नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को अध्यक्ष पदमा मानबहादुर राना मगर !

मगर मिडिया काठमाण्डौँ, माघ १७ नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अध्यक्षमा मानबहादुर राना मगर निर्वाचित भएका छन् । फिप्ना अमेरिकामा रहेका नेपाली संस्थाहरु मध्येको सबैभन्दा ठूलो संस्थाको रुपमा दावी गर्दै आएको संस्था हो । जनवरीको अन्तिम साता अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको फिप्नाको छैठौं राष्ट्रिय महाधिवेसनको बहुमतबाट राना मगर निर्वाचित भएका हुन् । महाधिवेशनले राना मगरको नेतृत्वमा ८ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित  भएका छन् । नयाँ कार्यसमितिमा बरिष्ट उपाध्यक्ष पदका लागि राजकुमार विष्ट, उपाध्यक्षमा निमा लामा, सचिवमा गोवा शेर्पा ढोक्प्या र कोषाध्यक्षमा विजयमान सिंह निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा जयवीर गुरुङ र फुर्पा लामा ह्योल्मो पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित रानामगरले प्रतिद्वन्दी मणि वाङ्देल राईलाई १८ मतको अन्तरले पराजित गरेका थिए । उनले कुल मतको ४० मत

Read more

मगर संघ कतारले पनि मनाए मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाड माघे सङक्रान्ति (फोटो फिचर सहित) !

बिजय कुमार मगर १० माघ, दोहा कतार नेपाल मगर संघ शाखा कतारले गत शुक्रबारको दिन मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाडको अवसर पारेर संघका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा, २०१७ र १८ का लागि साँस्कृतिक बाङ (राजा) रेशम आले मगरको विशेष उपस्थित र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष देवराज राईको प्रमुख आतिथ्यमा समाल पब्लिक गार्डनमा १२०० जनमानसको उपस्तिथिमा माघी सङक्रान्ति २०१८ तथा बनभोज कार्यक्रमको साथ मा विविध साँस्कृतिक कार्यक्रम २०७४ मनाएका छन् । उक्त कार्यक्रममा विशेष अतिथिहरुमा एन.आर.एन.ए (एन.सि.सि) कतारका महासचिव बुधबल गुरुङ, मगर संघ कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर, जनजाती महासंघमा आबद्ध मातृ संस्थाहरु, बैचारिक संघ संस्थाहरु , मगर संघ कतारका सल्लाहकारहरु साथै अतिथिहरुमा विभिन्न धार्मिक तथा जातिय संघ संस्थाहरु जिल्लावासी संस्थाहरु, कला तथा साहित्य संस्थाहरु,

Read more

इजरायलमा गोर्खा एसोसिएसनको आयोजनामा ग्लोबल गोर्खाल्याण्ड युनिटी मार्च भब्य रुपले सम्पन्न !

जुलाई ३१ तेल अभिव इजरायलको तेल अभिवमा पनि इजरायल गोर्खा एसोसिएसनको अयोजनामा Global gorkha Unity Marcha भब्य रुपले सम्पन्न भएको छ । हिजो जुलाई ३० को दिन बिस्वभरिनै अयोजना गरिएको Global gorkha Unity Marcha कार्यक्रम तेल अभिवको लेबिन्सकी पार्कमा बेलुका ठिक ९ बजे सुरु भएको सो कार्यक्रम एसोसिएसनका अर्चना गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।प्रमुख अतिथि नेपाली समुदायको तर्फबाट समाजसेवी तथा डिजे बिपिन तामांग रहनु भएको थियो । बिर शहिदहरुलाई श्रदान्जली स्वरुप मैनबत्ती बालेर कार्यक्रम शुरु भएको थियो ।भारतको राष्ट्रिय गानबाट अगाडी बढेको कार्यक्रममा रुबल लामाले स्वागत मन्तब्य दिनुभएको थियो भने प्रमुख अतिथि बिपिन तामांगले गोर्खाल्याण्ड प्राप्तिको लागि शुभकामना दिनु भएको थियो । विवेक लामा र रिदम बान्तवाको देश प्रेमले भरिएको सांगीतिक प्रस्तुति कार्यक्रमको आकर्षकको रुपमा रहेको थियो ।गित र

Read more

नेपाल मगर संघ शाखा यूएई फुजैराह क्षेत्रीय समितिकाे अधिबेशन सम्पन्न !

ज्ञावत राना मगर (चन्द्र) जुलाई २८, २०१७, यूएई फुजैराह | २८/०७/२०१७ मा यूएईको फुजैराह सहर स्थित माधब पार्कमा नेपाल मगर संघ शाखा यूएई क्षेत्रीय समिति फुजैराह अधिबेशन क्षेत्रीय समितिका उपध्यक्ष श्री हिमाल रासकोटी मगर ज्यूकाे अध्यक्षतामा र नेपाल मगर संघ साखा यूएईका केन्द्रीका संरक्षक प्रमुख श्रीमति सुनीता राना मगर ज्यूकाे प्रमुख अातिथ्यमा सम्पन्न भएको थियाे । उक्त कार्यक्रम संचालन नेपाल मगर संघ शाखा यूएई अलऐन क्षेत्रीय समितिका अध्यक्ष श्री यमन घर्ति मगर ज्यूले गर्नुभएको थियाे । नेपाल मगर संघ शाखा यूएई अलऐन क्षेत्रीय समितिका अध्यक्ष श्री यमन घर्ति मगर ज्यूले पुरानो समिति बिघतन भएको र श्री हिमाल रासकोटी मगर ज्यूकाे अध्यक्षतामा १७ सदस्यीय नया कार्य समिति गठन भएको घाेषणा गर्नुभएको थियाे । उक्त कार्यक्रममा नेपाल मगर संघ शाखा यूएईका केन्द्रीय

Read more

नेपाली राहदानीको दुरूपयोग र सिङ्गो नेपालको स्वाभिमानमाथि नै खिल्ली ।

हुम सुनारी मगर पाल्पा, हाल साउदी अरेवीया नेपाली राहदानीको चरम दुरूपयोग, विश्व मै बदनाम। एउटी नेपाली मूलकी भारतीय महिला दाङ कि इन्द्र कुमारी गिरीको राहदानीमा उनको फोटो टाँसेर दिल्लीबाट ६ बर्षअगाडी साउदी अरेवीया छिरेकी रहेछिन्। तीनदिन अगाडी उनि उद्धार गराईपाऊ भनेर नेपाली दूताबास, रियादमा शरण पर्न आएकी रहेछिन्। दूताबासले उनको बारेमा सबै अनुसन्धान गर्दा उनि पश्चिम बङ्गाल भारत (दार्जिलिङ्ग) को रहेको थाहा भयो। तीनदिनसम्म उनलाई दूताबास कै शेल्टरमा राखेर खानबस्न दिईयो। उनि नेपाली नभएको प्रमाणित भएपछि उनलाई दूताबासले उद्धार प्रक्रिया अगाडी बढाउँन नसक्नेभयो। दूताबासपरिसर वरिपरि बस्नु, साउदी सुरक्षाकर्मीले तिमीलाई उद्धार गरेर भारत निर्वासन गर्नेछ भन्ने सल्लाह उनलाई दिईयो र उनि दूताबासको मूलढोकाभन्दा केहिपर एउटा रूखको छहारीमा हिजो बिहानदेखि बस्दै रहेछिन् । नरेन्द्र बम्जन (ट्याक्सी चालक) ले उनलाई हिजो बिहान त्यसरी

Read more

जनजाती महासंघ इजरायलले जातीय संस्थाहरुलाई “मगर संघ इजरायल” को कार्यक्रममा जान रोक लगायो !

श्रावण २, तेलअविभ, इजरायल रोजगारीको शिलशिलामा इजरायलमा रहेका मगर समुदायहरुको संस्था नेपाल मगर संघ इजरायलले “मगर भाषा, भेषभुषा, धर्म संस्कृतिको संरक्षण एवम् विश्व भरीका मगर समुदायको एकता, अहिले को आवश्यकता” भन्ने मूल नाराका साथ यहि जुलाई १४ तारिख शुक्रबारका दिन तेल अभिवको सी साईडमा चौथो वार्षिकोत्सव तथा दोश्रो अधिवेशन बिशेष कार्यक्रम गरि सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाल मगर संघ इजरायलकी का.वा. अध्यक्ष बिष्णु पुन मगरको सभापतित्व, नेपालि राजदुतावास इजरायलका सहचारी श्री कमल कोइरालाको प्रमुख आतिथ्यता, एन आर एन ए इजरायलका बरिष्ठ उपाध्यक्ष बिशाल ज्ञवालीको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा विभिन्न सामाजिक, धार्मिक, राजनतिक संघ संस्थाका प्रतिनिधिहरु लगायत बिभिन्न संचारकर्मीहरुको बाख्लो उपस्थिती रहेको थियो । मगर संघ इजरायलले, इजरायलमा रहेका विभिन्न जातिय संघ संस्थाहरुलाई आधिकारिक रुपमा पत्राचार गरि कार्यक्रममा

Read more

जिफान हङकङको अध्यक्षमा रोशन गुरुङ !

रूद्र श्रीसमगर हङकङ, २१ वैशाख गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) हङकङ शाखाको प्रथम अधिवेशनबाट अध्यक्षमा रोशन गुरुङ चयन हुनुभएको छ । मंगलबार सम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा विमल गुरुङ, उपाध्यक्षमा माया गुरुङ, महासचिवमा सुवास गुरुङ, सचिवमा विश्वास गुरुङ, कोषाध्यक्षमा रिस्ता गुरुङ र सह–कोषाध्यक्षमा च्योउन गुरुङ चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा पुकार गुरुङ, किशोर गुरुङ (पर्वत), प्रमिला गुरुङ, सोबित गुरुङ, सुनिता गुरुङ, श्री गुरुङ, कृष्ण गुरुङ, सनम गुरुङ, प्रवक्तामा चौ गुरुङ र सुजाता गुरुङ चयन हुनुभएको छ । त्यसैगरी, अधिवेशनले दुर्गा गुरुङ ‘मिलन’, कोमल गुरुङ ‘कान्छा’, दिलीपसिंह गुरुङ, इन्द्रकाजी गुरुङ, किशोर गुरुङ, सत्य घले, मनबहादुर गुरुङ, विजय गुरुङ र देव गुरुङलाई सल्लाहकारमा चयन गरेको छ ।

Read more

कतारमा “तमु प्ये ल्हु संघद्धारा चेलीबेटी भेटघाट तथा सम्मान !

कृष्ण सारू मगर माघ २३, दोहा-कतार तमु जातिहरूको दोस्रो महान पर्व रि-च्हमी कै पिबा (चेलीबेटी भेट) तथा सम्मान कार्यक्रम दोहाको मदिना खलिफा स्थित रोतना सभाहलमा “तमु प्ये ल्हु संघ”ले विशेष कार्यक्रम गरि मनाएका छन् । ” शास्त्र रहे संस्कार रहन्छ, संस्कार रहे संस्कृति रहन्छ, संस्कृति रहे परम्परा रहन्छ, परम्परा रहे मानिसको अस्तित्व रहन्छ ” भन्ने मुल मन्त्रलाई आत्मासाथ गरि कार्यक्रममा छोरी, चेली पक्षले विभिन्न पदार्थ बाट तैयार बनाएका खाने/पिउने परिकारलाई जन्मघरका छोरी/चेली बिच “आमा” को अन्तर संवन्धका केही महत्त्वपूर्ण विषयमा तौ मायाँ तमुले र ईशा तमुले “रि-च्हमी कै पिबा” का बरेमा नेपाली भाषामा अनुवाद गर्दै उपस्थित गैर तमु पाहुनागणलाई विविध विषयमा प्रष्टाउँदै जानकारी दिए । नेपाल प्रवासी आदिवासी-जनजाति महासंघका प्रमुख सल्लाहकार समेत रहेका समाजसेवी सियाराम चौधरीले कतारमा स्थापित तमु समुदाय

Read more

पाल्पाली समाज युएईद्धारा विभिन्न पिडित परिवारलाई सहयोग प्रदान !

कृष्ण सारू मगर, माघ १८, युएई पाल्पाली समाज युएईले ह्दयघातको कारण ज्यान गुमाएका स्वर्गिय विष्णु बहादुर थापा मगरको परिवारलाई एक लाख पच्चिस हाजार रुपैया सहयोग गरेको छ । उक्त सहयोेग रकम मृतकका छोरा प्रतिक थापाको शिक्षामा लाभ होस भनी पश्चिमाञ्चल फाईनान्स कम्पनी लिमिटेडमा छोराको संरक्षकले प्रत्येक दुई वर्षमा नविकरण ब्यावस्था कायम रहने गरि १ लाख रुपैया बराबरको मुद्धती खाता खोलेको जनाईएको छ। केश बहादुर बाह्रघरे मगरको नाममा आईएमई बैक पाल्पा शाखाबाट पाउने गरि पठाईएको उक्त रकम मध्य २५ हजार रुपैया किरिया खर्चका लागि फुजेरा क्षेत्रीय अध्यक्ष इन्द्र बहादुर घर्ती मगरको सह्योगमा स्व. थापाकी धर्मपत्नी टिकु माया थापा मगरलाई समाजले हस्तान्तरण गरिएको जनाईएको छ । हृदयघातका कारण ३१ वर्षको अल्पायूमै निधन भएका बर्मु, जल्पा ९ पाल्पाका स्व.थापा रोजगारीको शिलशिलामा ४ वर्ष

Read more

अन्तर नेपाली मैत्रीपुर्ण भलिबल प्रतियोगिता २०१७ को उपाधी मगर संघ ओमानको टिमलाई !

सुक बहादुर थापा मगर माघ १७ ,ओमान ओमान नेपाली एकता समाजको आयोजनामा भएको अन्तर नेपाली मैत्रीपुर्ण भलिबल प्रतियोगिता २०१७ को उपाधी नेपाल मगर संघ ओमानले हात पारेको छ । ओमानको राजधानी मस्कट स्थित गोब्रा पावर कम्पनिको खेल मैदानमा गत शुक्रबार संचालन भएको यस भलिबल प्रतियोगितामा १३ टिमले सहभागीता जनाएका थिए । ओमानमा हुने अन्तर नेपाली भलिबल प्रतियोगितामा अधिकांश रुपमा बिजय हासिल गर्दै छुट्टै इतिहास बनाएको नेपाल मगर संघ ओमानले यस पटक पनि अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा रोमान्चक जित हासिल गरि बिजेता बनेको हो । समूह ‘बि’ पोलमा रहेको यस टिमले लु।लु। लाली गुराँस ‘ए’ र आयोजक टिम ‘ए’ लाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने उप बिजेता ठकुरी स्पोर्ट्स क्लबले ूएू पोल बाट आयोजक टिम’बि’ र सोहार युवा क्लब लाई हराउदै

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)