पहिचानको मुद्धासँग म कुनै पनि सम्झौता गर्दिन : अध्यक्ष जगत बराम (भिडियो अन्तरवार्ता) !

श्याम राना मगर पौष २९, काठमाण्डौँ नेपाल आदीवासी जनजाति महासंघको स्थापना पश्चात आजसम्म आईपुग्दा यसले राज्यको विभिन्न राजनितिक अवस्थामा समेत महत्वपुर्ण भुमिका खेल्ने तहसम्म आफुलाई उभ्याएको छ । तसर्थ यसको नेतृत्वको, कार्यशैली तथा गतिविधिहरुले महत्व राख्दछ र यसको चर्चा पछिल्लो समय ह्वात्तै बढेको छ । यस महासंघले केहि समय अगाडि नवौँ महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व ल्याएको छ । जुन नेतृत्वमा जगत बराम हुनुहुन्छ । नेतृत्वमा जगत आएसँगै सिंगो आदिबासी जनजाति जगतमा अब के हुन्छ त भनेर उहाँसँग मगर मिडियाले छोटो कुराकानी गरेको छ । प्रस्तुत छ नेपाल आदिबासी जनजाति महासंघका नवनिर्वाचित अध्यक्ष जगत बराम सँगको भिडियो अन्र्तवार्ता ।

Read more

मगराँत किन ? (भिडियो रिर्पोट सहित) !

श्याम रानामगर मगर मिडिया, पौष २७, काठमाण्डौ नयाँ संविधान जारी भएपछि मगरात भुमीलाई विभाजन गरि ल्याइएको सिमाङ्कन सहितको संविधान प्रति सिंगो मगर समुदायले असन्तुष्टि व्यक्त गर्दै आएको छ । लामो समय देखि मगरात प्राप्तिको लागि निरन्तर आन्दोलनमा रहदैँ आएको नेपाल मगर संघ र मगर समुदायका विभिन्न संघसंस्थाहरु पछिल्लो समय भने सरकारले संविधान संशोधनको विधेयक ल्याएपछि मगरका मागमुद्धाहरु पुर्णरुपमा संवोधन हुन नसकेपनि मगरात कलस्टरलाई मिलाउने प्रयास केहि हदसम्म भएकोले यसलाई पारित गराउनको लागि मगरात संघर्षका कार्यक्रमहरु गर्दै आएको छ । मगरात के हो ? मगरात किन ? मगरातको सघर्ष कता जाँदै छ ? भनेर मगरातको बारेमा केहि मगर संघसस्थाका नेताहरुको धारणा लिइएको थियो । के भन्नुहुन्छ त मगरातको बारेमा मगर नेता तथा अभियन्ताहरु । भिडियो रिर्पोट सहित ।

Read more

दिल खोलेर थाली नाँच नाच्ने दिल कुमारी (भिडियो अन्तर्वार्ता र थालि नाचको भिडियो सहित) !

श्याम राना मगर मगर मिडिया, पुस २२, काठमाण्डौ नेपाल एक विविध कला संस्कृतिको धनी देश हो । यहाँ थुप्रै कला तथा संस्कृतिहरु रहेका छन् । जसमध्येको एउटा मौलिक नृत्य थाली नाँच पनि एक उत्कृष्ट नमुना हो । धौलागिरी र गण्डकी क्षेत्रका केहि जिल्लाहरुमा नाँचिने यो नाँच विशेष गरेर म्याग्दी जिल्लामा ज्यादै प्रचलित र विकास भएको देख्न सकिन्छ । यस्ता नेपाली कलासंस्कृतिहरु मध्ये कतिको चर्चा परिचर्चा हुन्छ भने कति यस्ता उत्कृष्ट कलासंस्कृतिहरु त्यसै ओझेलमा परेका हुन्छन् । मौलिक र उत्कृष्ट नृत्य हुँदाहुदैँ पनि त्यति चर्चामा नआएको यो थाली नाँचले पछिल्लो समय म्याग्दी हुँदै देश तथा विदेशका विभिन्न ठाँउहरुमा विस्तारै आफुलाई चिनाउँने प्रयास गर्न लागेको छ । यो नाँच कस्तो नाँच हो ? यो नाँचको उत्पत्ति कहिले र कहाँ भयो ? यो

Read more

दुःखद क्षणलाई जीवनको सु:खद क्षणमा रुपान्तरण गर्न सफल गायक खड्क गर्वुजा मगरसँगको भिडियो अन्तर्वार्ता !

पुस १८, काठमाडौं आफ्नो जीवनको सवैभन्दा खुशीको पल आफु भिरबाट खसेर आफ्नो दुवै खुट्टा गुमाउनुपर्दाको क्षण र आफ्नी आमाको मृत्युलाई ठान्नुहुन्छ चर्चित लोक गायक, गीतकार तथा संगीतकार खड्क गर्वुजा मगर । विगत ३ दशक देखि निरन्तर रुपमा नेपाली लोकगीतसंगीतको क्षेत्रमा लागेर यस क्षेत्रमा अतुलनिय योगदान दिईसक्नु भएका साथै अझै पनि यसैमा आफ्नो सम्पुर्ण जीवनलाई समर्पित गर्दै आउनु भएका खड्क गर्वुजा मगर एक गायक मात्र नभएर आम मानिसहरुका लागि एक प्रेरक व्यक्ति पनि हुनुहुन्छ । कुनै समय नेपाल टेलिभिजन र रेडियो नेपालको एक कार्यक्रममा एक जना वरिष्ठ व्यक्तिले नै तपाई स्टेजमा नजानुहोला किनकी व्हीलचेयरमा क्यामेरा लुक्स नराम्रो देखिन्छ भनि अपाङ्गताहरुप्रति देखाएको त्यो असमान सोच र व्यवहारको नमिठो अनुभव पनि छ उहाँसँग । साथै देश तथा थुप्रै विदेशका अनगिन्ती अनुभवहरुबाट भरिनुभएका उहाँ

Read more

अमेरिकामा बस्दै आउनु भएकी चर्चित लोक गायीका संगीता थापा मगरको नेपाल प्रतिको मोह (भिडियो अन्तर्वार्ता सहित)!

मगर मिडिया, काठमाडौँ पछिल्लो समय चर्चाको शिखरमा चढ्दै गर्नुभएका गायिका संगीता थापा मगर हाल अमेरिकामा बसोबास गर्दैँ आउनुभएको छ । उहाँले करिव दुईवर्ष जति अमेरिकामा बसेर नेपाल फर्केको अवसरमा फेरि दुईवटा गीतहरु लिएर आउनुभएको छ । पापी ज्यानै रसायो तुम्बा तानेपछि लगायतका थुप्रै चर्चित गीतहरुका गायिका उहाँले विशेष गरेर स्टेजमा जोडदार रुपमा आफुलाई प्रस्तुत गर्नुहुन्छ । स्टेज कार्यक्रमकै क्रममा थुप्रै देशहरु पुगिसक्नु भएका उहाँ नेपालमा फर्कदा ज्यादै व्यस्त देखिनुहुन्थो । मगर्स क्रियशन कम्पनी प्रा.ली.ले बजारमा ल्याएको म त नेपाली मेरो देश नेपाल भन्ने गीत र आउन लागेको एल्वम दर्शन झोर्लेको गीतको रेकर्डिङ पछि म्युजिक भिडियोको सुटिङमा व्यस्त संगीता थापा मगरसँग मगर मिडियाले म्युजिक भिडियो छायाँङकन भएको स्थलमा नै पुगेर अन्र्तवार्ता लिएको थियो ।

Read more

देशको ईतिहास लेख्ने मगरले आफ्नै ईतिहास लेख्न सकेन: प्रा. डा. बराल (भिडियो अन्तर्वार्ता सहित)!

पोखरा, कार्तिक २२ प्राध्यापक डाक्टर केशरजङ्ग बराल मगरले देशको ईतिहास लेख्ने मगरले आफ्नै ईतिहास लेख्न नसकेको बताउनुभएको छ । मगर मिडिया संगको बिशेष कुराकानीमा प्रा.डा बरालले योगी नरहरी नाथ र उनका गुरु बालुमहाराजले संकलन गरेको डकुमेन्टको आधारमा देशकै ईतिहास लेखिएको तर दुबै मगर भएर पनि मगरकै ईतिहास लेख्न नसकेको बताउनुभयो । मगरको ईतिहास लेखिएको दस्ताबेज दरबारले लुकाएको हुन सक्ने भन्दै उहाले त्यो दस्ताबेज खोजि गर्नुपर्नेमा जोड दिनुभएको छ । हेरौ बराल संगको भिडियो कुराकानी …

Read more

संबिधान, संघियता र गणतन्त्रका लागी हजारौं मगरले वलिदान दिएका छन्: नेता बराल (भिडियो सहित)!

मगर मिडिया डट कम काठमाण्डौ, कार्तिक ७ नेकपा माओबादीका पोलिटब्युरो सदस्य सुदर्शन बरालले नया संबिधान , संघियता र गणतन्त्रका लागी दुई हजार बढी मगरले वलिदान दिएको बताउनुभएको छ । माओबादी केन्द्र निकट जातिय मोर्चा मगर मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष समेत रहनुभएका नेता बरालले २०११ सालमा कामी बुढा , प्रथम सहित लखन थापा र पछिल्लो समयमा हजारौ मगरहरुले अधिकार प्राप्तीका ज्यानकै वलिदान दिएको बताउनुभयो । गुल्मीका पुर्व सांसद समेत रहनुभएका बरालले मगर मिडिया संगको कुराकानीमा अधिकार प्राप्तीका लागी सबै मगरहरु एक हुनुपर्नेमा जोड दिनुभएको छ । प्रस्तुत छ, नेता बराल संग देब पचभैयाले लिनुभएको भिडियो अन्र्तबार्ता…

Read more

जोया र दुई सन्तान नेपाल फर्काउन काबुलबाट आर्थिक सहयोग / जिवनकी आमा भन्छिन् बुहारी , नातिको झल्को लागेको छ (भिडियो सहित)!

मगर मिडिया काठमाण्डौ, असोज ८ भिसा अवधी सकिएको भन्दै फिलिपिन्स फर्काइएकी जोया र उनका दुई सन्तान नेपाल फर्काउन अफगानिस्तानमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । अफगानिस्तान कावुलमा रहनुभएका हिमाल पुलामी मगरको नेतृत्वमा संकलित ३ लाख ५ हजार नेपाली र १२ सय ५० भारु जिवनकी आमा पूर्णमायालाई प्रदान गरिएको हो । काठमाण्डौ , जावलाखेलको एक बेकरिजमा बिशेष कार्यक्रमको आयोजना गरि आफगानिस्तान बाट प्राप्त रकम सरिता पुलामी मगरले नेपाल मगर भूपू सैनिक प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा (पचभैया), जिवनका जेठा बैनीज्वाई बिमल थापाको उपश्थितिमा सो रकम प्रदान गर्नुभयो । सहयोग लिएपछि जिवनकी आमा पूर्णमायाले बित्थामा आरोप लगाएर फिलिपिन्स फकाईएकी बुहारी र दुई सन्तानलाई नेपाल फर्काउन सबैसंग आग्रह गर्नुभयो । नियम कानुनको जानकारी नभएको र पैसाको अभाबमा बुहारी जोयाको भिषा

Read more

अधिकार प्राप्तीका लागी आन्दोलन अझै जरुरी छ: जय पुरी घर्ती (भिडियो सहित) !

मगर मिडिया काठमाण्डौ, असोज १ महिला नेतृ जयपुरी घर्ती मगरले उत्पिडितर उपेक्षित शमुदायहरुले अधिकार प्राप्तीका लागी शसतm आन्दोलन गर्नुपर्नेमा जोड दिनुभएको छ । जाति, भाषा, सस्कृति, क्षेत्र र पछि परेका सबैको अधिकार प्राप्तीका लागी जनयुद्ध मार्फत आवाज उठाएको माओबादी पार्टीनै बिभाजित भएकाले नया संबिधान प्रति धेरैको असन्तुष्टी चुलिएको दाबी गर्नुभयो । मगर मिडियाका लागी देब पचभैया संगको कुराकानीमा माओवादी नेतृ समेत रहनुभएकी घर्तीले सबैको अधिकार सुनिश्चित गर्नका लागी पनि पार्टी बाहिर रहेका किरण, बिप्लबहरुलाई एक ठाउमा ल्याउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । भिडियो अन्र्तबार्ता:

Read more

जोया घटनाको मगर संघले छानविन गर्ने !

यमुना रानामगर मगर मिडिया, काठमाडौँ केही समय देखी भाईरल बनीरहेको फिलिपिनी चेली जोया घटनाको नेपाल मगर संघले छानविन गर्ने भएको छ । घटनाको सत्य तथ्य बुझ्न मगर संघ जिल्ला कमिटी चितवनका पदाधीकारी परिचालित भैरहेको नेपाल मगर संघका अध्यक्ष नविन रोकामगर र महासचिव ज्ञानेन्द्र पन मगरले जानकारी दिनुभयो । साथै प्रेस विज्ञप्ती प्रकासन गर्दै विभिन्न संचार माध्यम र सामाजिक संजालमा भाईरल बनेको जोया प्रकरणको छानविन गरी सत्य तथ्य उजागर गर्ने र दोसी जो भए पनी कानुनी कठघरामा ल्याई हदै सम्मको कारबाही दिलाउन सबैमा अग्रह समेत गरिएको छ । जोयालाई चितवनमा रहेको आदर्स गृह संस्थाले सडकबाट उद्धार गरी संस्था र स्थानिय प्रशासनको सहयोगमा स्वदेश फिर्ता गरिएको थियो । तर समाचार पुर्ण नभएको र अपराधी भनिएका जिवन थापाको बारेमा कुनै पुष्ठ समाचार नआएको

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)