जलजला लाई “मगर लाफा“ ग्रुपको सहयोग !

पदम थापा मगर माघ २५, काठमाण्डौ नेपाली तारा सिजन —३ का प्रतियोगी जलजला परियारको उपचारको लागि “मगर लाफा“ ग्रुपले जलजलाको बुबा नारायण बहादुर दर्जीलाई रु. ३०,१४६ (तीस हजार एक सय छयालीस रुपैयाँ) प्रदान गरेको छ । जलजलाको यतिबेला दुबै मृगौलाले सक्रिय रुपमा काम नगरी जिवन र मरणको दोसाँधमा रहेर विगत १९ दिन अगाडि बाट काठमाण्डौको महाराजगन्ज स्थित टिचिङ हस्पिटलको मेट्रो मेडिसिन वार्ड ३०६ (क्याविन) मा उपचार गराईरहेकी छिन । २१ वर्षको कलिलो उमेरमै मृगौलामा समस्या आएपछि छोरीलाई बचाउन आफुहरुकै एउटा मृगौला दिन समेत तयार रहेका जलजलाका बाबाआमाले घरको आर्थिक स्थिति कमजोर भएको कारण देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई, दिदिबहिनी, शुभचिन्तक तथा संगीतप्रेमी मनहरुलाई सहयोग गरिदिनु हुन अपिल गरेको छ । यदि यहाँहरु जो कोहीले जलजलालाई बचाउनु पर्छ जस्तो

Read more

पोखरामा पाठेघरको क्यान्सर सम्बन्धी शिविर

मगर मिडिया पोखरा, २१ माघ लायन्स क्लब अफ पोखरा चौतारीको आयोजनामा पाठेघरको क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखराको पृथ्वीचोकमा आयोजित शिविरमा १ सय १७ जना महिलाले परीक्षण गराएका थिए । पाठेघरमा समस्या देखिएका महिलालाई निःशुल्क औषधी वितरण गरिएको क्लबले जनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पास्ट डिष्ट्रिक्ट गभर्नर ध्रुवबहादुर थापाले स्वास्थ्यप्रति सचेत बनेर विभिन्न समयमा महिलाहरुले स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिए । महिला स्वास्थ्यलाई ख्याल गरेर शिविर आयोजना गरिनु राम्रो काम भएको उनले बताए । डिष्ट्रिक्टका सिनियर एडभाइजर राम बसेलले लायन्स क्लब अफ पोखरा चौतारीले सामाजिक क्षेत्रमा पु¥याएको योगदान स्मरणीय रहेको बताउँदै थप रचनात्मक काम गर्न सुझाव दिए । डा. ढाकाकुमार श्रेष्ठको संयोजकत्वमा कार्यक्रम भएको हो ।

Read more

तुल बहादुर पुन भिसि फाउन्डेसनद्वारा अग्नि पिडित तथा क्यान्सर पिडितलाई सहयोग !

पोखरा, माघ १८ म्याग्दी रघुगंगा गाउँ पालिका तिप्ल्याङ्गमा आगलागीबाट आफ्नो घर लगायत सबै गुमाएका दुइ परिवारहरु (बेग बहादुर पुर्जा र राज कुमारी पुनको परिवार) लाई “तुल बहादुर पुन भि सि फाउन्डेसन” ले आर्थिक सहयोग गरेको छ । घर बनाउनको लागि बेग बहादुर पुर्जाको परिवारलाई रु.७०,०००/- (सत्तरी हजार) र राज कुमारी पुनको परिवारलाई रु. ३०,०००/- (तीस हजार) सहयोग गरिएको हो । फाउन्डेसनकी संस्थापक/संयोजक मेगन तिलिजाले दिनु भएको जानकारी अनुसार फाउन्डेसन द्वारा हरेक बर्ष यस्तै पिडितहरु, असहायहरु र विभिन्न सामाजिक कामहरुको लागि भिक्टोरिया क्रस बिजेता तुल बहादुर पुनको सम्झनामा फाउन्डेसन मार्फत सहयोग गरिदै आएको छ । त्यस्तै, अर्का क्यान्सर पिडित म्याग्दी रघुगंगा गाउँ पालिका बागबथानका ओम माया तिलिजालाई पनि स्वास्थ्य उपचारको लागि रु. १६,०००/- (सोह्र हजार मात्र) आर्थिक सहयोग गरिएको छ ।

Read more

समाजसेवी गुरुङद्वारा श्रीमानको नाममा विद्यालयमा अक्षयकोष स्थापना !

रुद्र श्रीसमगर पोखरा, १५ माघ समाजसेवी सावित्री गुरुङले आफ्नो दिवंगत श्रीमानको नाममा पर्वतको एक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । पर्वतको मोदी गाउँपालिका–५ (साबिकको बाजुङ–६)स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बाल शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले समाजसेवी गुरुङले ५५ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । समाजसेवी गुरुङले सरस्वती पूजाका अवसरमा आफ्नो दिवंगत श्रीमान् स्वर्गीय नरबहादुर गुरुङको स्मृतिमा सो अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयमा स्थापना गरिएको सरस्वती मन्दिरको निर्माण मिलन ट्रष्ट–२०७४ का संरक्षक समाजसेवी सावित्री गुरुङ र उहाँकै छोरा मिलन फाउण्डेशन नेपालका संरक्षक समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले गर्नुभएको हो । अक्षयकोष स्थापना घोषणा कार्यक्रममा भएको चियापान खर्च स्वरुप उहाँले पाँच हजार रुपैयाँ समेत सहयोग बापत विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा बोल्दै समाजसेवी गुरुङले बालबालिकाको शिक्षा सुधार्नका लागि थोरै भएपनि सहयोग

Read more

किड्नी पिडित तिल कुमारी मगरको उपचारको लागि जुटेको रकम हस्तान्तरण साथै सहयोगको लागि अपिल !

मगर मिडिया काठमाण्डौँ, पुष २८ साबिक धनकुटा जिल्ला मुढेबास(१, हाल चौबिसे गाउपालिका वडा नं २, मुढेबास निवासी तिल कुमारी मगर बिगत केही समयदेखि दुवै मृगौलाले काम गर्न छोडे पछि मृगौला अस्पताल बनस्थलिमा उपचार गरिरहेको छ । उहाँको श्रीमानको उपचारको क्रममा अकालमै मृत्यु भएपछि कलकलाउदो उमेरमा नै विधुवा हुन पुग्यो । श्रीमानको उपचारमा भारी ऋण लागे पछि उहाँ रोजगारीको लागि मलेसिया जानू भएको थियो तर कम्पनी नराम्रो परेपछि ऋण तिर्न नसकी स्वदेश फर्किनु भएको थियो । तनहँु जिल्ला घर भै हाल कतारमा कर्मथलो गरिरहनुहुने सामाजसेवा तथा मनकारी केश गुर्मछाने मगर ज्युले रु.१०,५००र पुर्विय चौबिसे सेवा समाजको तर्फबाट रु.६,०००  गरि जम्मा रु.१६५०० रकम नेपाल मगर सांस्कृतिक संघ केन्द्रका अध्यक्ष कविराज मगर, मगर महिला संघका अध्यक्ष बिनिता आले मगर, आर.आर क्यामपसका लेक्चर लिलाराम

Read more

लायन्स क्लब माछापुच्छे द्वारा शैक्षिक सामाग्री सहयोग !

मगर मिडिया पोखरा, १२ पुष लायन्स क्बल अफ पोखरा माछापुच्छेले विद्यालयमा शैक्षिक एवं खेलकुदका सामाग्री वितरण गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ स्थित जन्मभुमी आधारभुत बिद्यालय बाम्दी चापाकोटका ३५ जना बिपन्न तथा दलित विधार्थी लाई स्कुल डे«स सर्ट पाईन्ट, झोला, स्वीटर, कापीकलम वितरण गरेको क्लबका पुर्व अध्यक्ष एवं कार्यक्रम संयोजक तोरण कुवंरले जानकारी दिनुभयो । क्लबले विद्यालयलाई भलिबल र फुटबल समेत गरी ७० हजार मुल्य बराबरको शैक्षिक र खेलकुद समाग्री सहयोग गरेको बताउनुभयो । ९२ बर्षिय लिल बहादुर परियार प्रमुख अतिथि रहनुभएको कार्यक्रममा परियारले विपन्न र दलितका छोराछोरी लाई गरेको सहयोगको प्रंससा गर्नुभयो । अर्काको दुख देख्नेहरुको सधै भलो हुने बताउनुभयो । उहाँले आफुहरुले पढन नपाएर पछि परे पनि अबका नातिनातिनाले भने पढेर केही गर्छन भन्ने आसा

Read more

“फ्रेन्डस् फन रिलोडेड”को रक्तदान कार्यक्रमबाट २२ युनिट रगत संकलन !

सुशान्त गाहा मगर पोखरा २ पुष फेसबुक गु्रप “फ्रेन्डस् फन रिलोडेड” ले आयोजना गरेको रक्तदान कार्यक्रमबाट २२ युनिट रगत संकलन भएको छ । “नेपाली मन, नेपाली पन” भन्ने नारा सहित सामाजिक सञ्जालमा सक्रिय रहदै आएको फेसबुक ग्रुप फ्रेन्डस् फन रिलोडेडद्धारा पोखराको महेन्द्रपुल स्थित रहेको ओरेन्ज मार्केटमा शनिबार सम्पन्न गरेको रक्तदान कार्यक्रमबाट २२ युनिट रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाईटी कास्कीका प्रतिनिधीले ओरेन्ज मार्केटका संञ्चालक तथा सो रक्तदान कार्यक्रमका सभापति समेत रहेका बिनोद गुरुङलाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । सोही अबसरमा बोल्दै गुरुङले कुनै ब्यक्तिलाई नया जिबन दिन उक्त रक्तदान कार्यक्रमबाट संकलित रक्तले महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्दै सो रक्तदान कार्यक्रमको प्रशंसा गरे । साथै गुरुङले आगामी दिनमा यस्तै खालका सामाजिक कार्य गरी समाज रुपान्तरण

Read more

को हुन त जुनु पुन ? जसले ३७ जना अनाथ बालबालिकाको संरक्षण गर्दै आएकी छिन ।

पदम थापा मगर मंसिर- १०, पोखरा भनिन्छ “हुने विरुवाको चिल्लो पात, नहुने विरुवाको फुस्रो पात” यो भनाई संग ठ्याक्कै मेल खाने जुनु पुनको बाल्यकालको जिन्दगीलाई नजिकबाट नियाल्नेहरुले सोझै अड्कल लगाउन सकिन्थ्यो कि जुनु पुन भविष्यको एउटा समाजसेवी व्यक्तित्व हो । नभन्दै आज उनी भुकम्प र द्वन्द्वकालमा आफ्नो अभिभावक गुमाएर बेसहारा बनेका ती ३७ जना अनाथ बालबालिकाको “आमा” भएर आज उनिहरुको भविष्यको लागि संघर्ष गरिरहेकी छिन । जुनु पुनको जन्म बाग्लुङ जिल्लाको सुखौरा भन्ने ठाउँमा बाबा प्रेम बहादुर पुन र आमा दिल कुमारी पुनको दुई बहिनी छोरी मध्ये जेठी सुपुत्रीको रुपमा भएको थियो । महिला भए पनि म पुरुष भए हुन्थ्यो राम्रो कामको लागि अझै धेरै जोखिम मोल्दै चुनौतीहरुसंग सामना गर्न पाए हुन्थ्यो भन्ने भावना राख्ने उनी सानै देखि नृत्य गर्न,

Read more

मृगौला पीडितको उपचारार्थ आर्थिक सहयोग !

मगर मिडिया संवाददाता मंसिर ३ गते बेसीशहर, लमजुङ एकाह पुजाको अवसरमा मृगौला पीडितलाई उपचारको लागि रकम सहयोग गरिएको छ । बेसीशहर नगारपालिका वडा नं. ६, चनौटे निवासी २२ वर्षीय विकास आलेलाई पुजाको अवसरमा राहत स्वरुप रकम हस्तान्तरण गरिएको हो । नेपाल पत्रकार महासंघ लमजुङ शाखाका उपाध्यक्ष कृष्ण आलेको घरमा स्वर्गीय बुबा दलबहादुर आलेको स्मृतिमा भएको एकाह पुजामा मृगौला पीडितका परिवारलाई ६६ हजार ७ सय ७५ रुपैयाँ हस्तान्तण गरिएको थियो । पत्रकार आलेका माता चन्द्रकुमारी आलेले स्वर्गीय पति दलबहादुर आलेको सम्झनामा एकाह पुजाको आयोजना गर्नुभएको थियो । सो रकमलाई जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डे, बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल सोही वडाका अध्यक्ष भोजवहादुर रिमालले संयुक्त रुपमा मृगौला पीडितकी श्रीमती रोजिना आलेलाई रकम हस्तान्तरण गरिएको थियो । पत्रकार आलेकी श्रीमती

Read more

भीमसेनले गरेको १ करोडको जग्गादान

मगर मिडिया पोखरा, ३ मंसिर पोखरा १४ चाउथे निवासी भीमसेन तिमिल्सिनाले १ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गादान गरेका छन् । दृष्टिबिहीन भई अपाङ्गता भएका तथा अनाथ दृष्टि बिहीनहरुका लागि उनले जग्गा सहयोग गरेका हुन् । पोखरा बिजयपुरमा रहेको ५ आना २ पैसा क्षेत्रफलको जग्गाशनिबार नेत्रहिन संघ कास्कीलाई हस्तान्तरण गरेकाहुन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दोस्रो क्याबिनेट मिटिङका अवसरमा उनले दृष्टिबिहीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले जग्गा सहयोग गरेका हुन् । तिमिल्सिनाले धर्मपत्नी बन्दना र छोरा बिराटको साथमा जग्गादान गरेका हुन् । असाहाय बालबालिकाहरुको शिक्षादिक्षा तथा उनीहरुलाई आत्मनिर्भर बनाउन जग्गादान गरेको तिमिल्सिनाले बताए । ‘जग्गादान गर्न पाउँदा निकै खुसी लागेको छ,’ उनले भने । दृष्टिबिहीन बालबालिकाहरु तालिम लिदा तथा कुनै सिप सिक्दा भुईमा बसेको देखेर आफूहरु प्रभावित

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)