मेजर (रिटायर्ड) डा. प्रेम बहादुर आले गैर-आवासीय नेपाली संघ (NRNA) बेलायतको उपाध्यक्ष पदको प्रत्यासी / सहयोगको लागि डा. आलेको अपिल !

लण्डन, श्रावण २९ आदर्णीय दाजुभाई तथा दिदीबहिनीहरु,�नमस्कार।���गैर-आवासीय नेपाली संघ (NRNA) बेलायतको आगमी ९ सेप्टेम्बर २०१७ मा हुने चुनावमा उपाध्यक्ष पदको लागि मेरो उम्मेदवारी घोषणा गर्दै यहाँहरु सम्पूर्ण सम्पूर्ण मान्यजनहरुमा आफ्नो अभिन्न मत दिई अत्याधिक मतले बिजयी गराउन बिनम्र अनुरोध गर्दछु । ���मेरो संछिप्त परिचय �� श्यांजा जिल्लामा जन्मभई सन् १९८४ स-परिवार नवलपरासी हुदै चितवनमा बसाई सराई भएको, हाल डोर्सेट बेलायतमा सपरिवार बसोबास गर्दै आएको छु ।�पृथ्वी नारायण क्याम्पस पोखरामा अध्ययनको क्रममा रहंदा, सन् १९८६ ब्रिटिश आर्मीमा भर्ना भएर झन्डै ३१ बर्षपछी गत सेप्टेम्बरमा मेजर पदबाट अवकाश लिएको छु। सेवा अवधिमा विभिन्न पदमा रही गोर्खाली अनि ब्रिटिश फौजको नेतृत्व गर्ने सु-अवसर समेत प्राप्त भयो। सेवा अवधिकै क्रममा यु.के.को विभिन्न युनिभर्सिटीबाट उच्च शिक्षा ग्रहण गर्ने मौका प्राप्त भई हालै मात्र अक्सफोर्ड ब्रुक्स

Read more

NRNA NCC कतारको सातौं कार्यकालको सचिवमा प्रतिवद्धता सहित श्रेष्ठको नाम दर्ता !

कृष्ण सारू मगर दोहा-कतार, १२ अगष्ट को हुन त दिल कुमार श्रेष्ठ ?विगत २००७ देखि श्रमिकका रूपमा प्रवेश गरेका स्थाई घर पर्वत जिल्ला साविक थापाठाना- २ भई हाल फलेवास नगरपालिका -२ बस्ने बाबा टेक ब. श्रेष्ठ तथा आमा कुश कुमारी श्रेष्ठको कोख बाट माहिला सन्तानको रूपमा जन्मेका वर्ष ३२का दिल कुमार श्रेष्ठ माहिला छोरा हुन् । पत्रकारिताको साथै सदैव संस्थागत सामाजिक गतिविधिहरुमा रुचि राख्नुका साथै विभिन्न संस्थामा आबद्ध रहि सचिव तथा महासचिव लगाएतका जिम्मेवारीहरु बहन गरिसकेका श्रेष्ठले कतारमा रहेका तमाम नेपालीहरूको विभिन्न दु:ख पीडा तथा समस्यालाई प्रतक्ष निगरानीमा सरोकार राख्ने उनि लामो समय देखि विभिन्न संचार क्षेत्रमा आवद्ध कुशल तथा सकृय रहेर विभिन्न अनलाइन तथा अन्तराष्ट्रिय साप्ताहिक राजधानी पत्रिकाका पत्रकार हुन् । मध्ये पूर्वका सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा क्रमिक

Read more

राष्ट्रिय अविस्कार केन्द्रको सहयोगार्थ भ्रमणको आयोजना !

चैेत्र २१, इजरायल राष्ट्रिय अविस्कार केन्द्रुुको सहयोगार्थ नेपाली नया बर्ष २०७४को उपलक्ष्यमा भ्रमणको आयोजना गरिएको छ । तमु प्ये ल्हु संघ इजरायल तथा नेपाल मगर संघ इजरायलको संयुक्त आयोजनामा अप्रिल १५ तारिख शनिबारको दिन हाइफ़को सुन्दर गार्डेन र एतिहासिक महत्व बोकेको रमाइलो ठाउँ रोशानिक्र भ्रमणको आयोजना गर्न लागिएको हो । एक अपासमा भाइचारा ,परिचय तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्य संगै डा. महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्र स्थापनाको लागी सहयोग गर्ने उद्देश्यले सो भ्रमणको आयोजना गरिएको आयोजकले जनाएको छ्र । भ्रमणमा सहभागी भई राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गर्न सम्पूर्ण इजरायलमा बस्ने नेपालीलाई अयोजकले आग्रह गरेको छ । भ्रमणको लागी बस बिहान ५ बजे लेविन्सकी पार्कबाट छुट्ने छ भने साँझ ४.३० देखि ५.०० फर्किने जनाईएको छ । ०५४८३५५३४५,०५४८७०७३७९ ,०५३२०७३०६९ ,०५४८३२२३७९ यी नम्बरहरुमा

Read more

मगर संघ, शाखा कतारले ३५औं मगर दिवस भब्यताका साथ सम्पन्न गर्यो !

बिजय कुमार मगर, दोहा कतार एकीकृत मगरात स्वायत्त प्रदेश स्थापनाको साझा अभियानमा लागौ ! नेपाल मगर संघको ३५औ स्थापना दिवस भव्यताका साथ सफल पारौ !! भन्ने मुल नाराको साथमा बिश्व भर छरिएर रहेका मगरहरुले फाल्गुण १५ को दिनलाई मगरहरुको एकताको रुपमा मगर दिवस भब्य रुपमा मनाउने क्रममा कतारमा पनी मिति २०१७ मार्च १० ( बि. स २०७३ फागुन २७ गते) तारीख शुक्रबारका दिन नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय का.वा अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, दोहा कतारका का. वा अध्यक्ष पुर्षोतम सुनुवारको प्रमुख अतिथिथ्यमा दोहाको नज्मा स्थित अल नक्यायन रेस्टुरेन्टमा ३५औं मगर दिवस विबिध मगर सांस्कृतिक प्रस्तुतीहरुका साथ भब्य रुपमा सम्पन्न भयो । कार्यक्रममा नेपाल मगर संघ, शाखा कतार २०१७/०१८का सांस्कृतिक बाङ (राजा)

Read more

मलेसियामा नारी विशेष सृर्जना बाचन कार्यक्रम सम्पन्न !

फागुन ३०, मलेसिया मलेसियामा रहेका साहित्यकारहरले आइतबार नारी विशेष सृर्जना बाचन गरेका छन् । विश्व नेपाली साहत्यि महासंघ मलेसियाको आयोजनामा क्वालालामपुरको कोताराया स्थित नारी विशेष सृर्जना बाचन कार्यक्रमको आयोजना गरिएको हो । विश्वमा नेपाली साहित्यको विस्तार हम्रो अभियान , साहित्यबाटै नेपालको बेग्लै पहिचान भन्ने नाराको साथ आयोजना गरिएको कार्य साहत्यकारहरु साहित्यकारहरु दिल्लिप सगर राई, जीवन देवान गाउँले, जय प्रसाद आचार्य , रबिन मगर , कृष्ण लामिछाने ‘भीर ‘,अमृत लिम्बू , ,कृष्ण कार्की बेहोशी ,गणेश बाहादुर सुनार, गौर दत्त भट्ट ,अर्जुन काफ्ले ,अञ्जान यात्री लगायतले नारीप्रती गरिएका आ आफ्ना सृजना वाचन गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा कोइराला कान्छाले बासुरीबाजा प्रस्तुत गर्नुभएको थियो । विश्व नेपाली साहित्य महासंघ मलेसियाका अध्यक्ष अमृत लिम्बुको सभापतित्व र कृष्ण लामिछानेको संन्चालनमा सम्पन्न कार्यक्रममा जनजाती महासंघ मलसियाका

Read more

जनमुक्ति मञ्च हंगकंगमा एम.बि. थापा

फागुन १९, काठमाण्डौ राष्ट्रिय जनमुक्ति पार्टीकोभातृ सस्था जनमुक्ति मञ्च हंगकंगको दोस्रो अधिवेसन सम्पन्न भएको छ । नेपाली समाज हंगकंगको ब्यानरमा हंगकंग स्थित नयां पेज डट्कमको कार्यालयमा एम.बि थापाको अध्यक्षतामा सस्थाका महासचिब भिम थापा मगरको संचालनमा कार्यक्रम भएको हो । राष्ट्रिय जनमुक्ति पार्टीलाई बर्तमान संघीय परिषद सदस्य हुम थापाले २०५१ सालमा हंगकंगमा भित्राएका थिए भने २०५४ सालमा जनजाति पार्टीको नामबाट जनमुतिm पार्टीलाई हङकङ सरकारमा दर्ता गराएका थिए । पछि स्वर्गिय पुर्व मन्त्री गोरे बहादुर खपाङ्गी मगर २०६१ सालमा हङकङ जादा नेपाली समाज हङकङ नामाकरण गरी हेमराज थापा मगरको अध्यक्षतामा पार्टी स्थापना गरिएको थियो । अधिवेसनले संघीय परिषदका सदस्य एम.बि. दर्लामी थापा मगरको अध्यक्षतामा २१ सदसीय समिति चयन गरेको छ । सह अध्यक्षमा दल बहादुर चोचांगी, महासचिबमा भिम बहादुर थापा मगर,सह सचिबमा

Read more

अमेरिका को न्युयोर्क मा ३५औ मगर दिवस सम्पन्न ।

फागुन १८, न्युयोर्क अमेरिका को न्युयोर्क मा ३५ औ मगर स्थापना दिवस मगर संघ अमेरिका न्युयोर्क च्याप्टरले नेपाल आदिबासी जनजाती महा संघ अमेरिका को कार्यलय मा एक समारोह आयोजना गरि मनायोको छ । मगर संघ अमेरिका न्युयोर्क च्याप्टर का अध्यक्ष सुमन पुन मगर को सभापतित्व मा भएको समारोहमा नेपाल मगर सघ का केन्द्रीय सस्थापक अध्यक्ष स्वो. हेम बहादुर पुन मगर को तस्बिर मा खादा अर्पण गरि उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघ का उपाध्यक्ष मङल दास श्रेष्ठले गर्नु भयेको थियो । कार्यक्रम मा स्वागत मन्त्ब्य उपाध्यक्ष यम पुन गरेका थिए भने स्वागत मन्तव्य यम पुन प्रमुख अतिथी श्रेष्ठ, मगर संघ अमेरिका महासचिव मान बहादुर राना मगर, फिन्पा का माहसचिव प्रेम गुरुङ , संघीय परिसद सभाध्यक्ष बिनोद पोमो, एन

Read more

मगर संघ इजरायलले प्रधान मन्त्रिलाई ज्ञापन-पत्र बुझायो / प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न जोडदार माग !

फेब्रुअरी २१, तेलअविभ, इजरायल प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै नेपाल मगर संघ इजरायलले प्रधान मन्त्रिलाई ज्ञापन-पत्र बुझाएको छ | नेपाली दुताबास तेलअविभमा पुगेर संघकी कार्यबाहक अध्यक्ष श्री बिष्णु पुनमगर र कोषाध्यक्ष जय पुन मगरले संयुक्त रुपमा कार्यबाहक राजदुत श्री रामेश्वोर पौडेल मार्फत उक्त ज्ञापन-पत्र साथै प्रथम सहिदको एक थान फोटो समेत बुझाउनु भएको हो | साहसिक र सह्रानिय काम गरेको भन्दै मगर संघ केन्द्रका अध्यक्ष श्री नबिन रोकामगरले मगर संघ इजरायललाई हार्दिक बधाई दिनु भएको छ | ज्ञापन पत्रको पूर्ण पाठ: सम्माननिय प्रधानमन्त्री ज्यु मन्त्री परिषदको कार्यलय सिंहदरबार, काठमाडौं । विषय- ज्ञापन पत्र जहानिया राणा शासनको अन्याय र अत्याचारकोविरुद्ध विद्रोह गर्दा शहादत प्राप्त गर्नु भएका नेपालका प्रथम सहिद लखन थापा मगरलाई राज्यले २०७२ असोज

Read more

मगर अन्तराष्ट्रिय मञ्चको पहिलो परिषद् भेला काठमाण्डौमा सुरु (फोटो फिचर सहित)!

फाल्गुन ८, काठमाण्डौ मगर अन्तराष्ट्रिय मञ्चको पहिलो परिषद भेला काठमाण्डौमा सुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने परिषद भेलामा मञ्चको कार्यपद्धति, आगामी योजना लगायत विषयमा छलफल गरिदैे छ । नेपाल मगर संघका एसिया संयोजक तथा हङकङ अध्यक्ष चन्द्रज्योति आले मगरको स्वागत मन्तव्यबाट सुरु भएको परिषद भेलाको उद्घाटन सत्रमा कार्यक्रम बारे जानकारी दिनुहुँदै कार्यक्रमका सभाध्यक्ष मगर अन्तराष्ट्रिय मञ्चका संयोजक थर्क राना मगरले यो मञ्च सबै मगरहरुको साझा चौतारी भएको भन्दै यसलाई अझ प्रभावकारी बनाउन र कार्यसञ्चालन गर्न भएको समस्याप्रति वृहत छलफल गरी निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै प्रमुख अतिथी रहनु भएका नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरले अहिलेको अवस्थामा मगर अन्तराष्ट्रिय मञ्च र नेपाल मगर संघ सम्पुर्ण मगरहरुको सम्पुर्ण हक अधिकारहरुको लागी स्थापना

Read more

एनआरएन एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन मलेसियामा हुदै !

माघ ८, मलेसिया ‘सम्बृद्ध राष्ट्र निर्माणकालागि दक्ष जनशक्ति’ मुल नारा राखेर मार्च १८ र १९ मा गैर आवाशीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन मलेसियामा आयोजना हुने भएको छ । क्वालालाम्पुरस्थित होटेल ग्राण्डमा हुने यस कार्यक्रममा गैर आवाशीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रका मातहतका सबै राष्ट्रहरुले प्रतिबेदन प्रस्तुत गर्ने भएका छन् । आयोजक राष्ट्र मलेसियाले एक साता पहिले बैदेशिक रोजगारीका क्रममा दुःख पाएकाहरुको हितका लागि कल्याणकारी कोष निर्माण गर्नेकार्य पनि माननिय श्रम तथा रोजगार मन्त्री श्री सुर्यमान गुरुङ ज्यूको प्रमुख आतिथ्यमा सुरु गरिसकेको एनआरएन मलेसियाका अध्यक्ष विश्व राईले जानकारी दिए । उनका अनुसार “एनआरएनए मलेसिया कल्याणकारी कोष” निर्माणकार्यलाई निरन्तर राख्दै एनआरएन एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनको तयारी तिब्र पारेको उनले बताए । हालसम्म दश लाख रुपैया कोषमा संकलन भईसकेको राईले जानकारी

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)