषा संस्कृतिमा अझ गहन अध्ययन गर्ने र आदिबासी जनजातिबारे पुर्ण रुपमा जानकारी प्राप्त गर्न सकुन भन्ने उद्देश्य स्वरुप नेपालमा मगर भाषा र संस्कृतिको पहिचान विषयक अधिराज्यव्यापी अन्तर विद्यालय वाल चित्रकला प्रतियोगितामा अधिराज्य भरिका ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा आईडियल बोर्डिङ स्कुल बुटवलका कक्षा १० मा अध्ययनरत १४ वर्षीय अंकित गुप्ताले प्रथम

Read more

मगर संघ काठमाडौँद्वारा आयोजित अधिराज्यव्यापी बाल चित्रकला प्रतियोगिता तथा प्रदर्शनी काठमाडौँमा हुँदै !

श्याम राना मगर मगर मिडिया असोज ४, काठमाण्डौ । अधिराज्यव्यापी बाल चित्रकला प्रतियोगिता तथा प्रदर्शनी नेपाल आर्ट काउन्सील, बबरमहल काठमाण्डौमा हुने भएको छ । मगर समुदायको भाषा संस्कृतिको उत्थान र जगेर्ना गर्ने अभिप्रायले नेपाल अधिराज्य भरि नै मगर जातिहरुको विषयमा विद्यार्थीहरुले पनि जानकारी लिई सम्पुर्ण भाषा संस्कृतिमा अझ गहन अध्ययन गर्ने र आदिबासी जनजातिबारे पुर्ण रुपमा जानकारी प्राप्त गर्न सकुन भन्ने उद्देश्य स्वरुप नेपालमा मगर भाषा र संस्कृतिको पहिचान विषयक अधिराज्यव्यापी अन्तर विद्यालय वाल चित्रकला प्रतियोगिता र प्रर्दशनी गर्न लागेको आयोजक नेपाल मगर संघ जिल्ला समिति काठमाण्डौले जानकारी दिएको छ । नेपालमा मगर भाषा र संस्कृतिको पहिचान चित्रकलाको विषय रहको उक्त प्रतियोगितामा १२ वर्ष देखि १६ वर्ष उमेर समुहका विद्यार्थीहरु प्रतियोगितामा सहभागि भएका छन । चित्रकलामा मगर संस्कृतिको झलक र

Read more

उद्यमशील महिला र व्यापार प्रवर्धन मेला २०७३ काठमाडौँको त्रिपुरेश्वरमा सम्पन्न (फोटो फिचर) !

मगर मिडिया, काठमाडौँ ‘स्वदेशी उत्पादन प्रयोग गरौँ, आत्मनिर्भर भई स्वाभिमानी बनौँ’ भन्ने नाराका साथ दुई दिने उद्यमशील महिला, व्यापारिक तथा प्रदर्शनी मेला–२०७३, यहि भाद्र १० गते शुक्रबार सुरु भै शनिबार ११ गते सम्पन्न भएको छ | बिजनेश एन्ड प्रोफेसनल वीमेन सुनाकोठीको आयोजनामा महिला उद्यमीको उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै बिजनेश एन्ड प्रोफेसनल वीमेनका केन्द्रीय अध्यक्ष तथा उद्यमी अम्बिका श्रेष्ठले महिला आफू आर्थिक रुपमा सशक्त नभई परिवारलाई अगाडि बढाउन गाह्रो हुने हुँदा संस्थाले महिला उद्यमशीलताका लागि तालिम तथा व्यवसाय प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्दै आएको बताउनु भएको थियो । कार्यक्रमको उद्घाटन ब्राजिलका राजदुत मारिया तरिसा मस्क्यूटा पिसोआ, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव राधिका अर्याल तथा अध्यक्ष अम्बिका बस्नेतले संयुक्त रुपमा रिबन काटेर गरेका

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)