आदिबासी जनजातिहरुको आधारभुत मानव अधिकारको पनि हनन भएको छ यो देशमा: बालकृष्ण मावुहाङ, पुर्व महासचिव, नेपाल आदिबासी जनजाति महासंघ (भिडियो अन्तर्वार्ता)!

मगर मिडिया चैत्र, २२ नेपालका आदिबासी जनजातिहरुलाई शसक्तिकरणको लागि के गर्नुपर्छ ? आदिबासी जनजाति युवाहरुको वर्तमान भुमिका कस्तो हुन्छ ? साथै आदिबासी जनजातिहरुहरुलाई शसक्तिकरण गर्नको लागि सञ्चार माध्यामले कसरी भुमिका खेल्ने जस्ता विविध आदिबासी जनजातिका सवालहरुमा नेपाल आदिबासी जनजाति महासंघका पुर्व महासचिव तथा त्रि.वि.का प्राध्यापक बालकृष्ण मावुहाङको यो विश्लेषणात्मक विचार सहितको यो भिडियो सामाग्री ।

Read more

नेपाली समाजले के लाई शुन्दर भन्छ ? (विश्वभक्त दुलाल ‘आहुति’ सँगको भिडियो कुराकानी) !

श्याम रानामगर चैत्र १४, काठमाण्डौ नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा बहुसाँस्कृतिक समाज रहेको देश हो । यो समाजमा भएका विविधताले एक अर्कालाई प्रभावित पार्दै विकसित हुदैँ आएको छ । साँच्चिकै यी सवैखालका विविधताले यो राज्यमा, यो समाजमा स्थान पायो कि पाएन ? कस्तो खालको स्थान पायो ? त्यो भने अहिलेको चर्को बहसको विषय बनेको छ । विभिन्न कालखण्डमा यी विविधतारुपी नेपाली समाजमा विभिन्न खाले दृष्टिकोणहरुको निर्माण हुदैँ गए । तिनै मध्ये नेपाली समाजमा शौन्दर्र्यता प्रतिको दृष्टिकोण कस्तो रहेको छ । यस्ता दृष्टिकोणको निर्माण र विकास कसरी हुदैँ गए र यसका प्रभावहरु कस्तो रहको छ त ? नेपाली समाजका विश्लेषक, प्रखर बक्ता, लेखक, साहित्यकार, दलित अधिकार अभियन्ता तथा कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि लाग्दै आउनु भएका नेकपा माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल

Read more

विदेशमा बस्ने नेपालीको बारेमा राज्यले ध्यान दिएन: नेता सुर्यबशी !

देब पचभैया पाल्पा, चैत्र १३ राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब केशव सुर्यबंशीले बिदेशमा पुगेका नेपालीका बारेमा राज्यले बेवास्ता गरेको बताउनुभएको छ । विभिन्न कारणले बिदेश पस्न बाध्य नेपालीका हक अधिकार र उनीहरुको समस्या समाधानका लागी सरकारले कुनै वास्ता नगरेपछि राष्ट्रिय जनमुक्ति पार्टीले अन्र्तराष्ट्रिय जनमुक्ति सम्मेलनको आयोजना गरी यस बिषयमा गंभिर छलफल गरेको जानकारी दिनुभयो । मगर मिडिया संगको कुराकानीमा जनमुक्ति पार्टीका महासचिब सुर्यबंशीले देश बिदेशमा रहेका पहिचानवादीहरु एक भएर अघि बढे मात्रै सबैको अधिकार सुनिश्चित हुने दावी गर्नुभयो । हेरौ भिडियो अन्र्तवार्ता:

Read more

नेपाली युवाहरु विदेशिदै गर्दा, अमेरिकी युवाहरु भने नेपाली कृषि फार्ममा आई काम गर्छन (भिडियो अन्तरबार्ता) !

श्याम रानामगर फाल्गुन २८, काठमाण्डौ नेपाली युवाहरु हजारौँको संख्यामा दिनानुदिन विदेशिराखेको यो अवस्थामा नेपालकै त्यहि युवाहरु मध्येकै एक युवा भने आफ्नो अमेरिकाको भिसालाई भित्तामा टाँगेर नेपालमा नै व्यावसाय सञ्चालन गर्दै उल्टो अमेरिकी युवाहरुलाई आफ्नो व्यवसायमा काम लगाएको देख्दा अनि सुन्दा अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । काठमाण्डौको कपनमा ओरिजिनल अर्गानिक फार्म प्रा.लि. खोलि कृषि पर्यटन नमुना फार्मको रुपमा आफ्नो फार्मलाई स्थापित गर्दै अन्य युवाहरुलाई समेत रोजगारीको सिर्जना गरेका छन् । साथै बेलाबेलामा विभिन्न देशका युवाहरु आएर उनको फार्ममा काम गर्ने गर्दछन् । उनी भने आफ्नो व्यवसायको काम सँगै थुप्रै पर्यटन सम्बन्धी संघसंस्थाहरुमा समेत जिम्मेवारी पदमा रहेर भुमिका खेल्दै आएका छन् । उनै युवा व्यवसायी पेम्बा शेर्पा (संगम)सँग पर्यटन र व्यवसाय कार्यक्रमका लागि उनकै फार्ममा पुगेर हामीले कुराकानी गरेका

Read more

मेघनाको यात्रा प्रतिभाको !

माघ २२, काठमाडौँ प्रत्येक व्यक्तिमा केहि न केहि क्षमता या प्रतिभाहरु रहेका हुन्छन । कतिले आफ्ना प्रतिभालाई बेलैमा चिन्छन र त्यसैबाट सफलता पाउँछन् त कति कस्तुरी जस्तै आफ्नो सुगन्ध खोज्दै भौतारिदै जिवन काट्न बाध्य हुन्छन् । हुन त कति प्रतिभा प्रस्फुटन हुनको लागि त्यहि सुहाउँदो वातावरण पनि चाहिन्छ भनिन्छ । कति प्रतिभालाई उजागर गर्नको लागि अरुको साथ सहयोग पनि चाहिन्छ भनिन्छ । तर यस्ता उपयुक्त वातावरण अनि उपयुक्त साथ सहयोग भन्ने कुरा विरलैले मात्र पाउँछन् । जसले आफ्नो प्रतिभालाई बेलैमा चिन्छ अनि प्रतिकुल वातावरणलाई पनि अनुकुल बनाउँदै अगाडि बढ्छ उसले अवश्य पनि एक दिन ढिलोचाँडो सफलता हात पार्छ । परिवारको साथ विना, एक्लै, यस्तै यस्तै प्रतिकुलताको बाबजुदपनि आफ्नो रुचि र क्षमताको क्षेत्रलाई लिएर अगाडि बढ्दै गरेकी मेघना रजाली मगरसँग यात्रा

Read more

मौलिक लोक सस्कृतिमै रमाउन चाहान्छु: लोक गायक खपतरी (भिडियो अन्तर्वार्ता हित) !

देव पचभैया पाल्पा, फागुन १९ चार बर्ष अघि हेर्ने हुन्न मैले नामक लोकदोहोरी गित निकालेर सागितिक क्षेत्रमा होमिनुभएका प्रसाद खप्तरीमगर अहिले चल्तीका गायक बन्नुभएको छ । पुराना मौलिक लोकगितलाई शब्द र लयमा उतार्न खप्पिस खप्तरीको पछिल्लो “खुर्पेटोमा आसी” नामक लोकदोहोरी अहिले खुव चर्कामा छ । गुल्मी लिम्घा ६ काफलडाडा निवासी २८ बर्षिय प्रसादको नौ वटा लोकदोहोरी गित बजारमा आएको छ । आफैनै आमाको स्वरमा साथ लिएर जुनलाई नगने नामक सालैजो गित गाएर थप चर्का पाउनुभएका खप्तरीका यस अघि शिरफुल, शंका, लजाउने माया, फुलबुट्टे साडी, भार्सेली मौलिक लोकगिति संग्रह, दर्शन लगाएतका गित बजारमा आएका छन् । गुल्मीको तम्घास बाट सिएम् ए पास भएपछि क्याम्पस पढ्न पाल्पा होमिएको तर दोहोरी साझमा गित गाउने जागिर पाएपछि पोखरा पुग्नुभएका उहा एक बर्ष अघि देखि

Read more

राजकुमार लेखिले सम्झिए आफ्नो कार्यकाललाई यसरी (भिडियो अन्तर्वार्ता)!

श्याम रानामगर फागुन १३, काठमाण्डौ नेपाल आदिबासी जनजाति महासंघको स्थापना किन र यसको स्थापना पश्चात यहाँसम्म आईपुग्दा यसका उपलब्धीहरु के के भए त? आजको दिनमा महासंघको भुमिका के कस्तो हुन्छ ? साथै आफुले नेपाल आदिबासी जनजाति महासंघको नेतृत्व सम्हाल्दै गर्दा गरेका प्रतिवद्धताहरुको औचित्य लगायतका विविध विषयवस्तुहरुमा रहेर मगर मिडियाले नेपाल आदिबासी जनजाति महासंघका पुर्व केन्द्रिय अध्यक्ष राजकुमार लेखि थारुसँग कुराकानी गरेको छ । प्रस्तुत छ उहाँसँगको यो भिडियो अन्र्तवार्ता ।

Read more

तमु प्ये ल्हु संघका संरक्षक युद्धजङ संग मगर मिडिया संवाददाता कृष्ण सारू मगरले गरेको कुराकानी !

कृष्ण सारू मगर दोहा-कतार, ७ फेब्रुअरी स्थाई घर लम्जुङ्ग जिल्लाको, बाग्लुङपानी ५ नजरे गाउँमा १७ असोज २०३२ जन्म भै रोजगारीको सिलसिलामा कतारको दोहामा झण्डै २ दशक कर्मथलो बनाउँदै आएका युद्धजंग प्हच्यु तमु (दुर्गा) ले तमु प्ये ल्हु संघलाई २०१४ मा स्थापित विशुद्ध जातीय संगठका संरक्षक रहेका बाबा जित ब. तथा आमा कृष्ण कुमारी क्रोम्छ्ये गुरुङकि जेठा छोरा हुन् । १) मगर मिडिया: तमु प्ये ल्हु संघले तमु प्येताँ ल्हुताँलाई संरक्षण–प्रवर्द्धनमा लाग्नुको कारण ? युद्धजङ: वास्तवमा कुनै पनि संघ-सँस्था स्थापना हुनुको पछाडी अवश्य पनि त्यसको उद्धेश्य हुन्छ । अर्थात, समाजको हक, हित, अधिकार, उन्नति, चेतना, विकास र समाजिक सेवाभावको लक्ष लिएर स्थापना अर्थात जन्म हुन्छ । त्यसैगरि तमु प्ये ल्हु संघ पनि तमु जातिको हक, हित, अधिकार लगायत समृद्ध समाज निर्माण

Read more

यहि अवस्था रहे नेपालका अधिकांश मातृभाषाहरु छिट्टै हराएर जानेछन्: मातृभाषी अभियन्ता अमृत योञ्जन तामाङ !

श्याम रानामगर, मगर मिडिया माघ १९, काठमाडौं नेपालमा भएका १२३ मातृभाषाहरु मध्ये अधिकांश भाषाहरु खतराको स्थितिमा रहेको छ । नेपालमा मातृभाषाको अवस्था कस्तो छ ? अब यी मातृभाषाहरुको संरक्षण र विकासको लागि के गर्नु पर्छ ? मातृभाषामा शिक्षाको अवस्था र व्यवस्था के र कस्तो छ ? जस्ता विविध विषयमा भाषाशास्त्री तथा मातृभाषा अभियन्ता अमृत योञ्जन तामाङसँग मगर मिडियाले कुरा गरेको थियो । प्रस्तुत छ उहाँसँगको कुराकानी ।

Read more

पहिचानको मुद्धासँग म कुनै पनि सम्झौता गर्दिन : अध्यक्ष जगत बराम (भिडियो अन्तरवार्ता) !

श्याम राना मगर पौष २९, काठमाण्डौँ नेपाल आदीवासी जनजाति महासंघको स्थापना पश्चात आजसम्म आईपुग्दा यसले राज्यको विभिन्न राजनितिक अवस्थामा समेत महत्वपुर्ण भुमिका खेल्ने तहसम्म आफुलाई उभ्याएको छ । तसर्थ यसको नेतृत्वको, कार्यशैली तथा गतिविधिहरुले महत्व राख्दछ र यसको चर्चा पछिल्लो समय ह्वात्तै बढेको छ । यस महासंघले केहि समय अगाडि नवौँ महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व ल्याएको छ । जुन नेतृत्वमा जगत बराम हुनुहुन्छ । नेतृत्वमा जगत आएसँगै सिंगो आदिबासी जनजाति जगतमा अब के हुन्छ त भनेर उहाँसँग मगर मिडियाले छोटो कुराकानी गरेको छ । प्रस्तुत छ नेपाल आदिबासी जनजाति महासंघका नवनिर्वाचित अध्यक्ष जगत बराम सँगको भिडियो अन्र्तवार्ता ।

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)