शिरैमाथि शिरफुल गीतका गायकगायिका देव र तारासँगको रमाईलो कुराकानी !

सुनिता लामा माघ २४, काठमाण्डौ पछिल्लो छोटो समयमा नै युट्युवमा यतिवेला निकै चर्चा कमाउन सफल नेपाली गीतहरुमध्ये नेपाली कथानक चलचित्र शिरफुलको शिर्ष गीत भिरैमाथी भिरफुल शिरैमाथी शिरफुल  गीत पनि एक हो । जुन गीतलाई अहिले करिब ३ मिलियनले हेरिसकेका छन् भने जुन गीतले नेपाली मिडियाहरुका काउनडाउन कार्यक्रमहरुमा पनि नम्बर वानमा पर्न सफल भएको छ । सोहि गीतका गायक तथा संगीतकार देवराज आले मगर र गायिका तारा श्रीस मगरसँग कार्यक्रम यात्रा प्रतिभाका लागि सोहि गीतमा केन्द्रित भएर छोटो कुराकानी गरिएको थियो । शिर्षगीतले छोटो समयमा जसरी चर्चा बटुल्न सफल भएको छ त्यसरी नै चलचित्र शिरफुल पनि दर्शकका लागि राम्रो चलचित्र बनेकोले चलचित्रले पनि चर्चा बटुल्ने पुरा विश्वासका साथ निमार्णका सम्पुर्ण कार्य सकेर प्रदर्शनको तयारीमा रहेको कुरा निर्माण स्रोतले जनाएको छ ।

Read more

चलचित्र लेखक, निर्देशक तथा सम्पादक सुमन थापामगरसँगको भिडियो अन्तरबार्ता !

सुनिता लामा माघ ४, काठमाण्डौ विगत लामो समय देखि नेपाली चलचित्रको क्षेत्रमा सम्पादनबाट आफ्नो यात्राको थालनी गरेका सुमन थापामगर, विभिन्न चलचित्र तथा म्युजिक भिडियोहरु २०० भन्दा बढिको संख्यामा सम्मादन गरिसकेका छन् । साथै लामो समय टिभी फिल्मीमा प्रमुख सम्पादकको भुमिका निभाएर काम गरेका उनले अहिले नेपाली चलचित्रको निर्देशन सम्मको यात्रा गरिसकेका छन् । सुमन थापा मगर सम्पादक, लेखक, निर्देशक मात्र नभएर उनिमा राम्रो अभिनय क्षमता र गायकी क्षमता पनि छ । युरोप यात्राको तयारीमा रहेका उनै बहुप्रतिभाशाली सुमनसँग कार्यक्रम यात्रा प्रतिभाको लागि हामीले कुराकानी गरेका थियौँ । चलचित्रको क्षेत्रमा उनको यात्रा साथै प्रदर्शनको लागि तयारी अवस्थामा रहेको उनले निर्देशन, लेखन तथा सम्पादन गरेको नेपाली कथानक चलचित्र पाहुरको विषय लगायत विभिन्न विषयका रहेर गरिएको यो कुराकानी ।

Read more

फुटबल मेरो खुशी अनि जिवन हो (नेपाली महिला फुटवलका कोच भगवती राना मगरसँगको भिडियो अन्र्तवार्ता)

सुनिता लामा पौष १९, काठमाण्डौ फुटबल मेरो खुशी अनि जिवन हो (नेपाली महिला फुटवलका कोच भगवती राना मगरसँगको भिडियो अन्र्तवार्ता) मेरो खुशी हो मेरो जिवन हो भनि बताउने भगवती राना मगर नेपाली महिला फुटवलका कोच हुनुहुन्छ । नेपाली महिला फुटवललाई अगाडि बढाउँदै समग्र महिलाहरुलाई फुटवलको माध्यामबाट शसक्तिकरण गर्दै लैजाने उद्देश्यका साथ आफ्नो जिवनलाई नै फुटवलमा समर्पित गर्दै अगाडि बढ्नु भएकी भगवती सम्वधित निकायहरुबाट महिला फुटवल क्षेत्रमा त्यति ध्यान दिन नसकेको अवस्थामा पनि उहाँ आफै गाउँगाउँमा पुगेर महिला फुटवलका लागि सम्भावित खेलाडिहरुलाई खोजेर प्रशिक्षित गर्दै नेपाली महिला फुटवललाई अगाडि बढाउँन दिलो ज्यानले लागिरहनु भएको छ । भगवती सवै नेपाली युवाहरुलाई राष्ट्रको लागि मैले के दिन सक्छु भनेर एकपल्ट आफुले आफैलाई प्रश्न गर्नुपर्ने बताउनुहुन्छ । भगवती आफ्नो इच्छाको क्षेत्र फुटवलबाट राष्ट्रको नामबाट खेल्न पाउँदा सवैभन्दा

Read more

नेपाली सांगीतिक क्षेत्रका तारा, तारा श्रीस मगर (भिडियो अन्तरवार्ता ) !

निशा थापा मगर पौष ९, काठमाण्डौ तारा श्रीस मगर नेपाली सांगितिक क्षेत्रमा करिब पाँच सय गीतहरुमा आफ्नो स्वर भरेकी चर्चित गायिका हुन् । उनले आफ्नै मातृभाषा मगर गीत, गुरु∙ भाषा, सालैज्यो, कौराहा, लोकदोहोरी, मगर चलचित्र, आधुनिक र पपजस्ता सवै विद्याका गीतहरुमा स्वर दिएकी छिन् । नेपाली कथानक चलचित्र शिरफुलको टाइटल गीत शिरैमाथि शिरफुल र   गुरुङ  भाषामा रहेको न्याग्लो गीतमार्फत पछिल्लो समय सर्वाधिक चर्चामा रहेकी तारा हाल साँगीतिक कार्यक्रमको लागि जापानमा रहेकी छिन् । उनै तारासँग कार्यक्रम यात्रा प्रतिभाको लागि साथि सुनिता मोक्तानले छोटो कुराकानी गरेकी छिन । उक्त कुराकानी हेर्नको लागि तलको लिंकमा जानुहोला । साथै कुराकानीलाई लाइक, कमेन्ट तथा शेयर गरि प्रतिक्रिया दिनुहोला ।

Read more

नृत्यमा नै लागेर आफ्नो नाम, दाम र काम कमाउँछु, (भिडियो अन्तरवार्ता ) !

निशा थापा मगर पौष ९, काठमाण्डौ । नृत्यमा नै लागेर आफ्नो नाम, दाम र काम कमाउँछु भन्ने विष्णु मगर यतिबेला सांगीतिक कार्र्यक्रमको लागि जापानमा छिन् । लेट मी डान्सको उपाधी विजेता विष्णु नृत्यलाई छोड्न नसक्ने हुदाँ आफु यहि क्षेत्रबाट नै अगाडि बढ्ने बताउँछिन् । बास्केटबल जुनियर राष्ट्रिय टिमका समेत खेलाडि रहेका विष्णुलाई सामाजिक कार्यमा लाग्न समेत उत्तिकै मन पर्छ । उनै प्रतिभाशाली विष्णुसँग कार्यक्रम यात्रा प्रतिभाको लागि साथि सुनिता मोक्तानले जापान जानुभन्दा अगाडि कुराकानी गरेकी छिन् । उक्त कुराकानी हेर्नको लागि तलको लिंकमा जानुहोला । साथै कुराकानीलाई लाइक, कमेन्ट तथा शेयर गरि प्रतिक्रिया दिनुहोला ।

Read more

क्यानाडामा ब्यबसायबाट स्थापित हुदै नेपाली रश्मी !

निसा थापा मगर पुष ४, काठमाण्डौँ दैनिक रुपमा सयौँ नेपाली युवाहरु विदेशीने कुरा त सबैलाई अबगत नै छ । रोजगारी तथा अध्ययनको शिलशिलामा विभिन्न मुलुकमा पुग्ने नेपालीहरुका विभिन्न दुःखका समाचारहरु सञ्चार माध्यममा आइरहन्छन् । त कतिपय युवाहरु भने विदेशको सेवासुविधा देखेर नेपाल नर्फकेर विदेशमै स्थापित भएका उदाहरणहरु पनि छन् । विदेशमा नै विभिन्न व्यापार व्यवसाय सञ्चालन गरेर पनि अगाडि बढिरहेका कतिपय नेपालीहरु पनि छन् । यीनै मध्ये बिगत ९ वर्ष देखि क्यानाडामा आफ्नो सफल व्यवसाय सञ्चालन गरेर बस्नुभएकी एक नेपाली महिला हुन् रश्मी थापा मगर । व्यवसाय सँगै क्यानडाका विभिन्न नेपाली संघसंस्थाहरुमा काम गर्दै आउनु भएकी रश्मी नेपाल आएको बेला पर्यटन र व्यवसाय कार्यक्रमका लागि उनीसँग कुराकानी गरिएको थियो । केहि वर्षपछि नेपालमा नै फर्केर व्यावसाय सञ्चालन गर्ने सोच बनाउनु

Read more

सागर आले मगरले पहिलो अन्तवार्तामा आफ्नो सम्पुर्ण रहस्य यसरी खोले (सागरको पहिलो भिडियो अन्तवार्ता) !

श्याम राना मगर २६ भदौ काठमाण्डौ नेपाल आइडलको प्रतिष्पर्धाबाट टप फोरबाट बाहिरीएसँगै सागर आलेमगर अहिले आफ्ना समर्थकहरुलाई भेट्नमा व्यस्त छन् । साथै उनका लागि थुप्रै नयाँ कामहरुको प्रस्तावहरु आईरहेको छ । उनी बाहिरेसँगै उनको व्यस्तता ह्वात्तै बढेको छ । सागर आलेमगर बाहिरिए सँगै उनीसँग सवैभन्दा पहिलो अन्तर्वाता हामीले लिएका थियौ । सागर आफु बाहिरीए सँगैको आफ्नो अनुभुति, अहिले सम्मको यात्रा संघर्ष, अबको योजना, उनका पारिवारिक अवस्थाहरु लगायतका विविध विषयमा गहन तथा रमाईला कुराकानी गरेका छौ। सागर आलेमगरको नेपाल आइडलबाट बाहिरिए सँगै दिएको पहिलो अन्र्तवार्तामा अन्तरबार्ता उनका समर्थकहरुलाई के भनेका छन् त सुन्नको लागि तलको भिडियोमा क्लिक गर्नुहोस्:

Read more

नेपाली युवाहरु विदेशिदै गर्दा, अमेरिकी युवाहरु भने नेपाली कृषि फार्ममा आई काम गर्छन (भिडियो अन्तरबार्ता) !

श्याम रानामगर फाल्गुन २८, काठमाण्डौ नेपाली युवाहरु हजारौँको संख्यामा दिनानुदिन विदेशिराखेको यो अवस्थामा नेपालकै त्यहि युवाहरु मध्येकै एक युवा भने आफ्नो अमेरिकाको भिसालाई भित्तामा टाँगेर नेपालमा नै व्यावसाय सञ्चालन गर्दै उल्टो अमेरिकी युवाहरुलाई आफ्नो व्यवसायमा काम लगाएको देख्दा अनि सुन्दा अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । काठमाण्डौको कपनमा ओरिजिनल अर्गानिक फार्म प्रा.लि. खोलि कृषि पर्यटन नमुना फार्मको रुपमा आफ्नो फार्मलाई स्थापित गर्दै अन्य युवाहरुलाई समेत रोजगारीको सिर्जना गरेका छन् । साथै बेलाबेलामा विभिन्न देशका युवाहरु आएर उनको फार्ममा काम गर्ने गर्दछन् । उनी भने आफ्नो व्यवसायको काम सँगै थुप्रै पर्यटन सम्बन्धी संघसंस्थाहरुमा समेत जिम्मेवारी पदमा रहेर भुमिका खेल्दै आएका छन् । उनै युवा व्यवसायी पेम्बा शेर्पा (संगम)सँग पर्यटन र व्यवसाय कार्यक्रमका लागि उनकै फार्ममा पुगेर हामीले कुराकानी गरेका

Read more

मेघनाको यात्रा प्रतिभाको !

माघ २२, काठमाडौँ प्रत्येक व्यक्तिमा केहि न केहि क्षमता या प्रतिभाहरु रहेका हुन्छन । कतिले आफ्ना प्रतिभालाई बेलैमा चिन्छन र त्यसैबाट सफलता पाउँछन् त कति कस्तुरी जस्तै आफ्नो सुगन्ध खोज्दै भौतारिदै जिवन काट्न बाध्य हुन्छन् । हुन त कति प्रतिभा प्रस्फुटन हुनको लागि त्यहि सुहाउँदो वातावरण पनि चाहिन्छ भनिन्छ । कति प्रतिभालाई उजागर गर्नको लागि अरुको साथ सहयोग पनि चाहिन्छ भनिन्छ । तर यस्ता उपयुक्त वातावरण अनि उपयुक्त साथ सहयोग भन्ने कुरा विरलैले मात्र पाउँछन् । जसले आफ्नो प्रतिभालाई बेलैमा चिन्छ अनि प्रतिकुल वातावरणलाई पनि अनुकुल बनाउँदै अगाडि बढ्छ उसले अवश्य पनि एक दिन ढिलोचाँडो सफलता हात पार्छ । परिवारको साथ विना, एक्लै, यस्तै यस्तै प्रतिकुलताको बाबजुदपनि आफ्नो रुचि र क्षमताको क्षेत्रलाई लिएर अगाडि बढ्दै गरेकी मेघना रजाली मगरसँग यात्रा

Read more

मौलिक लोक सस्कृतिमै रमाउन चाहान्छु: लोक गायक खपतरी (भिडियो अन्तर्वार्ता हित) !

देव पचभैया पाल्पा, फागुन १९ चार बर्ष अघि हेर्ने हुन्न मैले नामक लोकदोहोरी गित निकालेर सागितिक क्षेत्रमा होमिनुभएका प्रसाद खप्तरीमगर अहिले चल्तीका गायक बन्नुभएको छ । पुराना मौलिक लोकगितलाई शब्द र लयमा उतार्न खप्पिस खप्तरीको पछिल्लो “खुर्पेटोमा आसी” नामक लोकदोहोरी अहिले खुव चर्कामा छ । गुल्मी लिम्घा ६ काफलडाडा निवासी २८ बर्षिय प्रसादको नौ वटा लोकदोहोरी गित बजारमा आएको छ । आफैनै आमाको स्वरमा साथ लिएर जुनलाई नगने नामक सालैजो गित गाएर थप चर्का पाउनुभएका खप्तरीका यस अघि शिरफुल, शंका, लजाउने माया, फुलबुट्टे साडी, भार्सेली मौलिक लोकगिति संग्रह, दर्शन लगाएतका गित बजारमा आएका छन् । गुल्मीको तम्घास बाट सिएम् ए पास भएपछि क्याम्पस पढ्न पाल्पा होमिएको तर दोहोरी साझमा गित गाउने जागिर पाएपछि पोखरा पुग्नुभएका उहा एक बर्ष अघि देखि

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)