मगर महिला: चुनौती र बिकास !

– बिजय हितानमगर मेरो अनुभव एक मगर महिलालाई म एकदमै नजिकबाट बुझेको छु । मसँग उनको यती मोटो पुस्तक नै छ भनेपनी हुन्छ । यसलाई म दिनरात अध्यन गर्ने गर्छु- कहिले भान्सामा, कहिले बिस्तारामा, कहिले बैठक कोठामा, कहिले बारीमा त कहिले बाटामा । यो पुस्तकको नाम ‘कल्पनाको कथा’ हो भन्न रुचाउँछु । यसरी एक मगर महिलालाई मैले जती अरु कसले बुझेको छ होला र भन्ने पनि लाग्छ । दिदी बैनी भगवानले दिएनन, ता पनि मगर महिलाको रुपमा मेरी आफ्नै आमालाई बुझेको छु । म स्यानो छँदा, बुवा महिला दिवस मनाएर घर आउँदा, आमालाई थाहै हुने थिएन महिला दिवस कैले, किन, र कहाँँ मनाइन्छ भनेर । त्यसर्थ मगर महिलालाई मैले मेरी आमा जस्तै पनि बुझेको छु । भबिश्यका मगर महिलाहरु मेरी

Read more

प्रथम सहिद लखन थापा मगरको शालिक भत्काइयो !

असोज ११ काठमाडौँ नेपालका प्रथम सहिद लखन थापा मगरको कास्की पोखरास्थित शालिक प्रशासनले असोज १० गते मध्यरातमा हटाएको छ । घटनापछि देशविदेशमा सर्वत्र विरोध भएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको तर्फबाट अध्यक्ष नविन रोका मगरले प्रथम सहिद लखन थापा मगर देश र जनताको साझा गरिमा वा गौरब भएको भन्दै सरकारले शालिक राख्ने पूर्वसहमतिको बर्खिलाप गरेर देशकै अपमान हुने अनैतिक कदम चाल्नु राज्यको गंभीर गल्ती भएको बताएका छन् । अध्यक्ष रोका मगरले सहिद लखन थापा मगरको शालिक यथाशीघ्र पुन ः स्थापनाका लागि नेपाल मगर सघंको तर्फबाट नेपाल सरकारसँग माग गरेका छन् । अध्यक्ष रोका मगरले सरकारको यस्तो गलत कदम सच्याउन दबाबका लागि सम्पुर्ण संघ संस्था राजनैतिक दल र महानुभावहरुमा हार्दिक अपिल गरेका छन् ।

Read more

विगत लामो समय देखी मृगौला पिडित नृत्यङ्गना लक्ष्मी राना मगरको निधन !

लक्ष्मन बुढामगर आश्विन ११, काठमाडौँ विगत लामो समय देखी मृगौला पिडित नृत्यङ्गना लक्ष्मी राना मगरको निधन भएको छ । बनस्थली मृगौला अस्पतालमा उपचारकै क्रममा उहाँको मंगलबार निधन भएको हो । उहाँको सोही दिन पशुपती आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ । विरगंज स्थायी घर भएकी लक्ष्मी सानो छँदै बाबु आमाको निधन भएको एकमात्र भाईको पनि केही वर्ष अगाडी मृत्यु भएकोले काठमाण्डौमा एक्लै बस्दै आउनुभएकी स्व.लक्ष्मी रानाको नेपाल मगर संघको मातहतमा नेपाल मगर सांस्कृतिक संघ, मगर महिला संघ र लाङ्घाली उपचार समितिले उपचार तथा हेरचाह गर्दै आएको थियो । विगत ८ वर्ष देखी मृगौला समस्याको कारण पिडित लक्ष्मी रानाको उपचारमा र्यसअघी अन्य संघ संस्था र व्यक्तिहरुले पनि सहयोग गर्नुभएको थियो । ४१ वर्षको अल्पआयुमै मृगौला समस्याका कारण ज्यान गुमाउनु भएकी लक्ष्मी

Read more

पामि आलेहरुको प्रथम भेला गैंडाकोटमा !

हेमा आले `बोगी´ आश्विन ७, गैंडाकोट पामि आलेहरुको वंशावली अध्ययन अनुसन्धान गरि प्रकाशनमा ल्याउने मुल उद्देश्य लिएर आज पामि आले मगर समाजको प्रथम भेटघाट तथा परिचयात्मक कार्यक्रम प्रदेश नम्बर ४, नवलपुरको गैंडाकोटमा सम्पन्न भएको छ । सो भेलाले खड्क पामी आले मगरको अध्यक्षतामा २१ सदस्यीय पामी आले मगर समाज केन्द्रिय तदर्थ समितिको गठन गरेको छ । यसैगरी प्रथम उपाध्यक्षमा टेक बहादुर आले, गैंडाकोट नगरपालिका – ४, नवलपुर , द्दितिय उपाध्यक्षमा मिना आले, भरतपुर उपमहानगरपालिका – ४, महासचिव, हेमा आले `बोगी´ , कावासोती – १७, नवलपुर, सचीव खेम बहादुर आले, गैंडाकोट नगरपालिका – ४, नवलपुर , कोषाध्यक्षमा दान बहादुर आले, भरतपुर उपमहानगरपालिका – २, सहसचिव हर्क आले, पोखरा उपमहानगरपालिका सर्वसम्मतले चुनिएका छन् । यसैगरी सदस्यहरुमा छबिलाल आले, घोडाघोडी नगरपालिका, कैलाली, चित्र

Read more

इतिहास जित्नेहरुकोलागि मात्र होइन इमान्दारीताका साथ कर्म गर्नेहरुकोलागि पनि हो !

दीपा आले आश्विन ९, काठमाडौँ भाग्य र समय यति बलवाल हुन्छ जहांं केवल भगवानको क्रिपा र समयले साथ दिन्छ । भगवानको क्रिपा र आसिरबात विना मानिसले यो संसारको कल्पना गर्न गाह्रो छ । किन कि प्रत्येक जिवित प्राणीमा भगवानको आत्मा रुपी शक्ति हुन्छ । जुन शक्तिको कारण भौतिक वस्तुहरुको विकास भइरहेको छ । यो विश्वब्यापी मान्यता हो । किन कि हरेक आत्मारुपी मानवप्राणीले महसुस गरेका छन् र व्यवहारमा समेत उतारेका छन् । कर्म गरेका छन् । त्यसैले त भनिन्छ मानिसले जति नै प्रयास गरेतापनि भाग्य र समय भन्दा अगाडि उसले केही पनि पाउंदैन । किन कि हरेक सफलता पाउनकोलागि भाग्य र समय कुर्नु पर्ने हुन्छ । किन कि कर्म त सबैले गरेका हुन्छन् । जुन दिन समय आउंछ त्यो दिन

Read more

दशैं तिहारको शुभकामना सहित मगर्स क्रियशनको प्रस्तुतिमा दशैं तिहार गीत “परदेशी भाग २” बजारमा !

आश्विन ६, काठमाडौँ । दशैं तिहारको शुभकामना सहित, मगर्स क्रियसनको प्रस्तुतिमा प्रतिभाशाली लोक गायिका जुना श्रीस मगर र चर्चित गायक ऋषि खड्काको सुमधुर स्वरमा दशैं तिहारको एकदमै मार्मिक गीत “परदेशी भाग २” बजारमा आएको छ । ऋषि खड्काको लय/शब्द रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले, गर्नु भएको छ भने, छायांकन प्रकाश खड्काले गर्नु भएको छ । राजेश कुमारले सम्पादन गर्नु भएको यस म्युजिक भिडियोको पोस्ट प्रोडक्सन बि स्टार फिल्म्सले गरेको हो । यस गीतमा रन्जिता गुरुङ्ग र बुद्धिबीर थापाले नृत्य/अभिनय गरेका छन् ׀ यसको उत्पादन तथा बजार व्यवस्थापन मगर्स क्रियसन कम्पनिले गरेको छ ׀ यस गीतको PRBT कोड 70147009 र SMART कोड 10116186 रहेको छ | हेरौं दशैं तिहारको एकदमै मार्मिक गीत “परदेशी भाग २” यस लिंकमा:

Read more

मगर संघ इजरायलले गर्यो विभिन्न शिर्षकमा सहयोग !

भाद्र २७, काठमाडौ | नेपाल मगर संघ इजरायलबाट विभिन्न शिर्षकमा आर्थिक सहयोग एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ। नेपाल मगर संघ ईजरायलका संरक्षक तारा काउचामगर ज्यूलाई केन्द्रीय कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रम संघको अध्यक्ष नबिन रोकामगरको अध्यक्षता र महासचिव ज्ञानेन्द्र पुनमगरको सहजीकरणमा सम्पन्न कार्यक्रममा इजरायलमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुबाट आफ्नो परिश्रमको फलबाट केही रकम,नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोक्का मगर ज्यु इजरायल भ्रमणमा रहनु भएको बेला नेपाल मगर संघ इजरायल शाखाका अध्यक्ष बिष्णु पुन मगर र केन्द्रिय अध्यक्ष नबिन रोक्का मगरको संयुक्त रुपमा बाढीपिडितलाई सहयोगको लागि आव्हान गर्दै बिज्ञप्ति निकाल्नु भएको थियो त्यहि अनुरुप इजरायल मगर संघका संरक्षक श्री तारा काउछा मगरको हातबाट निम्नानुसारको सहयोग गरिएको छ: * बाढिपिडितको लागि रु.८० ,००० /- केन्द्र्का अध्यक्ष नवीन रोका मगर

Read more

पाटन मा. बि. ले स्वागत कार्यक्रम सम्पन्न गर्यो !

सँजय सिँजाली मगर काठमाण्डौंं, भदौं २० । पाटन मा.बि. का कक्षा १२ का बिधार्थीहरु ले एक कार्यक्रम आयोजना गरि कक्षा एघारलाई स्वागत गरेको छ । पाटन मा. बि. को आयोजन भएको यस कार्यक्रम पाटन मा बिकै प्राङ्गणमा सम्पन्न भएको थियो । कार्यक्रम पाटन मा विका प्रिन्सिपल ईश्वर बज्राचार्यको सभापतित्वमा प्रमुख अतिथि व्यवस्थापक समितिका अध्यक्ष किरण महर्जन र बिशेष अतिथिमा सत्य महर्जन रहेका थिए । सो कार्यक्रममा आआफ्नो मन्त्तव्य दिने क्रममा पाटन मा बिका अध्यक्षले यस संस्था सरकारी स्कूल मध्ये उत्कृष्ट पार्न सफल रहेको बताउनु भयो । उहाले भन्नु भयो यस स्कूललाई धेरै उच्च स्थानमा पुर्याउनमा हाम्रो शिक्षक साथीहरुको ठुलो भूमिका रहेको छ । अब आउने दिनहरुमा पनि हाम्रो सँस्थालाई उच्च राख्न लागि पर्नेे छौ अध्यक्ष महर्जनले भन्नु भयो । यस

Read more

नेपाल फिजिकल ट्रेनिङ एशोसियसन केन्द्रिय समितीको महाधिवेशन पोखरामा हुने !

गिता राना मगर, पोखरा २० भदौ । नेपाल फिजिकल ट्रेनिङ एशोसियसन केन्द्रिय कार्य समितीको एतिहासिक चौथो महाधिवेशन पर्यटकीय नगरी पोखरामा हुने भएको छ । आगामी भदौ २५ गते आइतबार पोखराको नौडांडा स्थित हिमालयन देउराली रिसोर्टमा हुने अधिवेशनमा नेपाल भरका १ सय २ सदस्य पोखरा आउने एशोसियसनका अध्यक्ष मिन राज गुरुङले जानकारी दिए । अधिवेशनमा केन्द्रिय कार्य समिती, क्षेत्रिय समिती पोखरा, क्षेत्रिय कार्यसमिती काठमाण्डौ र क्षेत्रिय कार्यसमिती धरानका गरी १ सय २ जना प्रतिनिधी पोखरा आउने भएका हुन । अधिवेशनबाट संगठनलाई विस्तार र सुुदृढिकरण गर्ने, लाहुरे तालिमकेन्द्रहरुलाई ब्यवशायिक मान्यता दिलाउन सरकार संग माग गर्ने, भर्ती प्रकृयालाई विश्पक्ष र पारदर्शी बनाउन दवावमुलक कार्यक्रमका साथ चेतनामुलक कार्यक्रमहरु गर्ने, युवाहरुलाई राष्ट्रसेवा र निर्माणमा सहभागी हुन उत्प्रेरित गर्ने, ठूला लगानीमा सञ्चालित तालिम केन्द्रहरुलाई ब्यवस्थित गर्ने,

Read more

अखिल नेपाल खेलकुद महासंघको महासचिवमा दाङका कालिबहादुर घर्ती मगर ‘बसन्त’ !

काठमाडौं, १९ भदौ । अखिल नेपाल खेलकुद महासंघको प्रथम राष्ट्रिय सम्मेलनबाट शिव कोइराला ‘ज्वाला’को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । महासंघको हालै सम्पन्न राष्ट्रिय सम्मेलनले दाङ निवासी मार्शल आर्टस् खेलाडी कालिबहादुर घर्ती मगर ‘बसन्त’ महासचिवमा निर्वाचित भएका छन् । महासचिवमा निर्वाचित कालिबहादुर नेपाल मार्शल आर्टस् हाप्किडो संघका अध्यक्ष तथा वल्ड फेडेरेशन अफ इलाइट मार्शल आर्टस् साउथ एशिया डाइरेक्टर हुन् । नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल नेपाल खेलकुद महासंघको सम्मेलनले उपाध्यक्षमा रोल्पाका प्रकाश पुन ‘साइमन’ सहित १९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । साइमन तत्कालिन जनमुक्ति सेनाका बटालियन कमाण्डर हुन् । यसैगरी सम्मेलनबाट महासंघको केन्द्रीय सदस्यमा रोल्पा निवासी हरिबहादुर सुनुवार निर्वाचित भएका छन्। उनी दाङका बक्सिङ प्रशिक्षक हुन् ।

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)