दाङमा अठार मगरांत समिति गठन !

प्रेम राम्जा मगर घोराही, ७ कात्तिक आइतबार घोराहीमा भएको मगर समुदायको भेलाले अठार मगरात मगर खाम तथा संस्कृति संरक्षण बिकास मञ्चको दाङ जिल्ला कार्य समिति गठन गरेको छ । मगरहरुको भाषा तथा संस्कृति संरक्षणमा टेवा पुगाउने उद्देश्यले गठन गरिएको मञ्चको अध्यक्षमा देवबहादुर रोका, उपाध्यक्षमा धनुकान्त बुढा मगर, सचिबमा रामकुमार जिएम, कोषाध्यक्षमा केशबहादुर घर्ती मगर र सह—सचिबमा मनकुमारी बुढा मगरलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा बिरमान बुढा मगर, जुलबहादुर बुढा मगर, रक्षाबहादुर बुढा मगर, यज्ञप्रसाद बुढा मगर, धरमबहादुर रोका मगर, बिजन्ती रोका मगर, लक्ष्मण रोका मगर र कल्पना रोका मगर सदस्यमा रहनु भएको छ । अठार मगरात मगर खाम तथा संस्कृति संरक्षण बिकास मञ्चका केन्द्री अध्यक्ष चन्द्रज्वोति बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा महासचिब दयाजी रोका मगर र कोषाध्यक्ष सबिना बुढा

Read more

मगर विद्यार्थी संघको सातौ पुर्ण बैठक तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)!

श्याम राना मगर मगर मिडिया, काठमाण्डौ नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको सातौ पुर्ण वैठक तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रम गत भाद्र २४ र २५ गते काठमाण्डौमा सम्पन्न भएको छ । उक्त कार्यक्रममादेशका विभिन्न जिल्लाबाट आएका केन्द्रिय पद्याधिकारी, केन्द्रिय सदस्यहरु र काठमाण्डौ उपत्यका भित्रका विभिन्न क्याम्पसका मगर विद्यार्थीहरुको सहभागिता रहेको थियो । नेपाल मगर विद्यार्थी संघका अध्यक्ष दिपा आलेमगरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले मगरात प्राप्तिको आन्दोलनमा विद्यार्थीहरुलाई युवा तथा बौद्धिक भुमिका खेल्नको लागि आग्रह गर्नुभएको थियो । उद्घाटन सत्र लगत्तै आर्जन बचत ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा भएको प्रशिक्षण कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका पुर्व केन्द्रिय अध्यक्ष तथा सल्लाहकारहरु राम बहादुर थापा मगर, झकेन्द्र घर्ति मगर, भोजविक्रम बुढा मगर, रेनुका

Read more

हार्दिक श्रद्धाञ्जली !

नेपाल मगर संघ, केन्द्रीय समितिका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री गोरे बहादुर खपांगी मगर प्रति हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दछौं | मनोज घर्ति मगर, अध्यक्ष // देव पचभैया मगर, महासचिब नेपाल मगर पत्रकार संघ Latest News/Posts………….

Read more

७५ वटै जिल्लामा टेलिकमको माइक्रोवेभ रेडियो लिंक विस्तार !

काठमाडौं, भदौ ६ नेपाल टेलीकमले देशको ७५ वटै जिल्लामा टेलिकमको माईक्रोवेभ रेडियो लिङ्क विस्तार गर्न सफल भएको छ । नेपाल टेलिकमले कर्णाली अञ्चलका मुगु, हुम्ला र डोल्पामा पनि माइक्रोवेभ रेडियो लिंक विस्तार गरेको छ । यो सँगै देशका ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंक विस्तार भएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । टेलिकमले ७५ औं जिल्लाको रुपमा हुम्लाको सिमिकोटमा सो गत शनिबारदेखि माइक्रोवेभ रेडियो लिंक प्रविधिमार्फत सेवा उपलब्ध गराउन थालेको छ । माइक्रोवेभ रेडियो लिंकको पहुँच नहुँदा मुगु, हुम्ला र डोल्पा जिल्लाका सदरमुकामहरुमा स्याटेलाइट प्रविधिमार्फत टेलिकमको सेवा उपलब्ध हुँदै आएको थियो । जसका कारण टेलिकमको सेवा उपभोगमा कठिनाइ थियो । माइक्रोवेभ लिंक विस्तार भएपछि अब १ सय ७० एमबिपिएसको लिंकमार्फत ल्याण्डलाइन, जिएसएम, सिडिएमएका टेलिफोन सेवा तथा एडिएसएल, टुजी

Read more

नेपाल मगर संघ केन्द्रीय समितिको विशेष परिपत्र जारी !

ज्ञानेन्द्र पुनमगर, महासचिव नेपाल मगर संघ केन्द्रीय समितिको कार्यालय परिषदको विस्तारित बैठक संघको केन्द्रीय कार्यालय कलंकी काठमाडौंमा मिति २०७३।०४।१५ गते शनिवारका दिन संघको अध्यक्ष नबीन रोकामगरको अध्यक्षतामा बसी निम्न बमोजिमको निर्णयहरु गरेकाले सोको जानकारी र सम्बन्धित समितिहरुमा कडाइका साथ कार्यान्वयण गर्न गराउनुहुन यो परिपत्र जारी गरिएको छ । १ – स्थानिय निकायको पूर्नसंरचना सम्बन्धमाः नेपाल सरकारले स्थानिय निकायहरुको पूनसंरचना गर्नका लागि गठित कार्यदलले स्थानिय स्तरमा गाउपालिका र नगरपालिकाहरुको सिमा निर्धारण गरिरहेको हुनाले उक्त सिमा निर्धारण गर्दा मगर समुदायको मौलिक सस्कृति, इतिहास, बसोबासको सघनतालाई आधारित रहेर गर्नका लागि सम्बन्धित निकायहरुलाई दवाव दिन नेपाल मगर संघको सबै निकायहरु परिचालन हुनका लागि निर्देशन गर्ने निर्णय गरिएको छ । २ – बाढी पहिरो प्रभावितलाई सहयोग सम्बन्धमाः नेपालको मौसमी प्रतिकुलताका कारण पछिल्लो चरणमा बाग्लुङ, प्यूठान,

Read more

मगर भूपू सैनिक अध्यक्षमा हुम बहादुर थापा !

काठमाण्डौ , फागुन २६ हुम बहादुर थापा (पचभैया)को अध्यक्षतामा १३ सदस्सिय नेपाल मगर भुपु सैनिक संघको नया समिति निर्बाचित भएको छ । चितवनमा सम्पन्न तेश्र्रो अधिबेशनले मगर संघ हङकङ्गका भूपु अध्यक्ष हुम बहादुर थापा (पचभैया) लाई सर्बसम्मत रुपमा अध्यक्षमा निर्बाचित गरेको हो । अधिबेशनले चित्र बहादुर थापा (उपाध्यक्ष ) दल बहादुर बिरकट्टा (महासचिब ) भिम बहादुर राना ( सचिब) र धन केशर सुर्यबंशी लाई (कोषाध्यक्ष ) मा सर्बसम्मत रुपमा निर्बाचित गरिएको हो । सदस्यमा प्रेमबहादुर पुन बाग्लुंग,हस्तबहादुर थापा तनहुँ,धनबहादुर मिधुन कपिलबस्तु,शिबबहादुर पुन नवलपरासी,अमरबहादुर राना रूपन्देही,लालबहादुर थापा स्याडजा,गमबहादुर पुन पर्बत,र धमानसिँ थापा केन्द्रिय सदश्यमा निर्बाचित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ पुर्ब अध्यक्ष याम बहादुर बुढाथोकी मगर थिए भने बिशिष्ट अतिथिमा नेपाल मगर संघका भूपू बरिस्ठ उपाध्यक्ष तथा

Read more

मगर संघको ११औ राष्ट्रिय महाधिबेशनको तयारी तिब्र, सहमतिमा केन्द्रिय समिति निर्माण गर्ने प्रयास जारी !

देब पचभैया काठमाण्डौ, फागुन २२ आगामी बैशाख १८ देखि २२ गते सम्म हुने नेपाल मगर संघको ११औ राष्ट्रिय महाधिबेशनको तयारी तिब्र पारिएको छ । नेपाल मगर संघको केन्द्रिय समितिले महाधिबेशन चितवनमा गर्ने निर्णय गरेको छ । महाधिबेशन सम्पन्न गर्न यही फागुन ३० गते भित्र जिल्ला शाखाहरुको अधिबेशन गर्ने समय तोकिएको नेपाल मगर संघका सचिब एबं संगठन बिभागका संयोजक ज्ञानेन्द्र पुनले जानकारी दिनुभयो । पुनका अनुसार फागुन ३० गते भित्रमै जिल्ला शाखा, बैदेशिक शाखा र भातृसस्थाको तर्फबाट बितरण गरिएको आजिवन सदस्यहरुको बिवरण केन्द्रमा पेश गर्न भनिएको छ । चैत्र ६ गते अघि नै आजिवन सदस्यहरुको नामावली अध्यावधिक गरी जिल्ला र बिदेशमा पठाउने मगर संघको तयारी छ । चैत्र १३ गते अगावै आजिवन सदस्यहरुको नामावली सच्याउने र १५ गते भित्र आजिवन सदस्यहरुको

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)