वृद्ध आश्रमको सहयोगार्थ एभरेष्ट नेपाल युथ एसोसियसन कतारले साँस्कृतिक कार्यक्रम गर्ने !

कृष्ण सारू मगर दोहा(कतार, २२ जनवरी एभरेष्ट नेपाल युथ एसोसिएसन कतारले आफ्नो प्रथम वार्षिकउत्सव विभिद सांस्कृतिक कार्यक्रम गरी मनाउने भएको छ । आफ्नो प्रथम वार्षिक उत्सवको अवसरमा एसोसियसनले पोखरामा रहेको वृद्ध आश्रमको सहयोगको लागी साँस्कृतिक कार्यक्रम गर्न लागेको महासचिव बलहरी राना मगरले जानकारी दिनुभयो। यहि आउँदो ३ फेब्रुअरी अर्थात माघ २१ गते सुक्रबारका दिन साहनिया स्थित अल दोसरी गार्डेनमा विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको हो।साँस्कृतिक कार्यक्रमबाट संकलन भएको रकम वृद्धाश्रम व्यवस्थापन तथा संचालनमा सहयोगको लागी दिने घोषणा गरिएको छ । कार्यक्रममा सहभागी भई मनोरन्जन लिनुको साथै वृद्धाश्रमलाई सहयोग गरिदिनु हुन पनी त्यँहा रहेका सम्पुर्ण नेपालीलाई आव्हान गरिएको छ । उक्त कार्यक्रमलाई सफल बनाउन नेपालका राष्ट्रिय कलाकारहरू पप गायक कमल खत्री, मोडल तथा नायिका बेनिसा हमाल र लोक तथा दोहोरी गायिका

Read more

राष्ट्रिय आविस्कार केन्द्रको सहयोगार्थ मलेसियाको मुख्य शहरहरुमा एभरेष्ट कन्र्सट २ !

माघ १२, मलेसिया राष्ट्रिय आविस्कार केन्द्र स्थापनाको लागी सहयोगार्थ मलेसियामा गर्न लागिएको एभरेष्ट कर्सट २ हुन अब केही दिन मात्रै बाँकी रहेको छ । नेपाल मगर संघ मलेसियाको आयोजनामा चाईनिज नँया वर्षको विदाको अबसर पारेर मलेसियाको मुख्य शहरहरु पेनाङ, जोहोर र साहआलममा आयोजना गरिएको कार्यक्रमको तयारी सकिएको मगर संघ मलेसियाका महासचिव दिपक सुनाखरी मगरले जानकारी दिनुभयो । राष्ट्रिय आविस्कार केन्द्रका अभियन्ता एंव संयोजक डा. महाविर पुन स्वयम सहभागि हुने कार्यक्रम जनवरी २८ तारिख मलेसियाको पेनाङ स्थित देवान हलमामा, २९ मा जोहोरस्थित टि.जे. मार्ट सेनाईमा र ३० तारिख देवान हल साहआलममा हुँदैछ । एभरेष्ट कन्सर्ट २ को लागी नेपालका चर्चित एंव सालैजो किंङ्ग भनेर चिनिने गायक खड्ग गरबुजा, चर्चित लोकदोहोरी गायिका सान्ती श्री परियार, चर्चित नृत्यकार रिना थापा मगर, चर्चित गायक

Read more

कतारमा माघे सक्रान्ति पर्व मनाए संगै (बाङ) राजा चुनियो !

कृष्ण सारू मगर माघ ११, दोहा कतार मगरहरूको एकता, अहिलेको आवश्यकता  भन्ने नाराका नेपाल मगर संघ कतार शाखाले माघे सक्रान्ति पर्व मनाएको छ । समाल स्थित पब्लिक गार्डेनमा २० जनवरी अर्थात गत सुकरबारको दिन मगर समुदायको प्रमुख चार्ड ूमाघ्या सकराटीू (सार ल्हेस) साँस्कृतिक पर्व नेपाल प्रवासी आदिवासी जनजाति महासंघका कार्यबाहक अध्यक्ष लिलम चिदी मगरको प्रमुख अतिथ्यतामा सम्पन्न वनभोज तथा विविध साँस्कृतिक कार्यक्रमको सभाध्यक्षता संघका अध्यक्ष महेन्द्र थापा मगरले गरेका गर्नुभएको थियो। प्रथम शहिद लखन थापा मगर तथा सहिदहरुप्रति एक मिनेट मौन धारणा पश्चात् शुरु भएको औपचारिक कार्यक्रमलाई महासचिव बिजय कुमार मगरको संचालनमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै २१ औं सताब्दीले भित्र्याएको विधुतिय प्रविधिको विकाश संगै लाईब्रेरीलाई अनुशरण गरी आर्थिक, समाजिक रूपान्तरणमा उपलब्धि हुने विश्लेषण सहित यसको महत्त्व र आवश्यकतामा

Read more

मृगौला पीडित मान बहादुर आले मगर लाई मगर सँघ ओमानको सहयोग !

माघ १०, ओमान नेपाल मगर संघ ओमानले मृगौला पिडित मान बहादुर आले मगरलाई आर्थिक सहयोग गरेको छ । मगर संघ ओमानकी सदस्य शान्ती आले मगरकी दाजु समेत रहनुभएका पिडित मगरलाई ५४ हजार ४ सय ७३ रुपैया सहयोग गरिएको सुक बहादुर थापा मगरले जानकारी दिनुभएको छ । पाल्पाको नमुना गाँउविकास समिती वडा नं. १ निवासी मान बहादुर आले मगरको गौतम बुद्ध सामुदायिक मुटु हस्पिटल वुटवलमा उपचार भईरहेको र उहाँको आर्थिक अवस्था कमजोर भएको भन्दै अस्पताल र गाँउ विकास समितीको कार्यलयले सहयोग गर्न सिफारिस समेत गरेको छ । आफुहरुले सिफारिस संगै जानकारी पाएपछी उक्त रकम संकलन गरी सहयोग गरेको नेपाल मगर संघ ओमानले जनाएको छ । नेपाल मगर संघ ओमानले विगतदेखी नै विभिन्न आपत विपदमा परेकालाई सहयोग गर्दै आईरहेको छ ।

Read more

आदिवासी जनजाति महासंघ कतारले जनजाती चित्रकारहरुलाई गरे सम्मान !

कृष्ण सारू मगर दोहा(कतार, २३ जनवरी नेपाली प्रवासी आदिवासी जनजाति महासंघ कतारले चित्रकार हितमान गुरूङ, शिलसा राजभण्डारी, मेख लिम्बूलाई एक कार्यक्रमका विच सम्मान गरेको छ । विभिन्न मातृ संस्था तथा क्षेत्रीय संस्थाको समन्वयमा महासंघका कार्यबाहक अध्यक्ष लिलम चिदि मगरको सभाध्यक्षतामा दोहाको भुईयान रेष्टुरेन्टको सभाहलमा आईतबार गरिएको एक कार्यक्रमा नेपाल देखि आएका आदिवासी जनजाति चित्रकारहरुलाई सम्मानगरिएको हो । कार्यक्रममा शिलसा राजभण्डारी, मेख लिम्बू, डा. डिना बाङ्देल, डा. बिभाकर साक्य, महासंघका प्रमुख सल्लाहकार सियाराम चौधरी, संस्थापक सदस्य दिल किरण खजुम लिम्बू, संस्थापक बिल गुरूङ, सुक बहादुर तामाङ, सल्लाहकार सदस्य, चन्द्रशेर राई लगाएतका अतिथीहरुको उपस्थिती रहेको थियो । महासंघमा आवद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू गैर आवासीय नेपाली संघका महासचिव ईन्जिनियर नन्द प्रसाद गर्बुजा मगर स्थानीय पत्रकार विशिष्ट ब्याक्तित्वहरूले सहभागिता जनाएको समारोहमा

Read more

माओवादी केन्द्र र जनप्रगतिशील मञ्च हङकङद्वारा पत्रकार श्रीसलाई सम्मान तथा विदाई !

हङकङ, माघ १० मगर संघ हङकङको निमन्त्रणामा माघे सकराती कार्यक्रमका लागि हङकङ पुगेका नेपाल मगर पत्रकार संघका उपमहासचिव रूद्रबहादुर श्रीसलाई नेकपा (माओवादी केन्द्र) हङकङ शाखा र जनप्रगतिशील मञ्च हङकङले सम्मान एवं बिदाइ गरेको छ । सो अवसरमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका वरिष्ठ उपाध्यक्ष रमेशकुमार लिङ्देनलाई समेत बिदाइ एवं सम्मान गरिएको थियो । पत्रकार श्रीस र नेता लिङ्देनलाई नेकपा (माओवादी केन्द्र) हङकङ शाखाका अध्यक्ष रविन लिङ्देन र जनप्रगतिशील मञ्च हङकङका अध्यक्ष धिरेन चाम्लिङ राईले संयुक्त रूपमा सम्मान गर्नुभएको थियो । कार्यक्रममा हङकङबासीका विभिन्न समस्याबारे नेताहरूले बोलेका थिए । कार्यक्रमको सञ्चालन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सचिव दुर्गा गुरुङ ‘मिलन’ले गर्नुभएको थियो ।

Read more

मगर संघ हङकङले माघे सकराती पर्व भव्य रूपमा मनायो !

हङकङ, ९ माघ मगर संघ हङकङको आयोजनामा मगरहरूको महत्वपुर्ण मौलिक तथा सांस्कृतिक चाड माघे सकरातीलाई भव्य रूपमा मनाईएको छ । हङकङको प्रसिद्ध मंकीहिलमा हङकङबासी मगरहरूले आफ्नो चाड भव्य रूपमा मनाएका हुन् । सो अवसरमा मगर नौमती बाजा र सांस्कृतिक झाँकी सहितको बृहत ¥याली समेत निकालिएको थियो । विदेशी भूमिमा समेत मगरहरूले निकै महत्वपुर्णका साथ आफ्नो चाड मनाएको देख्दा हङकङ अन्य नागरिकहरूले निकै चासो दिएका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपालबाट सहभागी हुन गएकी नेपाल मगर संघकी केन्द्रीय मुख्य सचिव रेनुका काउचामगरले विदेशी भूमिमा पनि मगरहरूले आफ्नो संस्कृतिलाई बचाइराखेकोमा धन्यवाद व्यक्त गर्नुभयो । ‘तपाईहरूले विदेशी भूमिमा पनि हामी मगरहरूको संस्कृतिलाई बचाइराख्नु भएकोमा मगर संघ केन्द्रका तर्फबाट धन्यवाद व्यक्त गर्दछु’, काउचाले भन्नुभयो, ‘तपाईहरूको भव्य कार्यक्रमबाट सबैले पाठ सिक्नु जरुरी छ ।’

Read more

युएईमा माघे सक्रान्ति पर्व २०७३ !

माघ ९, युएई नेपाल मगर संघ विदेश शाखा युएईले माघे सक्रान्ति पर्व २०७३ एक कार्यक्रमको आयोजना गरी मनाएको छ । ७ गते शुक्रबार युएई स्थित दुबई धो क्रुईसमा मगर संस्कृतिमा प्रचलित सांस्कृतिक झाँकीहरुको साथमा एक आपसमा सुभकामना आदानप्रदान गरी माघे सक्रान्ति पर्व मनाएको आयोजनक समिती संयोजक तथा उपाध्यक्ष टंक थापा मगरले जानकारी दिनुभएको छ । कार्यक्रममा प्रस्तुतीको लागी नेपालबाट चर्चित लोक गायिका निर्मला थापा त्यहाँ पुग्नुभएको थियो । मगर समुदायमा प्रचलित कौह्रा नाच , सालैजो साथै चर्चित लोक गायिका निर्माला थापा मगरको प्रस्तुति र युएईमा पहिलोपटक भित्र्याउन सफल मगर पन्चेबाजा लगाएत साँस्कृतिक झाँकी र मगर समुदायमा प्रचलित खानाका परिकारहरु आकर्षणको केन्द्र बनेको थियो । कलाकार रेबिका थापा मगरको नृत्य मार्फत सहभागीहरुलाई स्वागत गरेपस्चात सुरु भएको कार्यक्रममा गायिका निर्मला थापा मगर

Read more

माघे सक्रान्ति २०७३ र मगर संघ बहराईनको छैटौँ अधिवेसन एकैसाथ सम्पन्न !

कृष्ण सारू मगर माघ ८, मानमा बहराईन नेपाल मगर संघ विदेश शाखा बहराईनले माघे सक्रान्ति पर्व तथा आफ्नो छैँटौ महाधीवेसन एक साथ सम्पन्न गरेको छ । “इतिहास, भाषा,सस्कृती,संरक्षण, सम्वर्द्धन मगरहरुको मुलमन्त्र, जातिय पहिचान र स्वयत्त शासन सहितको सङ्घिय लोकतन्त्रीक गणतन्त्र” भन्ने मुल नाराका साथ, नेपाल मगर संघ बहराइनले आफ्नो छैठौं अधिवेसन सम्पन्न गरेको हो । अधिवेसनले पुनं. श्याम पुन मगरको अध्यक्षतामा नँया कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको छ । मानमा स्थित फुड सिटि सेन्टरको हलमा सम्पन्न उक्त कार्यक्रममा मगर संघ बहराईनकी साँस्कृतिक सचिव सरिता दर्लामी मगर, सहसचिव नीर राना मगर, तेजेन्द्र थापा मगर र कृष्ण बहादुर खाम्चा मगरले सामुहिक रुपमा मातृभाषामा स्वागत गीत प्रस्तुत गर्नुभएको थियो । अन्तराष्ट्रिय नेपाली कलाकार समाजका अध्यक्ष अशिम महत, विश्व बिनोद, सरिता दर्लामी मगर र

Read more

कोरियामा माघे संक्रान्ति भब्यताका साथ सम्पन्न (फोटो/भिडियो फिचर)!

सि.पी.मगर दक्षिण कोरिया मगर समुदायको महत्त्वपूर्ण चाड माघे संक्रान्ति प्रबासी भुमि दक्षिण कोरियामा भव्यताका साथ मनाइएको छ। नेपाल मगर संघ दक्षिण कोरियाको आयोजनामा मगर-माघे संक्रान्ति बिशेष कार्यक्रम निकै नै भव्य रहेको थियो। राजधानी सौल देखि निकै टाढा रहेको शहरहरु बुसान,किम्हे,थेगु बाट पनि थुप्रै मगर तथा मगरहरुको बाक्लो सहभागी रहेको थियो । संघका अध्यक्ष खड्ग थापा मगरको सभापतित्व बरिष्ठ उपाध्यक्ष बिक्रम राना मगरको स्वागत मन्तव्य र महासचिव सुब्बा राना मगरको सन्चालनमा औपचारिक कार्यक्रम भएको थियो। श्रम सहचारी देवराज ढकालको प्रमुख आतिथ्यतामा उपस्थित अन्य अतिथिहरुले मगर संघको बिभिन्न सांस्कृतिक सामाजिक रचनात्मक कार्यको प्रशंसा गर्दै माघे संक्रान्तिको शुभकामना दिनु भएको थियो । कार्यक्रमको दोस्रो चरणमा नेपाल बाट आमन्त्रित बहु चर्चित कलाकार द्वय कुमार पुन मगर र गीता पाइजा मगरले आफ्नो सुमधुर गीतहरु बाट

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)