‘तले क्रोम चु सैं’ हेर्न पोखरेली दर्शक ओइरिए !

रूद्र श्रीसमगर पोखरा, ७ साउन स्वस्ति फिल्मस् प्रालिको ब्यानरमा निर्मित गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘तले क्रोम चु सैं’ अर्थात् ‘किन रुन्छ यो मन’ हेर्न पोखरेली दर्शक ओइरिएका छन् । शनिबार पोखरा सभागृह हलमा एक पटक मात्रै भएको सो चलचित्रको विशेष प्रदर्शनमा झण्डै १ हजार बढी दर्शक उपस्थित रहेको निर्माणपक्षले दाबी गरेको छ । पोखरामा पहिलोपटक गरिएको प्रदर्शनमा उल्लेख्य दर्शकको उपस्थितिले आफूहरू झनै उत्साहित भएको निर्माता विकास गुरुङले जानकारी दिनुभयो । गत असार ३१ गते पोखरामा भीआईपी शो गरिएको सो चलचित्रको शनिबार पोखरा सभागृहमा मध्याÞन १२ बजे विशेष प्रदर्शन गरिएको हो । सो चलचित्रको यसअघि पूर्वी लमजुङका १७ स्थान तथा मनाङमा दुई प्रदर्शन भइसकेका छन् । जनक गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रका प्रमुख कलाकारहरूमा विवेक गुरुङ, सुमिन गुरुङ,

Read more

समाजसेवी माया गायिका पनि “जीवनभर सबैको मन र ढुकढुकीमा बस्न चाहन्छु” !

मीना थापामगर पोखरा पोखराकी गायिका माया पुनमगरले भर्खरै मात्र ‘पोखरेली सोल्टिनी’ गीत बजारमा ल्याएकी छिन् । यतिखेर उनलाई गायिकाको रुपमा चिन्ने गरेपनि उनी विगत एक दशकदेखि समाजसेवामा लाग्दै उत्पीडित वर्ग समुदायको हक हित र उनीहरुमा चेतना अभिवृद्ध गर्दै दीन दुखीहरुको सेवामा आफ्नो अमूल्य समय बिताएकी छिन् । बाबा गनबहादुर पुन र आमा प्रितीमाया पुनको जेठी छोरीको रुपमा म्याग्दी खिवाङमा जन्मिएकी माया हाल परिवारको साथमा पोखरा लेखनाथ महानगरपालिका लामाचौरमा बस्दै आएकी छिन् । बाबा इन्डियन आर्मी भएकाले उनको बाल्यकाल इण्डियामा बितेपनि अन्तत नेपाल आएपछि समाजसेवामा समर्पित भइन् । १५ वर्ष सम्म इण्डियामा बिताएकी मायाले नेपाल आएपछि विभिन्न संघसंस्थामा आबद्ध रहेर विभिन्न वर्ग, क्षेत्र, दलित र उत्पिडित समुदायको हितको लागि अनवरत लागिरहिन् । शुरुमा आशको साथी नामक संस्थामा आबद्ध रहेर काम गरेकी

Read more

गायक अरुणलाई तनहूँमा सम्झे, अरुणको योगदानलाई राज्यले कदर गरेन : श्रीसमगर

प्रताप रानामगर दमौली, ५ साउन नेपाली सुगम संगितका चर्चित तथा लोकप्रिय स्वर्गीय गायक अरुण थापाको १८ औं स्मृति दिवस विविध कार्यक्रम गरी दमौलीको मगर समाजसुधार समितिको भवनमा विहीबार मनाएको छ । नेपाल मगर विद्यार्थी संघ तनहूँको आयोजनामा आयोजित कार्यक्रमको नेपाल मगर विद्यार्थी संघका केन्द्रिय महिला उपाध्यक्ष निर्मा श्रीसमगरले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । उद्घाटन गर्नुहुर्दै उपाध्यक्ष श्रीस मगरले नेपाली सुगम संगितमा गायक अरुण थापामगरले अतुलनीय योगदान दिएको चर्चा गर्नुभयो । गायक अरुण थापामगरलाई राज्यको तर्फबाट केही गर्न नसकेको आरोप लगाउनुहुर्दै प्रमुख अतिथि समेत रहेका श्रीसमगरले गायक थापालाई सम्मान गर्न सके देशको सम्मान हुने धारणा राख्नुभएको थियो ।राज्यको तर्फबाट केही सम्मान नगरिएता पनि नेपाल मगर विद्यार्थी संघले केही बर्ष देखि अरुण थापामगरको स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो

Read more

मगरभाषाको पुस्तकलाई अंग्रेजी र नेपालीमा लेख्ने लेखक थापा आईसियुमा !

देब पचभैया काठमाण्डौ, श्रावण ३ मगर भाषाका शब्दकोष लेखक हिरासिंह थापा मगर अहिले गंभिर बिरामी पर्नुभएको छ । एक्कासी नसामा समस्या आएपछि उपचारका लागी बासबारी स्थित न्युरो अस्पतालमा भर्ना गरिएका ८४ बर्षिय थापाको आईसियुमा राखेर उपचार भैरहेको छ । मगर भाषाको पुस्तकलाई नेपाली र अग्रेजीमा उल्था गर्नुभएका भाषा बिद एवं लेखक थापाका कान्छा छोरा सोम थापाका अनुसार गएको बिहिबार उहाको स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएको हो । नामले बोलाउदा अलि अलि टाउको हल्लाए जस्तो गर्नुहुन्छ, छोरा सोमले भन्नुभयो अस्पतालको औषधी उपचारको बिस्तारै प्रभाब देखिन थालेको छ । बाघमारे १ दाङ्गमा जन्मिनुभएका हिरासिंह पुर्व भारतीय सेनामा आवद्ध भएपनि अवकासका बेला नाम कटाएर घर फर्किनुभएको नेपाल मगर भूपू सैनिक प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा (पचभैया) ले जानकारी दिनुभयो ।

Read more

चर्चित गायिका द्वय निता पुन र मिना गर्बुजाको तीज गीत “झुम्के बुलाकी” बजारमा !

नाइस मिडिया नेटवर्क श्रावण ४, काठमाण्डौ हिन्दु नारीहरुको चाड हरितालिका तीज नजिकिदै गर्दा चर्चित लोक तथा दोहोरी गायिका निता पुन मगर र मिना गर्बुजा मगरले तीज गीत “झुम्के बुलाकी” बजारमा ल्याउनुभएको छ । रमेश बि.जीको शब्द रहेको “झुम्के बुलाकी” को संगीत भने चर्चित गायिका पुर्णकला बी.सीले गर्नुभएको छ । नेपाली समाजमा सासुले बुहारीलाई गर्ने थिचोमिचो, सासु बुहारी विचको मनमुटाव तथा तिजको समयमा बुहारी माइत जाने विषयमा भएको कुराकानी मौलिकताको साथ यस गित मार्फत देखाइएको छ । गितमा स्वयम गायिका निता पुन मगर तथा थाली नृत्यकार तथा कलाकार दिलकुमारी राम्जाली गर्बुजाको अभिनय रहेको छ । हेरौं यो तीजको गीत “झुम्के बुलाकी”:

Read more

लोकप्रिय स्व. गायक अरुण थापा मगरको सम्झनामा स्मृती सभा बिहिबार हुँदै !

श्रावण ४ काठमाण्डौ लोकप्रिय स्व. गायक अरुण थापा मगरको सम्झनामा अरुण थापा स्मृती सभा ५ गते बिहिबार काठमाण्डौमा हुँदै छ । स्व. गायक थापाको स्मृतीमा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिले हरेक वर्ष स्मृती सभाको आयोजना गर्ने गरेको छ । साथै संघले अरुण थापा मगर स्मृती पुरस्कार पनि सोही समारोमा प्रदान गर्ने भएको छ । यस वर्षको पुरस्कार अग्रज गायक तथा रचनाकार प्रचण्ड बहादुर बुढाथोकी मगरलाई प्रदान गर्ने नेपाल मगर विद्यार्थी संघका अध्यक्ष कमल थापाले जानकारी दिनुभयो । विहिबार प्रज्ञा प्रतिष्ठान कमलादी काठमाण्डौमा ११ बजेबाट सुरु हुने सो समारोहमा कलाकारहरुले स्व. गायक थापाका विभिन्न कालजयी तथा सदाबहार गितहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । वि.स.२००८ मा भारतको कोलकत्तामा जन्मनु भएका स्व. गायक थापाको २०५६ साल साउन ५ देशवसान भयो ।

Read more

सृष्टि टोल विकास आमा समूहको दुई दिने उद्घोषण तालिम !

रूद्र श्रीसमगर पोखरा, २ साउन पोखरा लेखनाथ महानगरपालिका वडा नं. १०, नहरमार्ग स्थित सृष्टि टोल विकास आमा समूहको आयोजनामा सोमबार देखि दुई दिने उद्घोषण तालिम सुरु भएको छ । सो तालिमको उद्घाटन गर्दै वडा नं. १० का वडाध्यक्ष राजकुमार गुरुङले तालिमबाट आमा दिदीबहिनीहरूको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिँदै वडाध्यक्ष गुरुङले अहिलेको युगमा हरेक क्षेत्रमा बोल्ने कलाको महŒव बढ्दै गएको बताउनुभयो । कार्यक्रममा वडा सदस्यहरू सम्मरबहादुर श्रेष्ठ, दीपक थापा, निशा मल्ल, प्रतिभा विक पोखरेल, आमा समूहकी पूर्व अध्यक्ष फूलकुमारी थापालगायतले तालिमलाई उपलब्धीमूलक बनाउनुपर्नेमा जोड दिएका थिए । सृष्टि टोल विकास आमा समूहकी अध्यक्ष देउमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विष्णु थापाले गर्नुभएको थियो । मंगलबारसम्म हुने तालिममा निर्मला कार्की भण्डारीले प्रशिक्षण

Read more

दोश्रो राष्ट्रिय बाणिज्य संघ खुल्ला व्याडमिण्टन प्रतियोगिता साउनको दोश्रो साता !

साउन २, पोखरा नेपाल राष्ट्रिय बाणिज्य संघ कास्कीको आयोजनामा यहि साउन ७ गतेदेखि दोश्रो नेपाल राष्ट्रिय बाणिज्य संघ खुल्ला ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृतीमा संघले गतवर्षदेखि यो प्रतियोगिता आयोजना शुरु गरेको हो । दुई दिने प्रतियोगितामा ४५ वर्ष माथि ‘ए’ र ‘बि’ तथा ४५ वर्ष मुनि पनि ‘ए’ र ‘बि’ वर्गमा डबल्सतर्फ प्रतिस्पर्धा हुने प्रतियोतिगा संयोजक प्रेम भुजेलले जानकारी दिए । प्रतियोगितामा विजेता तथा उपविजेता टिम क्रमश ः नगद १५ हजार र नगद १० हजारका साथमा ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । ‘ए’ बर्गतर्फ उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा राष्ट्रिय तथा क्षेत्रियस्तरका प्रतियोगितामा पुरस्कार विजेता खेलाडीहरुलाई भने समावेश नगरिने पनि भुजेलले बताए । बगालेटोलस्थित सोपाल तमु समाज

Read more

पोखरामा ‘तले क्रोम चु सैं’को भीआईपी शो !

रूद्र श्रीसमगर पोखरा, १ साउन स्वस्ति फिल्मस् प्रालिको ब्यानरमा निर्मित गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘तले क्रोम चु सैं’ अर्थात् ‘किन रुन्छ यो मन’को शनिबार पोखरामा भीआईपी शो गरिएको छ । शोको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीकी महिला तथा बालबालिका सेल प्रमुख प्रहरी निरीक्षक चन्द्रा गुरुङले चलचित्रले संस्कार, संस्कृतिको संरक्षण र विकासका लागि महŒवपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘संस्कार, संस्कृति हराउँदै जान थालेका छन्, यस्तो अवस्थामा चलचित्र नै गतिलो माध्यम हो, नयाँ पुस्तालाई सन्देश दिनका लागि’, प्रहरी निरीक्षक गुरुङले भन्नुभयो, ‘तले क्रोम चु सैंले आम दर्शकको मन जित्नेमा म विश्वस्त छु ।’ सामाजिक परिवेशलाई श्रव्यदृश्यमार्फत् बाहिर ल्याउन चलचित्र नै प्रभावकारी माध्यम भएको भन्दै प्रहरी निरीक्षक गुरुङले समाजका विकृतिलाई नियन्त्रण गर्न समेत चलचित्रले भूमिका खेल्न सक्ने उल्लेख गर्नुभयो ।

Read more

बालबालिकाका लागि युवा बौद्ध संघको समर क्याम्प !

रूद्र श्रीसमगर पोखरा, १ साउन विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई नैतिक शिक्षा तथा स्थानीय व्यवहारिक शिक्षा दिने उद्देश्यले युवा बौद्ध संघ, धर्मशीला बुद्ध बिहारले समर क्याम्प सम्पन्न गरेको छ । शुक्रबार र शनिबार आयोजित समर क्याम्पमा बालबालिकाहरूलाई पोखरा लेखनाथ महानगरपालिकाभित्र रहेका विभिन्न गुम्बा, बिहार तथा चैत्य भ्रमण गराइएको थियो । त्यस अवसरमा धर्मशीला बुद्ध बिहारमा भन्ते धजवन्तले बुद्ध पूजा शील प्रार्थना गरि समर क्याम्पको शुभारम्भ गर्नुभएको थियो । बालबालिकाहरूलाई समर क्याम्पको पहिलो दिन अनदूस्थित विश्व शान्ति स्तूपमा राखिएको थियो । दोस्रो दिन भने विश्वरत्न शाक्यले बालबालिकाहरूलाई ध्यान अभ्याससहित आध्यात्मिक ज्ञान प्रदान गर्नुभएको थियो । सोही दिन बालबालिकाहरूबीचमा चित्रकला प्रतियोगिता गराइएको थियो भने पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा लगी विभिन्न रमाइला खेलहरू खेलाइएको थियो । समर क्याम्पको धर्मशीला बुद्ध बिहारमा बालबालिकाहरूलाई प्रमाणपत्र वितरण

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)