सागर आले मगरले पहिलो अन्तवार्तामा आफ्नो सम्पुर्ण रहस्य यसरी खोले (सागरको पहिलो भिडियो अन्तवार्ता) !

श्याम राना मगर २६ भदौ काठमाण्डौ नेपाल आइडलको प्रतिष्पर्धाबाट टप फोरबाट बाहिरीएसँगै सागर आलेमगर अहिले आफ्ना समर्थकहरुलाई भेट्नमा व्यस्त छन् । साथै उनका लागि थुप्रै नयाँ कामहरुको प्रस्तावहरु आईरहेको छ । उनी बाहिरेसँगै उनको व्यस्तता ह्वात्तै बढेको छ । सागर आलेमगर बाहिरिए सँगै उनीसँग सवैभन्दा पहिलो अन्तर्वाता हामीले लिएका थियौ । सागर आफु बाहिरीए सँगैको आफ्नो अनुभुति, अहिले सम्मको यात्रा संघर्ष, अबको योजना, उनका पारिवारिक अवस्थाहरु लगायतका विविध विषयमा गहन तथा रमाईला कुराकानी गरेका छौ। सागर आलेमगरको नेपाल आइडलबाट बाहिरिए सँगै दिएको पहिलो अन्र्तवार्तामा अन्तरबार्ता उनका समर्थकहरुलाई के भनेका छन् त सुन्नको लागि तलको भिडियोमा क्लिक गर्नुहोस्:

Read more

नामजस्तै काममा तेज एक सफल युवा व्यवसायीसँगको भिडियो अन्तर्वार्ता !

श्याम राना मगर १४ भदौ काठमाण्डौ दैनिक रुपमा हजारौँ युवाहरु नेपालमा कुनै अवसर तथा सम्भावना भएन भनेर विदेशिरहेको अवस्थामा नेपालमा नै वसेर विभिन्न अवसर तथा सम्भावनाहरुको पहिचान गरि थुप्रै क्षेत्रमा व्यावसाय थालेर तेज रुपमा अगाडि बढ्दै सानै उमेरमा नै आफुलाई एक सफल युवा उद्यमी तथा व्यवसायीको रुपमा चिनाउन सफल तेज विक्रम थापा मगरसँग कार्यक्रम पर्यटन र व्यवसायका लागि हामीले कुराकानी गरेका छौँ । आफ्नै वरिपरि आफैभित्र अथाह सम्भावना छ त्यसलाई आफुले पहिचान गरि त्यसको राम्रो अध्ययन गरेर अगाडि बढ्न सके सफलता पनि आफ्नै सेरोफेरोमा रमाउने बताउने उहाँसँग गरिएको यो भिडियो अन्तर्वार्ता हेर्न तलको लिंकमा जानुहोला ।

Read more

एकता नै बल हो भन्ने कुरा बिर्सनु हुँदैन: चन्द्रज्योति आलेमगर, अध्यक्ष, मगर संघ हङकङ !

श्रावण २५, हङकङ मगर संघ हङकङ सन् १९९७ मा स्थापना भएको हो । मगर संघ हङकङकी अध्यक्ष चन्द्रज्योति आलेमगर विगत १७ वर्षदेखि मगर संघ हङकङका विभिन्न पदमा रही क्रियाशील हुनुहन्छ । एउटा कलाकारका रुपमा समेत परिचय बनाउनुभएकी उहाँले सन् २०११ देखि २०१७ सम्म दुई कार्यकाल मगर संघ हङकङको अध्यक्ष रहेर नेतृत्व गरिरहनुभएको छ । दुई कार्यकालसम्म मगर संघ हङकङको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएकी उहाँको कार्यकाल निकै लोकप्रिय रह्यो । मगर संघ हङकङलाई आजको उचाइमा पु¥याउन उहाँ सफल हुनुभएको छ । आगामी अगष्ट २० तारिखमा मगर संघ हङकङको नवौं महाधिवेशन हुँदैछ । सोको तयारी र उहाँको कार्यकालको सेरोफेरोमा रहेर उहाँसँग मगरमिडिया डटकमका लागि रूद्रबहादुर श्रीसमगरले गरेको कुराकानी: आजभोली के गर्दै हुनुहुन्छ ? अधिवेशनको लागि तयारीमा व्यस्त छु । महाधिवेशनको तयारी कसरी

Read more

मिडिया र संस्थाबीच आत्मीय सम्बन्ध हुनु जरुरी छ: नेम थापामगर, अध्यक्ष, मगर संघ युके (अन्तर्वार्ता) !

रूद्र श्रीसमगर मगर मिडिया संयुक्त अधिराज्य (युके) मा बसोबास गर्ने मगरहरूको छाता संगठन मगर संघ युकेले हरेक वर्ष चर्चित सांगीतिक कार्यक्रम गर्दै आएको छ । खासगरी, बुद्ध जयन्ती अर्थात् चण्डी पूर्णिमाको सन्दर्भ पारेर आयोजना हुने कार्यक्रमको नाम विगतमा ‘बुद्ध पूर्णिमा ओपन कन्सर्ट’ थियो । तर, यसपालीदेखि भने ‘नेपाली ओपन कन्सर्ट’का नाममा गत जुन ३ तारिखमा कार्यक्रम भव्य रुपमा सम्पन्न भइसकेको छ । मगर संघ युकेका अध्यक्ष नेम थापामगर सँग मगर समुदाय र मगर संघ युकेका गतिविधिका बारेमा पत्रकार रूद्र श्रीसमगरले गर्नुभएको कुराकानी: आजभोली के गर्दै हुनुहुन्छ ? सर्वप्रथम त, धन्यवाद यहाँलाई । केही समय अघि मात्र हामी जुन ३ तारिखमा ‘नेपाली ओपन कन्सर्ट’ भव्यतापूर्वक सम्पन्न गरेका छौं । हामीले कार्यक्रमबारे समीक्षा पनि गरिसक्यौं । कार्यक्रम निकै राम्रो र सफल भएको

Read more

मगर विद्यार्थीं संघको नेतृत्वदेखि उपमेयरसम्म : रेनुका काउचामगर !

बाबा चन्द्रबहादुर पुनमगर र आमा झममाया पुनमगरको कोखबाट बागलुङ्को रिघामा जन्मनुभएका रेनुका काउचा मगर यतिखेर जल्दावल्दा युवा नेतृको रुपमा परिचित हुनुहुन्छ । वि.सं. २०५९ सालमा सरस्वती क्याम्पसमा अध्ययन गर्दादेखि मगर विद्यार्थीमा आवद्ध रहनुभएका काउचा मगर २०६८ सालमा तनहुँको दमौलीमा सम्पन्न ७ औं महाधिवेशनबाट नेपाल मगर विद्यार्थी संघको अध्यक्ष हुनुभयो । यसैगरी हाल उहाँ नेपाल मगर सघ केन्द्रिय समितिको सचिव हुनुहुन्छ । राजनीतिक क्षेत्रमा पनि उहाँको चासो सानैदेखि भएतापनि २०६५ सालको स्व.वि.यु. निर्वाचन पछि सक्रिय रुपमा लाग्नुभएको हो । आफ्नो जातीय संगठन र राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभएका काउचा मगर भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा बागलुङ जिल्लाको गलकोट नगरपालिकाको उपमेयर जस्तो पदमा विजयी हुनुभएको छ । यिनै जुझारु एवं युवा नेतृ रेनुका काउचा मगरसँग मिना थापामगरले गरेको कुराकानीः सर्वप्रथम त गलकोट

Read more

भाषाको समस्याले युके पुगेको बुढाबुढीले दुख पाएका छन् : सुर्यबंशी (भिडियो अन्र्तबार्ता सहित)!

मगर मिडिया पाल्पा, जेठ १८ मगर संघ यूकेका उपाध्यक्ष बम सुर्यबंशीले भाषाको समस्याले यूकेमा रहेका नेपालीले दुख पाएको बताउनुभएको छ । युवाले भन्दा पनि उमेर पुगेका बुढाबुढीले बाटो देखि अस्पताल लगाएतका स्थानमा भाषाको ज्ञान नहुदा समस्या भएको उहाको भनाई छ । पत्रकार देव पचभैया संगको कुराकानीमा मगर संघ यूकेका बैदेशिक विभाग प्रमुख समेत रहनुभएका सुर्यबंशीले युकेमा रहेका सबै नेपालीले देश र जनताको भलो चाहिरहने बताउनुभयो । हेरौ भिडियो अन्र्तबार्ता:

Read more

नवप्रतिभा हेमा आले बोगीको साहित्य मोह (भिडियो अन्तर्वार्ता सहित)!

मगर मिडिया, काठमाडौँ, बैशाख २४ काठमाण्डौ नेपाल मगर लेखक संघ केन्द्रिय समितिका बाह्र मगरात भाषिक उपाध्यक्ष हेमा आले मगर, मगर भाषाको क्षेत्रमा कलम चलाउँदै भाषाको संरक्षण र विकासमा लागि रहनु भएकी एक अभियन्ता हुनुहुन्छ । अंग्रेजी विषयबाट एमएड सकेर शिक्षिकाको रुपमा कार्यरत उहाँ यसो खाली समय पाउदाँवित्तिकै साहित्य सिर्जना गर्ने साथै साहित्यीक कार्यक्रमहरुमा पुगीहाल्ने उहाँको बानी छ । उहाँ भर्खरैमात्र जीतबहादुर सिंजाली मगर साहित्यिक प्रतिष्ठानले प्रदान गर्ने जीवसिम नव प्रतिभा साहित्य पुरस्कार २०७३ द्वारा सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन मगर द्धारा सम्मानित व्यक्तित्व हुनुहुन्छ । पुरस्कार बाट सम्मानित भईसकेपछि हामीले उहाँसँग छोटो कुराकानी गरेका छाँै । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी:

Read more

श्रीमानको पाउ धोएर जल खान बाध्य महिलाहरुको अधिकारको लागि लड्ने योद्धा पो म त, कसरी बाहुन विरोधी हुन्छु ? (आङकाजी शेर्पासँगको भिडियो अन्र्तवार्ता) !

श्याम राना मगर बैशाख १२, काठमाण्डौ नेपाली आदिबासी जनजाति पहिचान र अधिकारको आन्दोलनमा एक चिरपरिचित नाम हो आङकाजी शेर्पा । जसले नेपाल आदिबासी जनजाति महासंघको महासचिवको भुमिकामा रहेर आफ्नो कार्यकाललाई शसक्त रुपमा निभाएर आज सम्म पनि निरन्तर रुपमा यस क्षेत्रमा लागिरहनु भएको छ । उहाँ एक निडर र प्रखर वक्ता हुनुहुन्छ । स्पष्ट कुरा राख्न सक्ने शेर्पा नेपाली सञ्चार माध्याममा एक समय ज्यादै लोकप्रिय र ज्यादै आलोचित समेत हुनु भएको थियो । विशेष गरेर उहाँलाई समाजको जातिय एकतामा खलल पु¥याउने वक्तव्य दिएको आरोप लगाइएको थियोे । तर चर्चामा रहेजस्तो उहाँमाथिको आरोप सहि हो त ? लगायतका विभिन्न आदिबासी सवाल साथै समयसान्दर्भिक विषयहरुमा उहाँसँग गरिएको यो कुराकानी ।

Read more

बाँकी जीवन पनि आदिबासी जनजातिको पहिचानकै लागि समर्पित गर्छु: प्रा. डा. ओम गुरुङ (भिडियो अन्तर्वार्ता) !

श्याम राना मगर बैशाख ७, काठमाण्डौ लाखौँ शुभचिन्तक र आफन्तहरुको साथ र सहयोगमा मृगौलाको प्रत्यारोपण र क्यान्सरको उपचार पछि, करौडाँै खर्चेर नाफाको जिन्दगी बाँचिरहेकोले अवको जिन्दगीलाई म त्यसै फाल्न चाहन्न । अलि भावुक बन्दै उहाँ थप्नुहुन्छ, म जति बाँच्छु, आफुले सकेसम्म र भ्याएसम्म नेपालका उड्पीडित आदिबासी जनजाति, दलित, महिला, क्षेत्र तथा वर्गको अधिकार र पहिचानको लागि बाँच्नेछु । उनीहरुकै बारेमा अध्ययन अनुसन्धान गरेर बाँच्नेछु । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र मानवशास्त्र केन्द्रिय विभागका विभागीय प्रमुखबाट भर्खरै उमेर पुगी अवकाश लिनुभएका उहाँ यो समय झन खुलेर आदिबासी जनजातिहरुको पहिचान, हकअधिकार र उनीहरुलाई शसक्तिकरण गर्ने क्षेत्रमा काम गर्ने अवसर मिलेको बताउनुहुन्छ प्रा.डा. ओम गुरुङ । लामो समयदेखि प्राध्यापन गर्नुभएका गुरुङ नेपालकै एक वौद्धिक व्यक्ति हुनुहुन्छ । नेपाल आदिबासी जनजाति महासंघका पुर्व महासचिव उहाँ लामो

Read more

संबिधान संसोधन पछि मात्रै निर्वाचन हुन पर्छ: नविन रोका मगर (भिडियो सहित) !

पाल्पा, चैत्र २३ नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले अहिलेको संरचनामा स्थानिय तहको निर्वाचन भए आदीवासी जनजाति शमुदाय झन बर्षो पछि पर्ने दावी गर्नुभएको छ । संबिधानले सबै समुदायका भाषा, सस्कृत , सामाजिक मुल्य मान्यतालाई समान अधिकार नदिएको जनाउदै अन्तरिम संबिधानमा रहेको सिमान्तकृत समुदायका अधिकार र पहिचान , स्वायत्त र संरक्षित क्षेत्रका सवालमा बर्तमान संविधानमा कुनै उल्लेख नभएकोले उहाको भनाई छ । अन्तरिम संबिधानले दिएका अधिकार लाई समेत कटाएर जारी भएको बर्तमान संबिधान अधुरो र अपुरो भएको भन्दै तत्काल संसोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल आदीवासी जनजाति महासंघ केन्द्रका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका रोकाले पत्रकार देव पचभैया संगको कुराकानीमा अहिलेकै अवस्था निर्वाचन भए नाम मात्रैको संघियता हुने जिकिर गर्नुभयो । पहिचान र अधिकार सहितको संघियता र लोकतान्त्रिक

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)