नायिका खुशीको बिदाइ !

रूद्र श्रीसमगर पोखरा, १२ भदौ चलचित्र प्रदर्शनका लागि कतार जान लागेकी नायिका खुशी गुरुङको बिदाइ गरिएको छ । दुर्गा गुरुङ ‘मिलन’को गुरुङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘क्यु प्ह्रो छे’ अर्थात् ‘भेडी गोठाले’को विशेष प्रदर्शनका लागि कतार जान लागेकी नायिका खुशीलाई सोमबार पोखरामा बिदाइ गरिएको हो । मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को पहिलो प्रस्तुती रहेको सो चलचित्रलाई तमु प्ये ल्हु संघ कतार शाखाको सांस्कृतिक विभागले आगामी सेप्टेम्बर २ तारिखमा विशेष प्रदर्शनको आयोजना गर्न लागेको हो । नायिका खुशीलाई मिलन डी.जी. इन्टरनेशनल प्रालिका संरक्षक सावित्री गुरुङ र प्रबन्ध निर्देशक देउकी सिंजाली ‘दिपिका मिलन’ले खादा ओढाएर सफलताको कामनासहित बिदाइ गर्नुभयो । सो अवसरमा मिलन डी.जी. इन्टरनेशनल प्रालिका मिडिया संयोजक रूद्रबहादुर श्रीस र नेपाल मगर लेखक संघ कास्कीका अध्यक्ष कृष्ण थापा ‘मीगीन’ले पनि नायिका

Read more

“झलक दिखला जा” को उपाधि टेरिया मगरलाई !

माघ ७ काठमाडौं नेपाली चेली तेरिया मगर ुझलक दिखला जा’ को सिजन नौमा विजेता बन्न सफल भएकी छन् । भारतिय च्यानल कलर्स टेलिभिजनमा प्रशारण हुने निकै चर्चित डान्स रियालिटी सो को सिजन नौमा अनलाइन ‘बलिउड लाइफ’ ले जनाएअनुसार उनी अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै विजेता बनेकी हुन्। औपचारिकरुपमा विजेताको रुपमा उनको नाम शनिबार कलर्स च्यानलबाट सार्वजनिक हुनेछ। सो को फाइनलमा नृत्य र भोटिङको आधारमा विजेता छानिएको थियो। उनले सबैभन्दा धेरै भोट प्राप्त गरेकी थिइन्। सलमान युसुफ र सन्तनु महेस्वरीले टेरियालाई कडा टक्कर दिएका थिए। रुद्रपुर रुपन्देही निवासी टेरियाले यस अघि ‘डान्स इन्डिया डान्स’ को उपाधि समेत हात पारेकी उपाधी जितेर चर्चित बनेकी टेरिया मगर फेरी चर्चाको शिखरमा पुगेकी छिन् । यो जितसँगै तेरियाले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्राण्डको

Read more

“वेल डान्स” राष्ट्रिय नृत्य प्रतियोगिताको सर्लाही अडिसन सम्पन्न / १२ जना छनौट

पुस ११ , काठमाडौं देशभर लुकेर रहेका प्रतिभा खोज्ने उदेश्यले शुरु गरिएको “वेल डान्स” राष्ट्रिय नृत्य प्रतियोगिता टि भी रियालिटी शो २०७३ सिजन एकको लागी सर्लाही अडिसन ९ गते सनिबार लालवन्दी नगरपालिको हलमा सम्पन्न भएको छ । उक्त अडिसनबाट प्रतियोगिताको लागी १२ जना प्रतियोगी छनौट गरिएको प्रतियोगिताका निर्देशक मेघना रजाईली मगरले जानकारी दिनुभयो । अडिसनबाट एकल, युगल तथा सामुहिक नृत्य गरी जम्मा १२ जना प्रतियोगी छनौट गरिएको पनी उहाले जानकारी दिनुभयो । छनौट भएका प्रतियोगिहरुलाई राजधानीमा प्रशिक्षणको व्यवस्था गरी प्रतियोगिताको अन्य चरणमा सहभागी गराईने छ । देशका मुख्य शहर हरुमा लिईने अडिसन अन्तरगत अब बाँकी रहेका शहरहरुको लागी सम्वन्धित ठाँउका स्थानिय संचार माध्यमहरुमा प्रचार प्रसार तथा फम पु¥याईसकिएको भन्दै प्रतियोगितामा भाग लिन चाहने ईच्छुक व्यक्तिहरुले सुचनाको आधारमा सम्पर्क राख्नुहुन निर्देशक

Read more

चलचित्र खुर्पेटो कुवेतमा !

श्याम रानामगर मंसिर २६, काठमाण्डौ मिफ्रुङ फिल्मस प्रोडक्सन प्रा.ली. को व्यानरमा निर्माण भएको पहिलो मगर कथानक चलचित्र खुर्पेटो आगामी जनवरी २७ मा कुवेतमा प्रदर्शन हुने भएको छ । खुर्पेटोको प्रर्दशन वैडिङ् हल जिलिव अल–शुवैख, कुवेतमा आगामी जनवरी २७ मा अपरान्ह १२ः०० बजेदेखि हुने भएको छ । जसको टिकटको लागि राजेन्द्र आलेमगर र मगरसंघ कुवेतमा सम्पर्क राख्न सकिने जानकारी आयोजकले दिएको छ । भिम राना मगरको कथामा रहेको यस चलचित्रको लेखन तथा निर्देशन बिकास मगर (विश्वास)ले गर्नु भएको छ भने, मगर संघ कुवेतका वरिष्ठ सदस्य राजेन्द्र आले मगर (तुल) निर्माता रहेको छ । साथै, राहुल राईको छाँयाङ्कन, मित्र गुरुङको सम्पादन, चित्र मास्की मगरको नृत्य र निर्माण नियन्त्रक तिल ब. थापा मगरको रहेको छ । नेपालमगर संघको झण्डामा अंकित मगर संस्कृतिमा आधारित

Read more

चर्चित लोकदोहोरी गायिका जुना श्रीसमगरको पञ्चेबाजाको गीत ‘दुई खोली दोभान’ सार्वजनिक !

रूद्र श्रीसमगर पोखरा, २३ मंसिर लगनको महिनाका रूपमा चिरपरिचित मंसिर महिनामा एक पछि अर्को गर्दै कलाकारहरूले आफ्ना पञ्चेबाजाको गीत सार्वजनिक गरिरहेका छन् । ठिक यही मेसोमा नेपाली लोकसंगीतमा चर्चा र लोकप्रियताको शिखरमा पुग्न सफल लोकदोहोरी गायिका जुना श्रीसमगरको नयाँ कोसेली पञ्चेबाजाको गीत ‘दुई खोली दोभान’ सार्वजनिक भएको छ । जुनाले अर्का चर्चित लोकदोहोरी गायक एवं मोडल मनसुधन थापामगरसँग मिलेर यो पञ्चेबाजाको गीत बजारमा ल्याएकी हुन् । दर्जनौं गीतहरूमा आफ्नो सुमधुर स्वर दिएर दर्शक, स्रोताको मन जित्न सफल लोकदोहोरी गायिका जुना श्रीसमगरले सो गीतमा शब्द सिर्जना गरेकी छन् । पृथक लय र शब्द सिर्जना रहेको सो गीतमा मनसुधन थापामगरले लय सिर्जना गरेका छन् भने बिलन थापामगरले एरेञ्ज गरेका हुन् । आफूलाई विगतका गीतहरूमा झैं यो गीतमा पनि सबैको साथ र सहयोग

Read more

अन्तर इकाइ कौह्राको उपाधि चाउथेलाई / संविधान संशोधन प्रस्ताव हामी स्वागत गर्छौं: रोका !

रूद्र श्रीसमगर पोखरा, १८ मंसिर नेपाल मगर संघ कास्कीको आयोजनामा शनिबार पोखरा सभागृहमा सम्पन्न अन्तर इकाइ कौह्रा नृत्य प्रतियोगिताको उपाधि नेपाल मगर संघ चाउथे एकाइ समिति पोखराले जितेको छ । उपाधिसँगै चाउथेले ३० हजार नगद पुरस्कार प्राप्त ग¥यो । त्यस्तै, नेपाल मगर संघ अर्घौं एकाइ समिति, लेखनाथ द्वितीय हुँदै २० हजार नगद पुरस्कार प्राप्त गर्न सफल बन्यो । प्रतियोगितामा नेपाल मगर संघ माटेपानी एकाइ तृतीय र दीप–बगर एकाइ सान्त्वना भए । उनीहरूले क्रमशः १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी, उत्कृष्ट भेषभूषामा नेपाल मगर संघ ढुड्डेपाटन एकाइ, अनुशासित टिमतर्फ छिनेडाँडा एकाइले पुरस्कार जित्न सफल बने । उनीहरूले क्रमशः २५ सय नगद पुरस्कार प्राप्त गरे भने सर्वोत्कृष्ट नृत्य निर्देशकको पुरस्कार उपाधि बिजेता टोली नेपाल मगर संघ

Read more

कौह्रा नृत्यलाई जीवन्त राख्न प्रतियोगिता आयोजना गरिएको हो: अध्यक्ष रानामगर (अन्तर्वार्ता) !

पोखरा, मंगसिर १६ | कौह्रा, मगर जातिको प्राचीन एवं मौलिक लोकनृत्य हो । मगर जातिबाटै प्रचलनमा आएको मानिने कौह्रा नृत्य हिजोआज अन्य समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको छ । यही कौह्रा नृत्यलाई जोगाउने उद्देश्यले नेपाल मगर संघ कास्कीले यही मंसिर १८ गते शनिबार पोखरा सभागृहमा ‘अन्तर एकाइ कौह्रा प्रतियोगिता–२०७३’ आयोजना गर्दैछ । यही सेरोफेरोमा रहेर कौह्रा नृत्य प्रतियोगिताको तयारी साथै, कौह्राको मौलिकताका विषयमा पत्रकार रूद्र श्रीसमगरले गरेको संक्षिप्त कुराकानी प्रस्तुत गरिएको छ: प्रतियोगिताको तयारी कस्तो छ ? प्रतियोगिताको तयारी लगभग पूरा भइसकेको छ । तैपनि, पूर्णता दिनका लागि अन्तिम दिनसम्म लागिरहनुपर्ने आवश्यकता देख्दछु । हामीले यस कौह्रा प्रतियोगितालाई सफल रूपमा सम्पन्न गर्न करिब तीन महिना अघिदेखि लगातार खटिरहेको अवस्था छ । जुन अवस्थामा हामी आइपुग्दा हामीले कास्की जिल्लामा रहेका नेपाल

Read more

अन्तर एकाइ कौह्रा नृत्य प्रतियोगिताको तयारी पूरा !

रूद्र श्रीसमगर पोखरा, १५ मंसिर नेपाल मगर संघ कास्कीको आयोजनामा यही मंसिर १८ गते शनिबार हुने ‘अन्तर एकाइ कौह्रा नृत्य प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम–२०७३’ को तयारी पूरा भएको छ । नेपाल मगर पत्रकार संघ कास्कीको व्यवस्थापनमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराइयो । प्रतियोगिताको तयारीबारे जानकारी दिँदै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर समुदायको पहिचान मौलिक कौह्रा नृत्यको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । ‘मौलिक कौह्रा नाच मगर समुदायको पहिचान हो’, अध्यक्ष रानाले भन्नुभयो, ‘मगर जातिको मौलिक संस्कृति संरक्षणका लागि प्रतियोगितात्मक कार्यक्रममा पनि हाम्रो विशेष जोड छ ।’ प्रतियोगिताले कौह्रा नृत्यको प्रचार–प्रसारमा पनि सहयोग पुग्ने विश्वास लिएको बताउँदै अध्यक्ष रानाले कौह्राको मौलिकता जोगाउन मगर संघ लागिपरेको उल्लेख गर्नुभयो ।

Read more

“वेल डान्स राष्ट्रिय नृत्य प्रतियोगिता” को धरान अडिसन सम्पन्न !

यमुना रानामगर मंसिर १६, काठमाडौं देशभर लुकेर रहेका प्रतिभा खोज्ने उदेश्यले शुरु गरिएको “वेल डान्स राष्ट्रिय नृत्य प्रतियोगिता टि भी रियालिटी शो २०७३” सिजन एकको लागी धरान अडिसन यही मंगसिर १५ गते बुधबार धरानमा सम्पन्न भएको छ । उक्त अडिसनबाट प्रतियोगिताको लागी १६ जना प्रतियोगी छनौट गरिएको वेल डान्स स्कूल तथा उक्त प्रतियोगिताका निर्देशक मेघना रजाली मगरले जानकारी दिनुभयो । धरानमा भएको यस अडिसनलाई गरिमा डान्स सेन्टर धरान र नेपाल फिल्म प्रोडक्सन हाउसले पूर्ण सहयोग गरेको थियो । खुल्ला रुपमा प्रतिस्पर्धा हुने र एउटा अडिसन अर्थात एउटा सहरबाट कम्तिमा पनी १५ देखी २० जना प्रतिभाको आधारमा प्रतियोगिताको लागी छनोट गरिने छ । त्यसरी छनौट भएका प्रतियोगिहरुलाई राजधानीमा ल्याई नृत्य प्रशिक्षक राखेर नृत्य कक्षा संचालन गरी प्रतियोगितामा सहभागी गराईने छ ।

Read more

गिता पाइजाको नयाँ कोसेली ‘हाम्रो खिबांग गाउँ’ आयो बजारमा (भिडियोसहित) !

मगर मिडिया काठमाडौँ, मंसिर १४ नेपाली साँगीतिक आकाशमा उदाउँदै गरेकी सुमधुर स्वरकी धनि गायिका गिता पाईजाको स्वर रहेको लोक दोहोरी गीत ‘हाम्रो खिबांग गाउँ’ बजारमा आएको छ । नेपाली कला संस्कृति झल्काउने उक्त गीतले यतिबेला स्रोता एंव दर्शकको मन जित्न सफल भैरहेको छ । दर्जनौं लोक दोहोरी, सालैजो र बिभिन्न आधुनिक गीतहरूमा समेत स्वर दिएकी कर्ण प्रिय स्वरकी धनि गायीका गिता पाईजालाई बिल पुर्जा मगरले साथ दिएका छन । आशिस म्युजिक प्रा.लिको व्यानरमा निर्माण भएको उक्त म्यूजिक भिडियोको निर्देशक पुस्कर थापाले गर्नुभएको छ भने मोडलिङमा सरिस्मा मगर रहनु भएको छ । म्याग्दीको पर्यटकीय क्षेत्र खिबाङ,घोडेपानी र पुलहिलमा छायांकन गरिएको भिडियोमा मौलिक नृत्य, भेषभुषा र गाउँबस्तीको दृष्यहरु समावेश गरिएको छ । गीत र म्युजीक भिडीयो मार्फत मगर मौलिक कला र संस्कृतीको

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)