नेपाल चलचित्र बिकास बोर्डले ई–टिकेटिङ्ग लागु गर्यो !

दिपा राई ४ फाल्गुन, काठमाण्डौ नेपाल चलचित्र बिकास बोर्डले यहि  फागुन  १ गते बाट बक्स अफिस लागु गराएको छ । थापाथली स्थित डाटा हलको कार्यलयमा भएको बक्स अफिस म्यानजमेन्ट सिस्टम समुद्घाटन समारोहको उद्घाटन तत्कालीन सूचना तथा सञ्चार मन्त्री, मोहन बहादुर बस्नेतले गर्नुभएको थियोे । साथै उहाँले यस्ता प्राविधीक कुराले फिल्म क्षेत्रलाई अझ बढि पारदर्शी बनाएको बताउनु भयो । उक्त कार्यक्रममा चलचित्र विकाश वोर्डका अध्यक्ष निकीता पोैडेल र संयोजक नरेन्द्र महर्जन लगायत अन्य सदस्यहरुको उपस्थिती रहेको थियो । बक्स अफिस अर्थात ई–टिकेटीङ्ग सिस्टमद्धारा सम्पूर्ण  टिकेटको जानकारी हुने र बक्स अफिस खुलेको २ घण्टा भित्र सम्बन्धित संस्था वा निर्मातालाई अटो जेनेरट इमेल मार्फत जानकारी हुने कुरा उक्त समारोहमा बताइएको थियो । फागुन ७ गते भित्र काठमान्डौ उपत्यकाका सम्पूर्ण हलहरुमा ई–टिकेटिङ प्रणाली जडान

Read more

मगर अध्ययन केन्द्र र प्रज्ञा प्रतिष्ठानको भाषा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न !

पुष्करनाथ ओझा ४ फाल्गुन, काठमाण्डौँ काठमाण्डौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठान भवनमा वुधवार नेपाल प्रज्ञा प्रतिष्ठान तथा मगर अध्ययन केन्द्रले आयोजना गरेको मगर भाषा, व्याकरण तथा शब्दकोष निर्माण विषयक कार्यशाला गोष्ठि सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपती वैरागी काँइलाले दिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गर्दै काँइलाले भाषा भनेको समुदाय र राष्ट्रको पहिचान भएकाले यसको संरक्षण र बिकासमा जोड दिनु भयो । कार्यक्रममा विभिन्न क्षेत्रका भाषा विज्ञहरुको पनि उल्लेख्य सहभागीता रहेको थियो । प्रा.डा.दान ब.रेग्मी, डा.दुबि नन्द ढकाल लगायतले व्याकरण निर्माण र शब्दकोष निर्माण सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने, कार्यपत्र प्रस्तुत गर्ने क्रममा मगर एक जाति बहुभाषी र मगर भाषिकामा विद्यावारिधि तहको अध्ययन , पुस्तक लेखन, शब्दकोष निर्माण, खाम मगरमा विद्यावारिधि तहका अध्ययन व्याकरण र

Read more

पोखरामा १९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने तयारी !

रुद्र श्रीसमगर पोखरा, ४ फागुन हरेक वर्ष फेब्रुअरी २१ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय मातृभाषा दिवस यस वर्ष पनि पोखरामा मनाउने तयारी गरिएको छ । यसपल्टको १९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस क्रियाशील दुई मातृभाषी साहित्यिक संस्थाले संयुक्त रुपमा मनाउने भएका छन् । गुरुङ साहित्यिक मञ्च नेपाल र नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको संयुक्त आयोजनामा यही फागुन ९ गते पोखरामा मातृभाषा दिवसका अवसरमा ‘बहुभाषिक रचना वाचन कार्यक्रम’ हुने भएको छ । कार्यक्रमको तयारीका लागि बिहीबार पोखरामा बसेको दुई संस्थाका प्रतिनिधिहरूको बैठकले कार्यक्रम सफल बनाउन एकजुट भएर लाग्ने निर्णय गरेको मञ्चकी अध्यक्ष गौरी गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश नं. ४ अन्तर्गतका विभिन्न जिल्लाबाट मातृभाषी स्रष्टा, साहित्यकारहरूको सहभागिता रहने मगर लेखक संघ गण्डकीकी अध्यक्ष गीता थापामगरले जानकारी दिनुभयो । थापामगरका अनुसार

Read more

प्रथम शहीदको शालिकमा महानगर प्रमुख जिसीद्वारा माल्यार्पण !

रुद्र श्रीसमगर पोखरा, ४ फागुन नेपालका प्रथम शहीद क्या. लखन थापामगरको १४२ औं स्मृति दिवस बुधबार पोखरामा पनि मनाइएको छ । प्रथम शहीद लखन थापामगर स्मृति प्रतिष्ठानको आयोजनामा काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरियो भने देशका विभिन्न भागमा समेत प्रथम शहीद लखनको स्मृति दिवस मनाइयो । नेपाल मगर संघ कास्कीले प्रथम शहीद लखनको स्मृति दिवसमा बुधबार सच्चा श्रद्धाञ्जली अर्पण कार्यक्रमको आयोजना गर्यो । श्रद्धाञ्जलीसभा अघि लखनचोकस्थित प्रथम शहीद लखन थापामगरको शालिकमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलगायतका विभिन्न राजनैतिक दलका नेता एवं आदिवासी जनजाति अगुवाहरूले माल्यार्पण गरे । सो अवसरमा महानगर प्रमुख जिसीले महानगरपालिकाले प्रथम शहीदको उचित कदर गर्ने विश्वास दिलाउनुभयो । प्रथम शहीदको स्मृति दिवस राज्यले मनाउनुपर्ने धारणा राख्दै महानगर प्रमुख जिसीले प्रथम शहीद लखन सबै नेपालीको साझा भएको उल्लेख

Read more

सरकारलाई प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको ११ बुँदे ज्ञापनपत्र !

दिपा राई फाल्गुन ३, काठमाण्डौ प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठानले विभिन्न मागहरु सहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सिंचाई मन्त्री माननिय अमरसिंह पुन मार्फत सरकारलाई हिजो प्रथम शहिद लखन थापाको १४१ औँ स्मृति दिवशको उपलक्ष्यमा मगर समाज सेवा केन्द्रको सभाहल रानीवुँ, ललितपुरमा आयोजना गरेको कार्यक्रम मार्फत ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा प्रथम शहिद लखन थापा मगरलाई राष्ट्रिय विभुतिको रुपमा विभुषीत गरिनुपर्ने, प्रथम शहिदसँगै वि.सं. १९३३ को बुंकोट जनआन्दोलनमा तत्कालिन राणा शासकद्धारा मृत्युदण्ड दिइएका जयसिंह चुमी मगर, अक्षमी मगर, जितमान गुरुङ, विराज थापा, जुठ्या थापा र अजपसिंह मगरलाई शहिद घोषणा गरिनुपर्ने, प्रथम शहिदकोे जीवनीलाई विद्यालयस्तको पाठ्यक्रम एवं पाठ्यपुष्तकमा समावेश गरिनुपर्ने, लखन थापा प्रतिष्ठानलाई सरकारी स्वामित्वको प्रतिष्ठानमा परिणत गरिनुपर्ने, गोरखा वुंकोटस्थित लखन थापाको विद्रोही किल्ला एंव उनले

Read more

मगर कथानक चलचित्र पाहुरको प्रर्दशन पाल्पाबाट सुरु हुने !

मगर मिडिया फागुन १, पाल्पा ड्रिम्स स्टुडियो प्रा.ली.को व्यावनरमा बनेको नेपाली मगर कथानक चलचित्र पाहुरको प्रदर्शन पाल्पाबाट सुरु हुने भएको छ । पाल्पाका विभिन्न ठाउँहरुमा पाहुर चलचित्रको अधिंकाश छायाङ्कन भएकोले चलचित्रलाई पाल्पाबाट नै प्रदर्शनमा ल्याउन खोजिएको हो । पाल्पाको टुटुङमा ४ गते र खानीछापमा यहि फागुन ५ गते प्रदर्शन हुने भएको छ । सुमन थापा मगरको निर्देशन तथा श्याम थापा मगर र रिमा थापा मगर निर्माता रहेको चलचित्र पाहुर विशेष गरी मगर समुदायको कथामा आधारीत नेपाली भाषामा बनेको चलचित्र हो । यस चलचित्रको छाँयांकन अधिकांश पाल्पा र स्याङ्जाको रमणिय र ऐतिहासिक ठाउँहरुमा भएको निर्माण स्रोतले जनाएको छ । चलचित्रको कथा तथा सम्पादन सुमन थापा मगरको नै रहेको छ भने कथालाई संवाद तथा पटकथामा डम्बर सोमै मगर, बाबुराम घिमिरे र श्याम

Read more

२३ वर्षे नर्विण मगरले सेल्फ गाइडिङमा सगरमाथाको शिखर चुम्दै !

श्याम राना मगर फाल्गुन २, काठमाण्डौ सुरक्षित भविष्यको लागि हिमाल बचाऊँ  अभियान भन्ने सन्देशका साथ २३ वर्षे नर्विण राना मगर सेल्फ गाइडिङमा सगरमाथाको आरोहण गर्ने भएका छन् । सगरमाथाको काखमा रहेको साविक वार्सा ९   हाल ढुधकोशी  गाउपलिका वडा न २ सोलुखुम्बुमा बुवा जीत बहादुर मगर र आमा तिलमायाको कोखबाट वि.सं. २०५२ मा जन्मेका मगरले यहि आउँदो मे २० तारिख  सगरमाथाको शिखर चुम्ने लक्ष्य राखेका छन् । यहि अप्रिल ७ गते काठमाण्डौँबाट सगरमाथा आरोहणका लागि सगरमाथा बेस क्याम्पतिर लाग्ने नर्विनले मे १८, १९ र २० गते सगरमाथाको आरोहण गर्नेछन् । ६ हजार भन्दा उचाईका हिमालहरुको सफल आरोहण गरिसकेका मगरले मेरापिक (६,४७६ मि), आइसल्याण्ड पिक (६,१८९ मि) को हिमाल नौँ पल्ट र पोकल्डे पिक (५,८०६ मि), र लोबुचे इस्ट (६,११९ मि) हिमाल

Read more

नेपाल मगर संघ, धनुषा—काठमाण्डौँ सम्पर्क समितिको पाँचौँ अधिवेशन सम्पन्न !

मगर मिडिया ३ फाल्गुन, काठमाण्डौँ नेपाल मगर संघ, धनुषा— काठमाण्डौँ सम्पर्क समितिको पाँचौँ अधिवेशन हिजो काठमाण्डौँमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा प्रकाश किङरिङ मगर, उपाध्यक्षमा लेख बहादुर रेग्मी मगर, सचिव कैलाश मगर, सह सचिवमा भिमन पुलामी मगर, कोषाध्यक्षमा नर बहादुर पाथि मगर, सह कोषाध्यक्षमा युवा कुमारी थापा मगर, सदस्यहरुमा दण्ड बहादुर आले मगर, सुनिता थापा मगर, तुमा थापा मगर, स्वस्थिका ढाडा मगर, बिन्दु थापा मगर, उत्वम रमैली मगर, उत्वम पुलामी मगरm रारतिका ढाडा मगर, दिपक आले मगर निर्वार्चीत भएका छन् भने, सल्लाहाकारहरुमा पदम आले मगर, दान बहादुर मिरिङचीङ मगर, रजिन्द्र ढाडा मगर र चक्र बलम्पाकी मगर निर्वार्चीत भएका छन् । कार्यक्रमको प्रमुख अतिथिमा सम्पर्क समन्वय समितिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र थापा मगर, विशेष अतिथिमा गंगा बहादुर थापा मगर, सम्पर्क समन्वय

Read more

ट्रेकिङ पर्यटनको प्रबर्द्धनको लागि टानको संयुक्त ल्होसार कार्यक्रम सम्पन्न(फोटो फिचर सहित)!

मगर मिडिया २९ माघ, काठमाण्डौ ट्रेकीङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले आयोजना गरेको संयुक्त ल्होसार कार्यक्रम आइतबार राजधानीको ह्यायत रेजेन्सी होटलमा भव्य रुपमा सम्पन्न भएको छ । हिमालय स्थानमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, तामाङ, गुरुङ र भोटे जातीहरुले बिशेष चाडको रुपमा मनाउने ल्होसार चाडको अवसर पारेर टानले शुभकामना आद्रानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन पुर्व प्रधान मन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको थियो । कार्यक्रममा शुभकामना दिदैँ अध्यक्ष प्रचण्डले आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्रको विकल्प नभएको पनि बताउनु भयो । साथै टानले प्रत्येक बर्ष मनाउने ल्होसारले साँस्कृतिक र आर्थिक रुपमा दिगो पर्यटनको लागि टेवा पु¥याएको बताउनु भयो । टानको अध्यक्ष नवराज दाहालले ल्होसारको शुभकामना दिदैँ नेपालको पर्यटन क्षेत्रमा सरकारले यथोचित ध्यान

Read more

आदिवासी जनजाति चलचित्र महासंघको बार्षिक साधारण सभा सम्पन्न !

मगर मिडिया काठमाण्डौँ, २९ माघ आदिवासी जनजाति चलचित्र महासंघको बार्षिक साधारण सभा गत शनिबार चाबहिल स्थित चलचित्र विकास बोर्डमा सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्ष अमृत बहादुर सुनुवार, प्रमुख अध्यक्षमा सह सचिव तथा सञ्चार महाशाखा प्रमुख प्रेम सुनुवार र विशिष्ट अतिथिमा केन्द्रिय उपाध्यक्ष गोबिन्द छन्त्याल तथा सन्त बहादुर मेचे, पूर्व अध्यक्ष प्रतिमाया पुन मगर साथै विभिन्न जातिय संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।   कार्यक्रममा महासचिव पूर्खजित राई द्धारा महासंघको प्रगति विवरणलाई प्रस्तुत गर्नुभएको थियो भने, कोषाध्यक्ष विजेन्द्र बज्राचार्यबाट आर्थिक विवरण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा विविध सांस्कृतिक झलकको पनि प्रस्तुती रहेको थियो ।

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)