लागु औषधको कारोबार गर्दै गर्दा पक्राउ

केदार चापागाँई फागुन १०, काठमाण्डौँ प्रहरीले शंकास्पद रुपमा हिडिरहेका दुई जनालाई खानतलासी गर्दा उनीहरुबाट ४ केजी लागु औषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी ४५ बर्षीय राजकुमार तामाङ र मकवानपुरका ३५ बर्षीय बिरबहादुर मोक्तान रहेका छन् । धादिगंको गल्छी गाउँपालिका–६ स्थित नमस्ते ग्याँस उद्योग नजिक प्रहरीसँगको जम्का भेटमा शंकास्पद रुपमा हिडिरहेको अबस्थामा प्रहरीले चेक जाँच गर्दा टि.भी.को कार्टुन भित्र लुकाइ ल्याएको उक्त लागू औषध चरेस फेला परेको हो । प्रहरीले पक्राउ परेका अभियुक्तीहरुलाई थप अनुसन्धान गरी कारवाही अघि बढाइएको बताएको छ ।

Read more

सगरमाथा परोपकारी समाज कुवेत द्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग !

मगर मिडिया फागुन १०, काठमाण्डौँ कुवेतमा रहेको नेपालीहरुको संस्था “सगरमाथा परोपकारी समाज कुवेत” बाट राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं सामाजिक अभियन्ता महाविर पुनलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सामाखुशी स्थित रातोभाले रेष्टुरेन्टमा एक कार्यक्रम गरी संस्था उपाध्यक्ष श्री निम केसीबाट नगद रु १ लाख ६ हजार रकम हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण पछि बोल्दै उपाध्यक्ष केसीले सहयोग रकमले आविष्कार केन्द्रले आगामी दिनमा अझ शसक्त काम गरोस भन्ने कामना व्यक्त गरे भने आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले आविष्कार केन्द्रको काम अगाडी बढिरहेको र निकट भविष्यमा यसले गति लिदैं राष्ट्रको प्रतिभा जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

Read more

बृहत मगर विद्यार्थी भेला सम्पन्न !

मगर मिडिया फागुन ९ पोखरा नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस मुल समिति पोखराले आज  बृहत मगर विद्यार्थी भेला सम्पन्न गरेको छ । भेला अबको २० औँ क्याम्पस अधिवेशनको विशेष तयारी गर्नको लागि आह्वान गरिएको थियो । संघका केन्द्रिय सदस्य प्रेम रोका मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता संघ अध्यक्ष ध्रुब राना मगरले गर्नुभएको थियो । बृहत मगर विद्यार्थी भेलाको अवसर पारेर विभिन्न संकाय उपसमिती पनि गठन गरेको संघ सहसचिब राजिब थापा मगरले बताउनु भयो । जसमा मानबिकी तथा कला अध्यक्ष विशाल पुन मगर, शिक्षा संकाय तर्फ अध्यक्ष देबि राना मगर, विज्ञान तर्फ सोनम थापा मगर, ब्यवस्थापन तर्फ कृष्ण मगर र कानुन तर्फ अजय पुन मगरको अध्यक्षतामा उपसमिती गठन गरिएको थियो । विभिन्न संकाय बाट १५० भन्दा बढि विद्यार्थीहरु सहभागी

Read more

१० औं राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने लगायतका निर्णय सहित राष्ट्रिय विस्तारित भेला सम्पन्न !

मगर मिडिया फाल्गुन ६, चितवन नेपाल मगर विद्यार्थी संघको १० औं राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने निर्णय सहित राष्ट्रिय विस्तारित भेला फाल्गुन ४ र ५ गते भरतपुर चितवनमा सम्पन्न भएको छ । संघले “मगराँत आन्दोलनका लागि ४ महिने संगठन सुदृढिकरण अभियान” गर्ने, प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस फाल्गुन २ गते सार्वजनिक बिदाको माग गर्ने, “संविधान संसोधन मार्फत मगराँत“ ३ महिने अभियान गर्ने, बहुभाषिक विश्वविद्यालय स्थापनाको माग गर्ने, मातृभाषामा अनिवार्य शिक्षा पद्धतिको माग गर्ने, “एक जिल्ला एक मगर विद्यार्थी छात्रवृत्ति कोष“ अभियानलाई देशव्यापी रूपमा लागू गर्ने र मगर विद्यार्थी संघको आफ्नै भवन निर्माणको लागि पहल गर्ने जस्ता महत्वपूर्ण र दुरगामी निर्णय विस्तारित भेलाले गरेको  छ । राष्ट्रिय विस्तारित भेलामा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय  अध्यक्ष  नवीन रोका मगर, विशिष्ट

Read more

कान्छीबाट अभिनेत्री श्वेताको नेपाली चलचित्र जगतमा कमब्याक !

प्रहिल कार्की फाल्गुन ५, काठमाण्डौँ अभिनेत्री श्वेता खड्का र शैलेस खड्का द्वारा निर्माण गरिएको चलचित्र कान्छी फागुन ४ गतेबाट देशैभर एकैसाथ रिलिज भएको छ । उक्त चलचित्रलाई आकाश अधिकारी निर्देशन गरेको हो । दयाहाङ राई, श्वेता खड्का, कामेश्वर चौरासिया, निर शाहा लगाएतको मुख्य भुमिका रहेको चलचित्रमा अर्जुन पोख्रेल र राजन राज सिवाकोटीको संङ्गित रहेको छ भने यस चलचित्रलाइ पुरुषोत्तम प्रधानले छायाङ्कन गर्नु भएको छ । देशैभर एकैसाथ रिलिज भएको चलचित्र कान्छीमा श्वेता खड्कालाई निकै समयपछि फेरी चलचित्रमा देख्न  सकिन्छ । चलचित्र कान्छीलाई दर्शकले माया गरेर मनमा राखिदिनु हुन्छ भन्ने कुरामा नायिका श्वेता खड्का आशावादी हुनुहुन्छ साथै आकाश अधिकारी द्वारा निर्देशित १८ औँ चलचित्र कान्छीलाई दर्शकले माया गर्नुहुन्छ भन्नेमा निर्देशक पनि उत्तिकै विश्वस्त हुनुहुन्छ ।

Read more

आदर्श तारा स्मृती कप आयोजकको कब्जामा, पाहुना टोली काहुँ मिलन झापुटार २–० ले पराजित !

विनोद रखाली मगर फागुन ९, म्याग्दे आदर्श नमुना युवा क्लव म्याग्दे – ४, मनहरीले आयोजना गरेको आदर्श तारा स्मृती कप सेभन – ए साइड फुटवल प्रतियोगिताको उपाधि आयोजक भेन्ट्रान्स समुहले आफ्नो कव्जामा पारेको छ । भेन्ट्रान्स समुहले पाहुना टोली काहुँ मिलन युवा क्लव, झापुटारलाई २ – ० ले पाखा लगाउदै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । निकै प्रतिस्पर्धाका बिच सम्पन्न अन्तिम खेलमा आर्दशका लागी रविन श्रेष्ठले त्रीदेव गुरुङ्को उत्कृष्ट पासमा खेलको १५ औं मिनेटमा गोल गरे । पहिलो गोलले हौसिएको आयोजक टोली पुनः खेलको २० मिनेटमै दोस्रो गोल गर्न सफल भयो । आयोजकका लागी दोस्रो गोल रविन श्रेष्ठको उत्कृष्ट पासमा भिम तुलाचनले गरेका थिए । सुरुवात देखिनै आक्रामक रुपमा पेश भएको पाहुना टोलीले गोल गर्ने मौका पाए पनि

Read more

मिनाम लाङ्घाली क्लवद्वारा खुला नकआउट फुटवल आयोजना, स्थानीय लाहुरे टिम बिजयी !

कृष्ण आले फागुन ८ लमजुङ लमजुङमा मिनाम लाङ्घाली क्लवले आयोजना गरेको खुल्ला फुटवल प्रतियोगिता नरुवाल गाउँका लाहुरे टिमले जितेको छ । बेसीशहर नगरपालिका वडा नं. २ नरुवालमा मिनाम लाङ्घाली क्लवले महाशिवरात्री पर्वको अवसरमा प्रतियोगिताको आयोजना गरेको थियो । फाइनलमा राइजिङ रोज युवा क्लव बेसीशहरलाई शुन्यका बिरुद्ध २ गोलको अन्तरले आयोजक नरुवाल गाउँका स्थानीय लाहुरे टिमले खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । उपाधि जितेसँगै स्थानीय लाहुरे टिमलाई शिल्ड सहित नगद ६० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उपबिजेता राइजिङ् रोज युवा क्लवलाई नगद ३० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । सेमीफाइनलमा पराजित प्रतियोगितामा शान्त्वना हुने टिम अन्नपुर्ण युवा क्लव भकुण्डे र आयोजक मिनाम लाङ्घाली क्लवलाई नगद ६÷६ हजार र मेडल प्रदान गरिएको छ

Read more

अब घर घरमा ट्राफिक प्रहरीको कारवाही पत्र !

केदार चापागाँई फाल्गुन ८, काठमाण्डौँ के तपाई सडकमा आफ्नो सवारी साधन चलाउँदा ट्राफिक प्रहरीको आँखा छलेर जथाभावी चलाउँदै हुनु हुन्छ ? वा जथाभावी पार्किगं गरेर हिड्नु हुन्छ ? यदि त्यस्तो हो भने अब सावधान रहनु होला ? महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो कार्य गर्नेलाई घरमै कारवाहीको पत्र पठाउन शुरु गरि सकेको छ । उसै त राजधानीमा सवारी साधान सडकको क्षमता भन्दा बढी छन् । त्यसमा पनि सवारी धनीले सडकको दायाँ बायाँ सडक पेटी नै ढाकेर गाडी पार्क गरेपछि पैदल यात्रुहरु सडकबाट हिड्न बाध्य हुन्छन । यसरी घण्टौं सम्म सवारी साधन सडक पेटीमा पार्किगं गरेर राख्ने विरुद्ध कडा कारवाही गर्ने कुरा ट्राफिक प्रहरी बताए पनि खासै कार्यन्वयन नभएको जता ततै देख्न सकिन्छ । सरकारी गाडी, प्रेसका गाडी, प्रहरी स्वयम आफ्नैले गाडीहरु

Read more

विजनेस एण्ड प्रोफेशनल वुमेन सुनाकोठी शाखाको अध्यक्षमा प्रतिमाया पुन चयन !

दिपा राई फाल्गुन ८, काठमाण्डौँ हिजो प्रजातन्त्र दिवसको अवसर पारी विजनेस एण्ड प्रोफेशनल वुमेन सुनाकोठी शाखाको दोस्रो साधारणसभा कार्यक्रमका बिच नयाँ कार्य समिति चयन गरेको हो । समाजका विभिन्न आर्थिक गतिविधि र सीप तथा प्राविधिक युक्त पेशाहरुमा लाग्न महिलाहरुलाई प्रेरित गर्ने र आत्मनिर्भर हुन सघाउ पुर्याउने, महिला अधिकारको सुरक्षा गर्ने उद्देश्यमा आधारित उक्त वुमेन संस्थाले प्रतिमाया पुनको अध्यक्षतामा १ जना युवा प्रतिनिधि गरि १४ जनाको नयाँ कार्यसमिती बनाएको छ । जसमा अध्यक्ष श्रीमती प्रतिमाया पुन, उपाध्यक्षमा ज्योती केसी र नेत्र गर्बुजा, सचिव रोहिनी ढुङ्गेल, सह सचिव लिना गुरुङ र कोषाध्यक्ष राधिका लामा रहेका छन् भने सदस्यमा निता लामा, सरस्वती सिवाकोटी, दिपसिखा राई , कमला शाक्य (सृष्टि), तारा रसाइली, मेली शाह, सेरल शाही र प्रकृति बुढा मगर रहेका छन् । उक्त

Read more

दमौलीमा मातृभाषामा साहित्यीक प्रतियोगिता सम्पन्न साथै मगर लेखक संघ तनहुँको अध्यक्षमा बिनु थापा मगर !

विनोद रखाली मगर फागुन ७, स्याङ्जा अन्तराष्ट्रिय मातृभाषा दिवश फेव्रअरी २१ को सन्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अन्चल समितिको सप्ताहव्यापी कार्यक्रम अन्तरगत तनहुँको दमौलीमा नेपाल मगर लेखक संघ जिल्ला समिति तनहुँको आयोजनामा मातृभाषामा साहित्यीक रचना वाचन प्रतियोगिता तथा संघको तेस्रो जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनको उद्धघाटन गर्दै नेपाल मगर संघ केन्द्रीय समितिका उपाध्यक्ष मन्धरी आले मगरले मातृभाषामा साहित्यको विकाशका लागी लेखकहरुको भुमिका महत्वपूर्ण रहने बताउदै भाषा, सस्ंकृती र पहिचानलाई जिवित राख्न ती विषयमा लेखकहरुको कलम चल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल मगर लेखक संघ केन्द्रीय सदस्य रुद्र श्रीष मगर, समितिका केन्द्रीय सदस्य अनुराग थापा मगर, नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगर, तमु ह्रयुला छोँज धीँका केन्द्रीय सदस्य रक बहादुर गुरुङ्, मगर लेखक संघ गण्डकी

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)