इतिहास जित्नेहरुकोलागि मात्र होइन इमान्दारीताका साथ कर्म गर्नेहरुकोलागि पनि हो !

दीपा आले आश्विन ९, काठमाडौँ भाग्य र समय यति बलवाल हुन्छ जहांं केवल भगवानको क्रिपा र समयले साथ दिन्छ । भगवानको क्रिपा र आसिरबात विना मानिसले यो संसारको कल्पना गर्न गाह्रो छ । किन कि प्रत्येक जिवित प्राणीमा भगवानको आत्मा रुपी शक्ति हुन्छ । जुन शक्तिको कारण भौतिक वस्तुहरुको विकास भइरहेको छ । यो विश्वब्यापी मान्यता हो । किन कि हरेक आत्मारुपी मानवप्राणीले महसुस गरेका छन् र व्यवहारमा समेत उतारेका छन् । कर्म गरेका छन् । त्यसैले त भनिन्छ मानिसले जति नै प्रयास गरेतापनि भाग्य र समय भन्दा अगाडि उसले केही पनि पाउंदैन । किन कि हरेक सफलता पाउनकोलागि भाग्य र समय कुर्नु पर्ने हुन्छ । किन कि कर्म त सबैले गरेका हुन्छन् । जुन दिन समय आउंछ त्यो दिन

Read more

स्मार्ट गाउँ र नगर कसरी बनाउँने ?

हुम सुनारी मगर, साउदी अरब स्थानीय तहको चुनाव अगाडी स्मार्ट गाउँ र नगर बनाउँने बिषयले अग्रस्थान पाएको थियो। विभिन्न राजनीतिक दलबाट अध्यक्ष तथा मेयरका लागि उम्मेदवारहरूका चुनावी घोषणापत्र र प्रतिवद्धता पत्रमा स्मार्ट गाउँ तथा नगर बनाई दिने कुराले प्रमुखता पाएको थियो। तर, यो स्मार्ट गाउँ र नगर भनेको के हो र कस्तो हुन्छ ? यो कसरी बनाउँन सकिन्छ ? यसको योजना के हो भन्ने सायदै उम्मेदवारहरूले जनतालाई प्रष्ट्याएका थिए। यो प्रचार एउटा चुनाव जित्ने रणनीति बाहेक अरू केहि थिएन भन्दा अन्यथा नहोला। कुरा स्मार्ट गाउँ र नगरको गर्ने तर त्यसको कार्यन्वयनका लागि कुनै योजना नै नबनाउँने भयो भने ‘मुखमा रामराम बगलीमा छुरा’ भन्या जस्तै हो। ८० प्रतिशत भन्दा बढी नेपालीहरू स्थानीय तह अथवा ग्रामिण क्षेत्र मै बसोबास गर्दछन्। त्यसैले, स्थानीय

Read more

उत्पिडित नेपाली जनताको मताधिकारको चेतनास्तर !

पुर्ण बहादुर रानामगर स्थानिय तहको पहिलो चरण निर्वाचन २०७४ वैशाख ३१ गते सम्पन्न भएको थियो । सो निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट म स्तम्भकार आफैं तनहुँ जिल्ला ऋृषिङ गाउँपालिकाको प्रमुख/अध्यक्ष पदमा उम्मेदवार भएको थिएँ । चुनाव प्रचार प्रसार अभियानमा आफ्नो निर्वाचन क्षेत्रको अधिकांश ठाउँमा चुनावी कार्यक्रम तथा नेपाली नागरिकसंग प्रत्यक्ष भेटघाट गरें । आफुलाई उम्मेदवारको रुपमा परिचित गराउने क्रममा धेरै जनतासँग भलाकुसारी भएको थियो । चुनावी अभियानमा सार्वभौम नेपाली जनताको चेतना अवस्था बुझ्ने अवसर पाएँ । सार्वभौम नेपाली नागरिकको मताधिकारको चेतनाको अवस्थालाई पाँच भागमा बर्गिकृत गरेको छु । १. निरपेक्ष अचेत (Absolute Unconsciousness Stage) {नचिन्ने} अवस्था २०२५ साल देखि २०४० साल सम्म जति निर्वाचनहरु भए तत्कालिन अवस्थामा नेपाली जनताले पार्टी र नेताको नामै नसुनि घरगाउँको मुखिया वा बाबाआमा, काकामामा, दाईदिदीहरुले

Read more

रैंया लगाएर हेरे पछि !

हेमा आले ‘बोगी’ माघ २८, कावासोती नवलपरासी नेपाली कथानक चलचित्र रैंयाको छायांकन हुँदा देखि नै विभिन्न किसिमले चर्चामा आईरहेको थियो । चलचित्र प्रदर्शनीका लागि तयार भइसकेपछि पनि निर्माण पक्षबाट जातीय पहिरन, पहिचान र आत्मरक्षाको कवच भनि गरिएको प्रचार प्रसार, चलचित्र हेरिसकेका दर्शकहरुको प्रतिक्रिया आदीको कारण कावासोती र यस आसपासका हामी सबै मगरहरुलाई कावासोती बजारमा एक पटक रैंया लगाएरै हेर्ने धोेको थियो । देश विदेशका विभिन्न स्थानमा सफल प्रदर्शन गरिसकेको रैंयालाई हामीले भने कावासोतीमा भर्खरै मात्र लगाएर हेर्ने अवसर पायौं । प्रर्दशनको पहिलो दिन नै दुई सो चलेको हल भित्र खचाखच भएर हामी सबै मगरहरुले गर्वका साथ हेर्यौं । चलचित्र हेरेर नसकिन्जेल शायदै कोहि बाहिर निस्किए होलान् नत्र सबैले निकै तन्मयका साथ हेरेर रमाएका थिए । यहाँ एउटा दर्शकको आँखाबाट यसै

Read more

एकल जातीय पहाडी कथित राष्ट्रबाद vs इन्द्रेणी राष्ट्रबाद !

इन्द्र नारथुङे, पौष १९, खोटांग हिजो अंग्रेजी नयाँ बर्ष तर नेपालमा कथित राष्ट्रबादी भनाउँदाहरुले “टोपी दिवस” मनाए । टोपी विभिन्न प्रकारको हुन्छ, तर हिजोको दिवस केवल “ढाका टोपी” को थियो । अर्थात दिवसमा पनि एकल जातीय/मनोविज्ञानको प्रभुत्व । ढाका टोपीसँग गाँसिएको राष्ट्रबादलाई ‘कथित’ भन्ने कि नभन्ने ? केही दिनदेखि जाडो अचाक्ली बढेको छ । यो बेला हरेक नेपालीको (पुरुष/महिला) शीरमा टोपी अवश्य देख्न सकिन्छ, तर ढाका टोपी होइन उनीको बाक्लो भुवादार टोपी, जसले चिसोबाट सुरक्षित गराउँछ । गर्मीको बेला घाम छेक्न धेरै नेपालीले क्याप टोपी लगाएको देख्न सकिन्छ । तालु खुइले देखि केस पाकेकाहरुसम्मले टाउकोको कुरुपता लुकाउन टोपीकै सहारा लिएका हुन्छन् भने भरखरै कोराबाट उत्रेकाहरुले चिण्डे टाउको लुकाउन पनि टोपी नै लाएका हुन्छन् । त्यसैले भन्न सकिन्छ, टोपी आवश्यकताले लगाउने

Read more

खबरदार !!! बिनुको ज्यान लिने अभियुक्त उम्कीन नपाओस् । उनलाई न्याय दिन सबै नेपाली एकताबद्ध हौं ।

दिपा आले काठमाडौ समाजमा सोच्दै नसोचेको घटना घटेको सुन्दा आंङ्ग नै जिरिङ हुने गर्दछ । कतै श्रीमानले आफ्नै श्रीमतिलाई हत्या गरेको छ त कतै बाबुले आफ्नै सन्तानलाई बलत्कार गरेको घटना दिनप्रतिदिन सुन्न पाईन्छ । एकातिर देशमा संविधान संसोधनको प्रक्रिया चलिरहेको अवस्था छ भने अर्को तिर नेपाली महिलाहरुले दिनडाहादै ज्यान गुमाउनु परेको पीडा छ । यसरी घटेका घटनाहरुलाई हेर्दा महिलाहरुले आजका दिनसम्म पनि हिंसारहित समाजमा बांच्न नपाएको हामीले महसुस गर्नु परेको छ । अर्को तिर फितलो प्रशासनको नजवाफ श्रृंखलाहरु दिनदिनै देखिएको छ । जसले गर्दा पीडितले समयमै न्याय पाउन नसकेको र पिडक उम्कीन सकेको घटनाहरु हाम्रो समाजमा विद्यमान छ । समाजमा यसरी दिनदिनै महिलामाथि हिंसा हुनुको कारण के त ? के नेपालको कानुन फितलो भएको हो ? या महिलाको नै कमजोरी

Read more

भोलि तानसेन प्रादेशिक राजधानी भए के गर्ने ?

हुम सुनारी मगर इमेल: humbsmgr@gmail.com यो आर्टिकल मैले बिशेष गरि पाल्पा र त्यसको छिमेकी जिल्लाबासीहरूलाई लक्षित गरि लेखेको छु । आर्टिकल कसैको समर्थन र बिरोधमा लेखिएको छैन । पढ्दै जाँदा एक समूदायलाई प्रसय दिएर लेखिएको जस्तो देखिए पनि आर्टिकलको अन्त्यमा त्यस भूभागमा बसोबास गर्ने आम जनसमूदायहरूको हितमा लेखेको छु । प्रचण्ड सरकारले पाच नम्बर प्रदेशलाई संविधान संशोधन प्रस्ताबमा थोरै परिमार्जन गरेको छ । लुम्बिनी अञ्चलका पहाडी जिल्लाहरू र रोल्पा, प्युठान र रुकुमको पुर्बी भेगलाई प्रदेश नम्बर चारमा राख्ने प्रस्ताव भएको छ । यसो गर्नु परेको प्रमुख कारण के हुन्, त ? नेपाल २५० बर्षसम्म एकात्मक राज्य व्यवस्थाले चल्यो । मुलुकमा अनेकौं भाषा, धर्म र संस्कृति भए पनि २५० बर्षसम्म मुलुक भरि एउटा भाषा लादियो । एउटै धर्म र संस्कृति लादियो

Read more

संविधान संशोधन गरेर चुनाव गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड !

रूद्र श्रीसमगर पोखरा, मंगसिर १५ प्रधानमन्त्री प्रचण्डले मधेश र आदिवासी जनजाति समुदायका मुद्दा सम्बोधन गर्न संविधान संशोधन गर्नुको विकल्प नरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो । ‘मधेश र आदिवासी जनजाति समुदायलाई चित्त नबुझाएसम्म संविधान सर्वस्वीकार्य बनाउन सकिन्न’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘संविधान संशोधन गरेर चुनावको दिशामा अघि बढ्नु सरकारको प्रमुख दायित्व हो ।’ संविधान संशोधन गरी चुनावी वातावरण तयार गर्ने काममा सघाउन पत्रकारहरूलाई आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका सकारात्मक कामको प्रचार गरिदिन आग्रह गर्नुभयो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री राम कार्की ‘पार्थ क्षत्री’ले नियमसम्मत तरिकाबाट सरकारी सञ्चारमाध्यममा पत्रकारहरू नियुक्ति गरिने जानकारी दिँदै आफूले नेपाल टेलिकममा रोकिएको नतिजा प्रकाशित गरेर करिब पाँच सय जनालाई रोजगारी

Read more

घन बहादुर थापा मगरको एल्बम “मायाको संसार” को समिक्षा !

चिम्खोले काईला बेलायत घनबहादुर थापा मगर बेलायतबासी नेपाली समाजमा एक चिरपरिचित नाम हो / थापा मगर बेलायतमा धेरै संघ-संस्थामा आबद्ध भएपनि उनि मगर संघ युकेका सरक्षक हुन् / बेलायतमै उच्च शिक्षा गरेका घनबहादुर पेशाले नर्स भएता पनि उनि एक सफल ब्याबसायी, समाजसेवी मात्र नभएर एक चर्चित साहित्यकार पनि हुन् / उनका कृतिहरु “देशको माटोमा मेरो फूल” र “क्यक्मीको कोसेली” कबिता संग्रहबाट संकलित रकमले आफ्नो गृह जिल्ला स्यांजाको क्यक्मिमा कहिले पुल, कहिले बिद्यालय निर्माण र विद्यालयको स्तरोनतिको लागि शैक्षिक सामाग्रीको साथै कम्पुटर खरिद गरिदिन पुग्छन घनबहादुर थापा मगर हरेक साल नेपालमा / यस पाला थापा मगर “मायाको संसार” गीति एल्बम बिमोचन गर्न नेपाल पुगेका थिय / घनबहादुर थापा मगरको सब्द रचनामा, पावल चामलिंको एकल संगीतमा गायकहरु राजेश पायल राई, स्वरूप राज

Read more

Slavery Mentality and mindset of the Nepalese Leaders !

Hum Sunari Magar Riyadh, Saudi Arabia The Nepalese people have unpleasantly opposed and objected against the decision of a slavery proclaimed by the Minister Council of the Government of Nepal for a public holiday announced during the formal state visit of the Indian and Chinese presidents to Nepal. As formally announced by the Indian Ministry of External Affairs, it is come to know that the Indian President, Pranab Mukherjee is officially being visited to Nepal from 02nd to 04th November 2016. In this case, the official proclamation of the Government of Nepal for the public holiday seems to be however meaningful while three days state visit to Nepal of Indian President has officially been fixed. But, the declaration of the

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)