नेपाल मगर संघ, धनुषा—काठमाण्डौँ सम्पर्क समितिको पाँचौँ अधिवेशन सम्पन्न !

मगर मिडिया ३ फाल्गुन, काठमाण्डौँ नेपाल मगर संघ, धनुषा— काठमाण्डौँ सम्पर्क समितिको पाँचौँ अधिवेशन हिजो काठमाण्डौँमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा प्रकाश किङरिङ मगर, उपाध्यक्षमा लेख बहादुर रेग्मी मगर, सचिव कैलाश मगर, सह सचिवमा भिमन पुलामी मगर, कोषाध्यक्षमा नर बहादुर पाथि मगर, सह कोषाध्यक्षमा युवा कुमारी थापा मगर, सदस्यहरुमा दण्ड बहादुर आले मगर, सुनिता थापा मगर, तुमा थापा मगर, स्वस्थिका ढाडा मगर, बिन्दु थापा मगर, उत्वम रमैली मगर, उत्वम पुलामी मगरm रारतिका ढाडा मगर, दिपक आले मगर निर्वार्चीत भएका छन् भने, सल्लाहाकारहरुमा पदम आले मगर, दान बहादुर मिरिङचीङ मगर, रजिन्द्र ढाडा मगर र चक्र बलम्पाकी मगर निर्वार्चीत भएका छन् । कार्यक्रमको प्रमुख अतिथिमा सम्पर्क समन्वय समितिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र थापा मगर, विशेष अतिथिमा गंगा बहादुर थापा मगर, सम्पर्क समन्वय

Read more

कल्याण शेरचन स्मृति सम्मानबाट रानाभाट सम्मानित !

रुद्र श्रीसमगर पोखरा, २४ माघ ‘नेपाली लोक संस्कृति जोगाऔं, हाम्रो चिनारी बचाऔं’ भन्ने मूल नारासहित लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको नाममा स्थापित ‘कल्याण शेरचन स्मृति सम्मान’बाट यस वर्ष वरिष्ठ खेलाडी खड्गबहादुर रानाभाट सम्मानित हुनुभएको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठानले बुधबार पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा वरिष्ठ खेलाडी रानाभाटलाई खेलकुद क्षेत्रको विकासमा उल्लेखनीय योगदान गरेको भन्दै सम्मान गरिएको हो । कार्यक्रममा कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद् रविन्द्र अधिकारीले ताम्रपत्र, शेरचनपत्नी एवं प्रतिष्ठानकी प्रमुख संरक्षक शर्मिला शेरचनले २५ हजार १ रुपैयाँ नगद र वरिष्ठ संस्कृतिकर्मी चेतन कार्कीले दोसल्लासहित रानाभाटलाई सम्मान गर्नुभयो । सो अवसरमा सम्मानित रानाभाटले आफूले सम्मानबापत पाएको २५ हजार रुपैयाँमा पाँच हजार थपेर ३० हजार रुपैयाँ प्रतिष्ठानलाई सहयोगस्वरुप हस्तान्तरण गर्नुभयो । सम्मान ग्रहणपछि रानाभाटले

Read more

लिपेयानीमा घरघरमा खानेपानीको धारा !

घनश्याम पाण्डेय पोखरा ,१८ पुष । कास्कीको मादी गाउँपालिका वडा नं १२ लिपेयनीका ८८ घर–घरमा खानेपानीको धारा पुगेको छ । सोमबार एक कार्यक्रमका विच टुनीपानी लिफ्ट खानेपानी तथा सरसफाई योजनाको पुर्व स्वास्थ्यमन्त्री एव हालै नबनिर्बाचित प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले उद्घाटन गर्नुभयो । तत्तकालिन संविधान सभाका सभासद तेजकुमारी पौडेलको पहल र स्थानीय कृष्णराज दाहालको सक्रियतामा परेको योजनाको चैतमा सभासद तेजकुमारी पौडेलले सिलन्यास गर्नुभएको थियो । गाँउ मुनि रहेको मुलको पानी १ सय ४६ मिटर माथी लिफ्ट मार्फत लगेर बितरण च्याम्बर बनाए पछि ओझा गाउँ र कमलटारीमा टयाङकी निर्माण गरेर वितरण गरीएको छ । कार्यक्रमको उदघाट पछि बोल्दै पुर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका अधिकारीले घर घरमा पानी आए पछि अब दिगो रुपमा संचालनको लागि उपभोक्तानै सचेत हुनुपर्ने बताउनुभयो । अधिकारीले पानी पिउनुको

Read more

पोखरा महोत्सवमा पहिलोपटक प्रदेश स्तरिय खुल्ला दोहोरी गीत प्रतियोगिता हुने !

गिता राना मगर पोखरा १४ पुस  नेपालमा नै पहिलोपटक पोखरामा प्रदेश स्तरिय खुल्ला लोकदोहोरी गीत प्रतियोगिता हुने भएको छ । युनाइटेड क्लवको आयोजनामा आगामी पुस २७ देखि माघ ८ गते सम्म पोखराको अमरसिंह चोकमा हुने आठौ संस्करणको पोखरा महोत्सवमा नेपालमा नै पहिलोपटक ४ नम्बर प्रदेश स्तरिय खुल्ला लोकदोहोरी गीत प्रतियोगिताको आयोजना गरिने भएको हो । क्लवले पोखरा महोत्सवको आयोजना गरि रहदा मुलुक संघियतामा गएको सन्दर्भलाई मध्ये नजर गरी पोखराबाटै पहिलो पटक ४ नम्बर प्रदेश स्तरिय खुल्ला लोकदोहोरी प्रतियोगिताको आयोजना गरिएको पोखरा महोत्सव आयोजक युनाइटेड क्ल्वका प्रथम उपाध्यक्ष तथा महोत्सव कलाकार ब्यवस्थापन उपसमिती संयोजक लालकाजी गुरुङले जानकारी दिए । चार नम्बर प्रदेशका ११ वटा जिल्लामा रहेका लोकदोहोरी कलाकारहरुले उक्त प्रतियोगितामा सहभागीता जनाउने समेत गुरुङले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टीमलाई

Read more

१५ औं माछापुच्छे्र बैंक पोखरा ओपन भेट्रान टेनिस सोमबारदेखि

मगर मिडिया ११ पुष, पोखरा कास्की जिल्ला टेनिस संघको आयोजनामा १५ औं माछापुच्छ्रे बैक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता हिजो सोमबारदेखि पोखरामा शुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ«े्र बैंकका अध्यक्ष रोशन केसीले एक समारोहका विच उद्घाटन गरे । टुर्नामेण्ट डाइरेक्टर राजन पौडेललाई टेनिस बल हस्तान्तरण गर्दै केसीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै केसीले बैंकले आफ्नो सामाजिक दायित्व वहन गर्नका लागि समाजमा विभिन्न सहयोगहरु गर्दै आएको जानकारी दिए । पोखराबाटै शुरु भएको बैंकले पोखरामै हुने राष्ट्रिय प्रतियोगितालाई सहयोग गर्न पाउँदा खुसि लागेको बताउँदै सहयोगलाई निरन्तरता दिने उनले प्रतिबद्धता जाहेर गरे । अध्यक्ष केसीले बैंक सञ्चालनका क्रममा यस क्षेत्रबाट विगतका दिनहरुमा पाएको सहयोग आगामी दिनहरुमा पनि पाउने आशा समेत व्यक्त गरे । प्रतियोगिताको उद्घाटन खेलमा सिंगापुरमा टेनिस

Read more

छमछमी डान्स रियालीटि शोको टप १० मा पुग्न सफल भएकी रबिता मगरको भोटिंग अपिल !

निसा थापा मगर पुष ४, काठमाण्डौ रामेछाप स्थायी घर भएकी रबिता नेपाल टेलिभिजनबाट प्रसारण भईरहेको छमछमी सिजन थ्री डान्स रियालीटि शोको टप १० मा पुग्न सफल भएकी छिन् । टाइटल को उपाधिको दाबेदार मानिएकी रबितामन्थलीमा बुबा बल बहादुर मगर र आमा साईली मगरको कोखबाट वि.सं. २०५३ मा जन्मेकीहुन् ।  उनी शिखर छहारी साँस्कृतीक कला केन्द्र जोरपाटीमा बिगत ६ वर्ष देखि नृत्य (डान्स) सिक्दै आइरहेकी छिन् । परिवारको आर्थिक अवस्था कमजोर भएको उनी आकाशदिप उच्च मा.वि. र न्यु बुद्ध उच्च मा.वि.मा नृत्य समेत सिकाउदैँ  आएकी छिन् । नेपाल टेलिभिजनबाट हरेक बुधबार बेलुकी ८ः४० मा प्रसारण हुने उक्त कार्यक्रमको फाइनल सम्म पुग्नको लागि उनलाई भोटको आवश्यक परेकाले सम्पूर्ण दर्शकहरुलाई भोटको अपिल समेत गरेकी छिन् । उनलाई भोट गर्नका लागि TYPE cc 12 गरेर

Read more

ललितपुर ३ बाट प्रतिनिधि सभामा माओवादी केन्द्रकी नेतृ पम्मा भुषाल निर्वाचित (विजय जुलुस फोटो फिचर)!

श्याम राना मगर २३ मंसिर, ललितपुर  बाम गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी पम्मा भुसाल २४ हजार ३५ मत सहित प्रतिनिधि सभा सदस्यमा  ललितपुर ३ बाट  निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मदन बहादुर अमात्यले २२ हजार ३२९ मत ल्याएका छन् ।  

Read more

अनाथ बालबालिकाको सहयोगार्थ हङकङमा “खै ओ म्ही थेबा”

रुद्र श्रीसमगर पोखरा, १५ मंसिर गुरुङ चलचित्रका स्थापित निर्देशक सुवास गुरुङको “खै ओ म्ही थेबा” अर्थात् “आयो है ठूलो मान्छे” हङकङमा प्रदर्शन गरिने भएको छ । गुरुङ भाषा तथा संस्कृतिमा आधारित सो चलचित्र ७ जनवरीका दिन याउमातेइ कम्युनिटी हलमा प्रदर्शन हुने भएको हो । १५ वर्ष अगाडि निर्माण भएको “म्ही थेबा”कै कथा वस्तुमा आधारित दोश्रो भागको रुपमा “खै हो म्ही थेबा“ नेपाल लगायत संयुक्त राज्य अमेरिका र बेलायतमा प्रदर्शन भइसकेको र अष्ट्रेलियामा पनी प्रदर्शनको तयारीमा रहेको निर्देशक गुरुङले बताउनुभएको छ । सो चलचित्रको विशेष प्रदर्शनबारे हङकङको जोर्डनस्थित चुम्लुङ हिममा आयोजित जानकारी सभामा निर्देशक गुरुङले यो चलचित्रले रगत, भेषभूषा र उसको शरीर नेपाली भए पनि गर्व गर्ने ऊसँग नेपाली नागरिकता नभएको कथावस्तुलाई उठान गरेको बताउनुभयो । चलचित्र प्रदर्शनबाट उठेको केही रकम

Read more

१५ औं प्याब्सन मिटमा फुटवल खेल जारी !

मगर मिडिया  मंसिर ९ पोखरा । निजी विद्यलायहरुको छाता कास्की प्याव्सनले आयोजना गरेको १५ औं संस्करणको प्याव्सन मिट अन्र्तगत शनिवार सिनियर र जुनियर तर्फको  फुटबल खेलहरु जारी रहेका छन । भण्डार ढिकको रंगशाला र नेपाल आर्दशको खेल मैदानमा जुनियर तर्फका खेलहरु र हेम्जाको विष्णुपादुका तथा गौरिशंकर मावीको खेल मैदानमा सिनियरका नकआउट चरणका खेलहरु आयोजना गरिएको छ । जस अन्र्तगत शनिवार सम्पन्न भएको सिनियर तर्फको खेलमा रेन्वो एकाडेमीले निलगिरीलाई ४–२ ले, भ्यु पोइन्टले नभदिपलाई २–० ले, डायनामिक वोर्डिङ्गले गोल्डेन फ्युचरलाई ४–३ ले, न्यू लाइटले वेथानीलाई ५–४ ले  हिमालयनले सृजना वोर्डिङ्गलाई ४–३ र पास्कल ले शान्ति निकेतनलाई ४–३ गोल अन्तरले पराजित गरेका थिए । सिनियर तर्फकै खेलमा ज्ञानुबाबाले मनकामना वोर्डिङ्गलाई १–० गोलले, हिल पोइन्टले सन फ्लावरलाई ४–० ले, फिसटेलले भानुभक्तलाई १–० ले

Read more

एमाले मजदुर इलाका कमिटी कास्कीको निर्वाचन परिचालन समिती गठन !

कृष्ण अर्चाय पोखरा, २ मंसिर नेकपा एमाले मजदुर इलाका कमिटी कास्कीले कमिटीका अध्यक्ष कर्ण सिंह गुरुङको संयोजकत्वमा निर्वाचन परिचालन समिती गठन गरेको छ । गत शनिबार बसेको इलाका कमिटीको बिस्तारित बैठकले आगमी मंसिर २१ गते हुन लागेको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनका उम्मेदवारलाई बिजय गराउन गुरुङको संयोजकत्वमा २ सय ९८ सदस्यिय निर्वाचन परिचालन समिती गठन गरेको हो । त्यसैगरी बैठकले प्रतिनिधीसभा तर्फका ३ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फका ६ निर्वाचन क्षेत्रका लागि पनि प्रचार प्रसार संयोजक चयन गरेको छ । कास्की क्षेत्र नम्वर १ को संयोजकमा इलाका कमिटीका सचिवालय सदस्य कृष्णराज आचार्य, कास्की क्षेत्र नम्वर २ को संयोजकमा कमिटीका सचिब शिबलाल उपाध्याय र कास्की क्षेत्र नम्वर ३ को संयोजकमा कमिटीका उपाध्यक्ष तुलसी प्रसाद सुबेदी चयन भएका छन् । यसैगरी प्रदेश

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)