लोकगायिका जुना भन्छिन् परदेशी उतै हरायो

रूद्र श्रीसमगर पोखरा, १७ कार्तिक अहिलेकी चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीसमगरले “परदेशी” बोलको अति मर्मस्पर्शी लोकगीत बजारमा ल्याएकी छन् । गायिका जुनाले लोकगीतमार्फत् हराएका परदेशीलाई सम्झिएकी छन् । कुनै बेलाका चर्चित लोक तथा दोहोरी गायक भगवान भण्डारीको लय तथा शब्दमा रहेको “परदेशी”को म्यूजिक भिडियो युट्युबमार्फत् सार्वजनिक भएको छ । गायिका जुनाको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत् सो गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । गोविन्द पुनमगरले निर्देशन गरेको म्यूजिक भिडियोमा गोविन्द पुनमगर र करुणा पुनमगरले अभिनय गरेका छन् । त्यस्तै, वीरबहादुर श्रीसमगर, जसिन्ता श्रीसमगर र एलिस श्रीसमगरको पनि अभिनय रहेको छ । दानबहादुर श्रीसमगरको छायाङ्कन तथा सम्पादन रहेको म्यूजिक भिडियो टाइगर्स फिल्मस् प्रालिले निर्माण गरेको हो । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतका एरेञ्जर विनोद बाजुराली हुन् ।

Read more

खेमको “बागलुङमा घुम्टे” म्युजिक भिडियो सार्वजनिक !

माया घर्ति मगर भाद्र १६, काठमाडौँ मगर्स क्रियसनको प्रस्तुतिमा प्रतिभाशाली गायक खेम पुन मगरको शब्द र संगीतमा सजिएको झ्याउरे भाका “बागलुङमा घुम्टे” को म्युजिक भिडियो सार्वजनिक भएको छ ׀ चर्चित लोक दोहोरी गायिका देवी घर्ती मगर र खेम पुन मगरको आफ्नै सुमधुर स्वरमा सजिएको यस मौलिक झ्याउरे गीतमा आरुशी मगर र हेरुका लामाले नृत्य- अभिनय गरेका छन् ׀ गीतको भिडियो निर्देशन पछिल्लो समयका ब्यस्त युवा         निर्देशक चित्र मास्की राना मगरले गरेका छन् भने शम्भु चालिसेको छायांकन रहेको छ ׀ जसको बजार तथा वितरण भने मगर्स क्रियसन कम्पनिले गरेको छ ׀

Read more

वरिष्ठ लोक गायक खड्ग गर्वुजाको एकल लोक गायन कार्यक्रम सम्पन्न (फोटो फिचर)!

श्याम राना मगर वैशाख, १७, काठमाण्डौ वरिष्ठ लोक गायक खड्ग गर्वुजा मगरको एकल लोक गायन कार्यक्रम हिजो प्रज्ञा भवन कमलादी काठमाण्डौमा सम्पन्न भएको छ । म्याग्दी कलाकार संघ काठमाण्डौले आयोजना गरेको कार्यक्रममा गर्वुजाले आफ्ना चर्चित लोकगीतहरु पस्किनु भएको थियो । उहाँले यो संसारमा आफुलाई जन्म दिने बाबाआमा भन्दा ठुलो कुरा अन्य नभएको बताउदैँ आफ्नो जन्मदिने बुवा भिम गवुर्जालाई ढोग गरेर कार्यक्रममा गाउन सुरु गर्नुभएको थियो । आफु भिरबाट लडेर चल्न नसक्ने हुदाँ आफ्नी आमाले स्याहार्ने गरेको तर पछि आमालाई पनि पक्षघात भएपछि दुवै जना विस्तरामा थलिनु पर्दा आमाछोरा रोएको एकअर्काले सुन्नु बाहेक कुनै उपाय नभएको त्यो दर्दनाक दिनसँगै आमालाई स्मरण गर्दै आफ्नो जीवनयात्रा जस्तै मार्मिक गीतहरुबाट सुरु गरेका उहाँका गीतहरुले सवै दर्शकका आँखा भरिएका थिए । गर्वुजाको जीवनयात्रा र साँगीतिक

Read more

नेपाली संगीतकी उदीयमान तारा: गायिका तारा श्रीस !

रूद्र श्रीसमगर, पोखरा बागलुङको छिस्ती–९, केवैमा जन्मिएकी प्रतिभाशाली गायिका हुन्, तारा श्रीस मगर । जनकल्याण उच्च मावि, छिस्तीबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गरेकी गायिका ताराले विभिन्न सांगीतिक प्रतियोगितामा पनि भाग लिएकी छन् । ‘विग आइकन’को उत्कृष्ट चार र भ्वाइस अफ पोखराको उत्कृष्ट दशसम्म पर्न सफल गायिका तारा नेपाली संगीतकी एक उदीयमान चम्किलो तारा हुन् भन्दा फरक नपर्ला । लोक, पप, रक एवं आधुनिक सबैमा उत्तिकै जम्न सफल बनेकी गायिका ताराले हालसम्म २ सय २५ भन्दा बढी गीत गाइसकेकी छिन् । छोटै समयमा यति धेरै गीत गाउने उनीजस्ता कलाकार सायदै होलान् । विगत दुई वर्षदेखि व्यवसायिक रूपमा सांगीतिक क्षेत्रमा लागेकी उनी अहिले काठमाडौंको चर्चित मालिड्डो गजलमा कार्यरत छिन् । उनी कसरी संगीत क्षेत्रमा लागिन्

Read more

जुना श्रीसको अर्को सुपरहिट कौडा गीत “सरर हावा सरर” बजारमा !

मगर मिडिया माघ ६, काठमाडौँ अहिलेकी चर्चित तथा व्यस्त लोक तथा दोहोरी गायिकाको सुचीमा पर्न सफल जुना श्रीस मगरको जन्म बाग्लुङ जिल्ला रिघा गाविसमा सामान्य परिवारमा बाबा बिर बहादुर र आमा जसिन्ता श्रीस को कोख बाट भयो । उहाँको सानैदेखी गित गाउने कला र रुची थियो तर पनि त्यो वेला भविस्यमा यती चर्चित र यही पेसा अंगाल्छु भन्ने कुरा चाँही उहाँ सोच्नु हुन्थेन । २०५८ सालमा एस एल सी गरेपछी केही सिप सिक्ने र स्वरोजगार बन्ने सपना बोकेर बाग्लुङ सदरमुकाम आउनु भयो । सदरमुकाम छिरेपछी भने उहाँको सपना फेरियो । जुनाले किन रुन्छौ ए न्याउली,आजमाया मसङ्ग तरक तरक छ, मनमा गहिरो घाउ छ के गरु, वारि घुम्टे पारी गाजा, यानिमायाको पन्चेबाजा, बाग्लुङको बजार सालैजो, यो मन किन रुन्थ्यो, दङ खाएको

Read more

गाउछिन् , नाच्छिन् अनि नचाउछिन् गायिका: प्रिती !

प्रताप रानामगर पौष २८, दमौली, तनहुँ तनहुँको दमौलीमा पौष २१ गते देखि माघ २ गते सम्म छैठो तनहुँ महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा कुन दिन कुन कलाकार आउछन् भनेर सञ्चार माध्यममा नाम सुन्न दर्शकले आतुर देखिन्छन् । तनहुँका सञ्चार माध्यममा लोकदोहोरी तथा आधुनिक पप गायिका प्रिती आलेको प्रस्तुती रहने समाचार र सूचना प्रसारण भएसंगै गाउँ गाउँ देखि शुभचिन्तक तथा दर्शक महोत्सव हेर्नका लागि दमौली बजार झरेका थिए । कार्यक्रम सञ्चालकले जब प्रिती आलेलाई प्रस्तुती दिन स्टेजमा नाम उद्घोष गरे अनि दर्शकले पररररर ताली बजाउन थाले । मगर भेषभूषमा सजिएर आएकी प्रितीले महोत्सव स्टेजमा झोर्ले नमस्कार के भनेकी थिइन त्यसपछि त दर्शकको ध्यान खिचिहालिन् । स्टेज कार्यक्रममा नीकै दमदार प्रस्तुती दिने गायिका मध्ये अग्रपंक्तिमा नाम पर्छिन् गायिका प्रिती आले ।

Read more

चर्चित गायिका संगिता थापामगरको रोइला गित “दर्शन झोर्ले” बजारमा (भिडियो सहित) !

मगर मिडिया पौष २२, काठमाडौँ गत केही समय देखी अमेरिकामा बस्दै आउनु भएकी र पछिल्लो समय नेपाली लोक गित संगितको क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन सफल चर्चित लोक गायिका संगिता थापा मगरको रोइला गित “दर्शन झोर्ले” भरखरै मात्रै सार्वजनिक भएको छ । स्टेज क्विन को रुपमा समेत परिचय बनाउन सफल गायिका थापाले यसपाली फेरी निकै मार्मिक शब्दहरु रहेको रोइला गितमा सुमधुर स्वर भर्नु भएको छ, साथै, यस गितमा थापालाई अर्का चर्चित गायक रामजी खांडले साथ दिनु भएको छ | चर्चित गायक/गितकार/संगितकार सिपी मगर ज्युको शब्द र रामजी खांडको संगित रहेको यस रोइला गितलाई मगर्स क्रियशन कम्पनिको म्युजिक प्रोडक्सन हाउसले बजारमा ल्याएको हो | म्युजिक भिडियोमा गायिका संगिता थापा मगर र रामजी खांड दुबैले अभिनय गर्नु भएको छ । आफुलाई विगतका

Read more

दुःखद क्षणलाई जीवनको सु:खद क्षणमा रुपान्तरण गर्न सफल गायक खड्क गर्वुजा मगरसँगको भिडियो अन्तर्वार्ता !

पुस १८, काठमाडौं आफ्नो जीवनको सवैभन्दा खुशीको पल आफु भिरबाट खसेर आफ्नो दुवै खुट्टा गुमाउनुपर्दाको क्षण र आफ्नी आमाको मृत्युलाई ठान्नुहुन्छ चर्चित लोक गायक, गीतकार तथा संगीतकार खड्क गर्वुजा मगर । विगत ३ दशक देखि निरन्तर रुपमा नेपाली लोकगीतसंगीतको क्षेत्रमा लागेर यस क्षेत्रमा अतुलनिय योगदान दिईसक्नु भएका साथै अझै पनि यसैमा आफ्नो सम्पुर्ण जीवनलाई समर्पित गर्दै आउनु भएका खड्क गर्वुजा मगर एक गायक मात्र नभएर आम मानिसहरुका लागि एक प्रेरक व्यक्ति पनि हुनुहुन्छ । कुनै समय नेपाल टेलिभिजन र रेडियो नेपालको एक कार्यक्रममा एक जना वरिष्ठ व्यक्तिले नै तपाई स्टेजमा नजानुहोला किनकी व्हीलचेयरमा क्यामेरा लुक्स नराम्रो देखिन्छ भनि अपाङ्गताहरुप्रति देखाएको त्यो असमान सोच र व्यवहारको नमिठो अनुभव पनि छ उहाँसँग । साथै देश तथा थुप्रै विदेशका अनगिन्ती अनुभवहरुबाट भरिनुभएका उहाँ

Read more

अमेरिकामा बस्दै आउनु भएकी चर्चित लोक गायीका संगीता थापा मगरको नेपाल प्रतिको मोह (भिडियो अन्तर्वार्ता सहित)!

मगर मिडिया, काठमाडौँ पछिल्लो समय चर्चाको शिखरमा चढ्दै गर्नुभएका गायिका संगीता थापा मगर हाल अमेरिकामा बसोबास गर्दैँ आउनुभएको छ । उहाँले करिव दुईवर्ष जति अमेरिकामा बसेर नेपाल फर्केको अवसरमा फेरि दुईवटा गीतहरु लिएर आउनुभएको छ । पापी ज्यानै रसायो तुम्बा तानेपछि लगायतका थुप्रै चर्चित गीतहरुका गायिका उहाँले विशेष गरेर स्टेजमा जोडदार रुपमा आफुलाई प्रस्तुत गर्नुहुन्छ । स्टेज कार्यक्रमकै क्रममा थुप्रै देशहरु पुगिसक्नु भएका उहाँ नेपालमा फर्कदा ज्यादै व्यस्त देखिनुहुन्थो । मगर्स क्रियशन कम्पनी प्रा.ली.ले बजारमा ल्याएको म त नेपाली मेरो देश नेपाल भन्ने गीत र आउन लागेको एल्वम दर्शन झोर्लेको गीतको रेकर्डिङ पछि म्युजिक भिडियोको सुटिङमा व्यस्त संगीता थापा मगरसँग मगर मिडियाले म्युजिक भिडियो छायाँङकन भएको स्थलमा नै पुगेर अन्र्तवार्ता लिएको थियो ।

Read more

तेस्रो संस्थागत लोकदोहोरी कलाकारहरुको विचको भलिवल प्रतियोगितामा नयाँ बसपार्क समिति प्रथम !

पुस ५, काठमाडौँ तेस्रो संस्थागत लोकदोहोरी कलाकारहरुको विच भएको भलिवल प्रतियोगिता तथा वृहत सांस्कृर्तीक कार्यक्रममा नयाँ बसपार्क समिती प्रथम भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय सुन्धारा समितीद्धारा आयोजित प्रतियोगितामा आयोजक सुन्धारा समिती द्धतिय र कमलादी समिती तृर्तिय भएका छन् । मगर्स क्रियसन कम्पनी प्रायोजक रहेको सो प्रतियोगितामा उपत्यकामा रहेका जम्मा ६ वटा उपसमितीको टिमले सहभागिता जनाएको थियो । प्रतियोगितामा प्रथम द्धतिय र तृर्तिय हुनेलाई क्रमस २५, १५ र १० हजार बराबरको खसी उपहार, ट्रफी र सम्मान पत्र प्रदान गरिएको सुन्धारा समन्वय समिती सदस्य तथा लोकदोहोरी गायक ऋषी खड्काले जानकारी दिनुभयो । प्रतियोगितामा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती समेत रहेको थियो । १,२ र ३ गते गरी ३ दिन चलेको प्रतियोगिता तथा वृहत सांस्कृर्तीक कार्यक्रम भव्य

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)