नामजस्तै काममा तेज एक सफल युवा व्यवसायीसँगको भिडियो अन्तर्वार्ता !

श्याम राना मगर १४ भदौ काठमाण्डौ दैनिक रुपमा हजारौँ युवाहरु नेपालमा कुनै अवसर तथा सम्भावना भएन भनेर विदेशिरहेको अवस्थामा नेपालमा नै वसेर विभिन्न अवसर तथा सम्भावनाहरुको पहिचान गरि थुप्रै क्षेत्रमा व्यावसाय थालेर तेज रुपमा अगाडि बढ्दै सानै उमेरमा नै आफुलाई एक सफल युवा उद्यमी तथा व्यवसायीको रुपमा चिनाउन सफल तेज विक्रम थापा मगरसँग कार्यक्रम पर्यटन र व्यवसायका लागि हामीले कुराकानी गरेका छौँ । आफ्नै वरिपरि आफैभित्र अथाह सम्भावना छ त्यसलाई आफुले पहिचान गरि त्यसको राम्रो अध्ययन गरेर अगाडि बढ्न सके सफलता पनि आफ्नै सेरोफेरोमा रमाउने बताउने उहाँसँग गरिएको यो भिडियो अन्तर्वार्ता हेर्न तलको लिंकमा जानुहोला ।

Read more

धुर्मुस सुन्तली फाउन्डेशनद्धारा तेस्रो एकीकृत नमुना वस्ती निर्माण गर्ने घोषणा !

पुस ८, काठमाडौँ धुर्मुस सुन्तली फाउन्डेशनले फेरी तेस्रो एकीकृत नमुना वस्ती निर्माण गर्ने भएको छ । नेपालका चर्चित हाँस्य कलाकार तथा पछिल्लो समय समाजिक काममा सक्रिय रहेको जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर समुदायका लागी तेस्रो एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेका छन् । तेस्रो एकीकृत नमुना वस्ती अन्तरगत महोत्तरी जिल्लाको बर्दिबास स्थित ५० परिवार मुसहरहरुका लागी तेस्रो एकीकृत नमुना वस्ती निर्माण गर्न लागेको एक भिडियो मार्फत जानकारी गराउँदै वस्ती निर्माणमा सहयोगको लागी अपिल गरेका छन् ।

Read more

रोकाको कप्तानीमा महिला क्रिकेट छनौट !

प्रेमबहादुर राम्जा घोराही, २३ मंसिर महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताका लागि दाङले क्षत्रस्तरमा हुने छनौट प्रतिष्पर्धाका लागि खेलाडी छनौट गरेको छ । दाङ क्रिकेट संघले सर्मिला रोका मगरको कप्तानीमा १४ महिला खेलाडी सदस्यहरु छनौट गरेको जनाएकोछ । क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाका अनुसार अनु केसी, लक्ष्मी चौधरी ए, लक्ष्मी चौधरी वि, नमिता नेपाली, समिता नेपाली, रविना चौधरी, अनिता चौधरी, नगीता पुन, भावना जिएम, कमला जिएम, मञ्जु चौधरी र जानकी चौधरी छनौट परेका छन् । जिल्ला खेलकुद विकास समिति दाङको आयोजनामा यही मंसिर २५ र २६ गते क्षेत्रस्तरको महिला छनौट प्रतियोगीता हुने बताइएको छ । त्यसका लागि दाङबाट छनौटमा परेका महिला क्रिकेट खेलाडीहरुले अभ्यास गरीरहेका छन् ।।

Read more

फुलाको बृहत सांस्कृतिक तथा खेलकुद महोत्सव सकियो / पुरुष भलिबलको उपाधि भोक्तेनी युवा क्लबलाई !

रूद्र श्रीसमगर साभुङ भगवतीपुर (तनहुँ), २१ मंसिर भैरवी प्रावि, साभुङ भगवतीपुर–९, फुला, तनहुँको २९ औं वार्षिकोत्सवका अवसरमा युनाइटेड युथ क्लबले आयोजना गरेको ‘बृहत सांस्कृतिक तथा खेलकुद महोत्सव–२०७३’ सोमबार सकिएको छ । महोत्सव अन्तर्गत आयोजित वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि भोक्तेनी युवा क्लबले जित्न सफल भयो । उपाधिसँगै भोक्तेनीले ३० हजार नगद, मेडल र प्रमाणपत्र हात पा¥यो । प्रतियोगिताको आयोजक युनाइटेड युथ क्लब द्वितीय र पोखरीछाप तृतीय भए । उनीहरूले क्रमशः २० हजार र १० हजार नगद एवं मेडल र प्रमाणपत्र प्राप्त गरे । मंसिर १५ गतेदेखि सुरु प्रतियोगितामा २७ टिम सहभागी थिए । महोत्सवको समापन गर्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ओमराज आले ‘मदन’ले यस क्षेत्रको खेलकुदको विकासका लागि महोत्सवले महŒवपूर्ण टेवा पु¥याउने बताउनुभयो । ‘महोत्सवले यस क्षेत्रको खेलकुदको विकासका

Read more

खबरदार !!! बिनुको ज्यान लिने अभियुक्त उम्कीन नपाओस् । उनलाई न्याय दिन सबै नेपाली एकताबद्ध हौं ।

दिपा आले काठमाडौ समाजमा सोच्दै नसोचेको घटना घटेको सुन्दा आंङ्ग नै जिरिङ हुने गर्दछ । कतै श्रीमानले आफ्नै श्रीमतिलाई हत्या गरेको छ त कतै बाबुले आफ्नै सन्तानलाई बलत्कार गरेको घटना दिनप्रतिदिन सुन्न पाईन्छ । एकातिर देशमा संविधान संसोधनको प्रक्रिया चलिरहेको अवस्था छ भने अर्को तिर नेपाली महिलाहरुले दिनडाहादै ज्यान गुमाउनु परेको पीडा छ । यसरी घटेका घटनाहरुलाई हेर्दा महिलाहरुले आजका दिनसम्म पनि हिंसारहित समाजमा बांच्न नपाएको हामीले महसुस गर्नु परेको छ । अर्को तिर फितलो प्रशासनको नजवाफ श्रृंखलाहरु दिनदिनै देखिएको छ । जसले गर्दा पीडितले समयमै न्याय पाउन नसकेको र पिडक उम्कीन सकेको घटनाहरु हाम्रो समाजमा विद्यमान छ । समाजमा यसरी दिनदिनै महिलामाथि हिंसा हुनुको कारण के त ? के नेपालको कानुन फितलो भएको हो ? या महिलाको नै कमजोरी

Read more

वेल डान्स राष्ट्रिय नृत्य प्रतियोगिता टि भी रियालिटी सो कार्तिक २९ गतेबाट शुरु हुने !

यमुना राना २५ कार्तिक, काठमाडौँ मगर्स क्रियसन कम्पनी प्रमुख संरक्षक रहेको वेल डान्स स्कुल प्रा.ली.ले देशव्यापी रुपमा आयोजना गर्न लागेको वेल डान्स राष्ट्रिय नृत्य प्रतियोगिता टि भी रियालिटी सो २०७३ सिजन एक यही कार्तिक २९ गतेबाट शुरु हुने भएको छ । ईमेज च्यानलबाट प्रसारण हुने प्रतियोगिता यसअघी २८ गते ललितपुरको ज्यापु समाज हल, च्यासल मा अडिसन हुने भनी प्रचार प्रसार गरिएपनी २८ गते नेपाल बन्द हुने भएका कारण ललितपुर अडिसन २९ गतेको लागी सारिएको प्रतियोगिता निर्देसक मेघना मगरले जानकारी दिनुभयो । बुधबार रिपोर्टर्स क्लब नेपालमा वेल डान्स स्कुलले पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी दिँदै अहिले सम्म भएका भन्दा पृथक खालको नृत्य प्रतियोगिता आफुहरुले गर्न लागेको भन्दै यसमा राम्रो नृत्य गर्न सक्ने र मन भएका जुनसुकै उमेर समुहका व्यक्तिले पनी

Read more

राजनीतिक दलसम्बन्धी विधेयकबारे युवा संगठनहरूसँग ओस्लो सेन्टरको छलफल !

रूद्र श्रीसमगर पोखरा, ११ कात्तिक नर्वेजियन संस्था द ओस्लो सेन्टरले नेपालमा बन्न लागेको राजनीतिक दलसम्बन्धी कानूनको विधेयकबारे कास्कीका विभिन्न राजनीतिक दल आबद्ध युवा संगठनहरूसँग कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । बिहीबार पोखरामा भएको कार्यशाला गोष्ठीमा सहभागी राजनीतिक दलका युवा संगठनका प्रतिनिधिहरूलेराजनीतिक स्थिरतका लागि थ्रेस होल्ड राख्नुपर्ने, अनुगमन गर्ने गरी राज्यकोषबाट राजनीतिक दललाई अनुदान दिनुपर्ने, विविधतालाई प्रतिविम्बित गर्ने गरी प्रादेशिक दल खोल्न पाउनुपर्ने, राजनीतिक दलको उम्मेदवार मनोनयन प्रक्रियामा भाषा समावेश गर्नुपर्नेलगायतका सुझाव राखेका थिए । गोष्ठीमा प्राप्त सुझावलाई संकलन गरी विभिन्न राजनीतिक दलका युवा संगठनहरूका प्रतिनिधिहरूको हस्ताक्षरसहित व्यवस्थापिका–संसद्को राज्य व्यवस्था परामर्श समितिमा बुझाइने द ओस्लो सेन्टरकी नेपाल कार्यक्रम संयोजक दिप्ती खकुरेलले जानकारी दिनुभयो । सो अवसरमा द ओस्लो सेन्टरकी कार्यक्रम निर्देशक सिसिलिया बिलेसोले सहजीकरण गर्नुभएको थियो भने नागरिक संवाद केन्द्र, गण्डकीका

Read more

ठूलाथरको दशैं पूर्णिमा लघु महोत्सव सम्पन्न !

रूद्र श्रीसमगर गलकोट, ७ कात्तिक संगम युवा क्लब, हरिचौर–३, ठूलाथर, गलकोट, बागलुङको ३४ औं वार्षिकोत्सव तथा नेपालीहरूको महान् चाड बडा दशैंका अवसरमा आयोजित ‘दशैं पूर्णिमा लघु महोत्सव–२०७३’ सम्पन्न भएको छ । महोत्सव अन्तर्गत आयोजित वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा आयोजक संगम युवा क्लब ए प्रथम हुन सफल भयो । उपाधिसँगै आयोजक संगमले ३५ हजार नगद पुरस्कार जित्न सफल भयो । भने ३–२ को सेटमा आयोजकसँग फाइनलमा पराजित देउराली युवा क्लब, हिलले उपबिजेतामा चित्त बुझाउन बाध्य भयो । त्यस्तै, वडास्तरीय भूपू पुरुष भलिबल प्रतियोगितामा आयोजक संगमलाई हराउँदै नरेठाँटी बजार व्यवस्थापन समितिले उपाधिसँगै पाँच वटा कुखुराको भाले जित्न सफल भयो भने आयोजक संगमले उपबिजेता बन्दै तीन वटा कुखुराको भालेमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै, तेस्रो स्थानमा चित्त बुझाउन बाध्य कालिलेक युवा क्लब,

Read more

अन्नपूर्ण उपभोक्ता सहकारी संस्थाको दोस्रो साधारणसभा सम्पन्न !

रूद्र श्रीसमगर पोखरा पोखरा–१५, अन्नपूर्ण मार्गस्थित अन्नपूर्ण उपभोक्ता सहकारी संस्था लिमिटेडको दोस्रो साधारणसभा सम्पन्न भएको छ । बुधबार आयोजित साधारणसभालाई सम्बोधन गर्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, पोखराका प्राचार्य बद्रीनाथ अधिकारीले शोषणविहीन समाज निर्माणका लागि सहकारी आवश्यक भएको बताउनुभयो । ‘शोषणविहीन समाज निर्माण गर्न सहकारी आवश्यक छ’, अधिकारीले भन्नुभयो, ‘देश विकासको महŒवपूर्ण पाटो भनेको आर्थिक विकास हो, आर्थिक विकासका लागि सहकारी महŒवपूर्ण छ ।’ सेवा, परोपकार र मुनाफाका लागि सहकारी आवश्यक रहेको भन्दै अधिकारीले विवेकपूर्ण व्यवसाय नै सहकारी भएको बताउनुभयो । ‘सहकारी स्वायत्त र स्वतन्त्र छ’, अधिकारीले भन्नुभयो, ‘हुने खानेले नहुनेलाई अप्रत्यक्ष सहयोग गर्ने माध्यम नै सहकारी हो ।’ सहकारीले नेतृत्व विकासको अवसर दिने समेत उहाँको भनाइ थियो । कार्यक्रममा पोखरा–१५ का वडा सचिव सोमलाल सुवेदी, नेपाल प्रहरीका पूर्व अतिरिक्त

Read more

बलेटक्सार कन्ट्रक्शन गुल्मीले जित्यो भलिवलमा एक लाख पुरस्कार !

पाल्पा, भाद्र १ गुल्मीको रिडिमा भएको खुला भलिवल प्रतियोगितामा पहिलो भई बलेटक्सार कन्ट्रक्शन प्रालि गुल्मीले एक लाख एक हजार राशीको पुरस्कार जितेको छ । अलफेन्ड्स युवा समुहले सोमबार देखि आयोजना गरेको जारी प्रतियोगिताको बुधबार सम्पन्न फाईनलमा ग्वादी युवा क्लब गुल्मीलाई हराउदै बलेटक्सार कन्ट्रक्शन पहिलो भएको खेल संयोजक अमुल्य श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा दोश्र्रो भएको ग्वादी युवा क्लब गुल्मीले ३३ हजार ३ सय ३३ रुपिया र शिल्ड प्राप्त गरेको छ । आईतबार स्थानिय समाजसेवी क्याप्टेन सुरज गुरुङ्गले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । सोमबार देखि औपचारीक रुपमा शुरु भएको प्रतियोगितामा पाल्पा, स्याङ्गजा र गुल्मीका गरी नौ समुहले भाग लिएका छन् । भिडियो:

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)