२०१७ लाई फर्केर हेर्दा – पर्याबरणिय सन्तुलन र राजनैतिक स्थिरता !

-बिजय हितान, युके राजनैतीक गतिबिधिले नागरिकका दैनिकिसँग प्रतक्ष्य सम्बन्ध राख्दछ । देशको राजनीति स्थिर रहनसके जनताले गास, बास, र कपास सजिलै पाउनसक्छन । तर राजनीतिले पर्याबरणसँग पनि प्रतछ्य सम्बन्ध राख्छ भनेर धेरैलाई ज्ञान नहुनसक्छ । स्थिर राजनीतिले सन्तुलित पर्याबरण कायम राख्न ठुलो भूमिका खेल्छ । किनकी बातावरणमैत्री नितिनियम निर्माण गरेर लागुगर्ने जिम्मेवार ब्याक्ती नेताहरुनै हुन । यसर्थ प्रयाबरण पनि स्वास्थ्य रहन सके मानीसहरु सजिलै गास, बास, र कपास पाउन सक्छन । सन २०१७ मा नेपालमा स्थानिय, प्रदेस सभा र सङ्घिय सभाको चुनाव सम्पन्न भयो । अब नेपाली जनताले राजनैतिक स्थिरताको श्वास फेर्न पाउने आशा लिएकाछन । तर हावाबाट लिईने श्वास अझै प्रदुशित रहनेछ । भारत र चाइनाको चरम औधोगिक बिकास र आर्थिक उन्नतिले दक्षिण एसियाकै बायुमन्डललाई असर पारेको छ ।

Read more

खेमजी रानाको मौलिक चुट्का कौराहा “यो नानीको आखैं गाजले” बजारमा !

मगर मिडिया, माघ २३, काठमाडौँ धादिङ्गको खरी बाँजोघरमा जन्मिएका खेमजी रानामगर सानै देखि गीत गाउने र एक दिन कलाकार बन्ने धोको लिएर सांगीतिक क्षेत्रमा होमिएका थिए, नभन्दै उनि कलाकार बनेरै छाडे । अहिले सम्म आधा दर्जन भन्दा बढी गीत बजारमा ल्याईसकेका खेमजिको अझै थुप्रै गीतहरु बजारमा आउन बाँकी नै छन् । खेमजीले अहिले फेरी एकदमै मौलिक किसिमको चुट्का कौराहा गीत “यो नानीको आखैं गाजले” बजारमा ल्याएका छन् । खेमजीको आफ्नै लय/शब्द रहेको यस गीतमा खुस्बु बिन्दामगर, इरिषा पाटामगर, बिबेक आलेमगर र कृष्ण आलेमगरले सुमधुर स्वरले सजाउन खेमजी रानालाई साथ् दिएकाछन । मनाङ्ग गुरुङ्ग्को निर्देशन र दुर्गा पौडेलले छायाँकन गर्नु भएको यस गीतको म्युजिक भिडियोलाई बिष्णु शर्माले सम्पादन गर्नु भएको छ, साथै, सन्तोषी, ओनिका, बबिता, बिनिता, लक्ष्मी, सोफिया, सपना, रोमी, स्मृति

Read more

सुनिता थापा मगरको आवाजमा फेरी अर्को गीत “अर्को जुनी” बजारमा !

मगर मिडिया, माघ २२, काठमाडौँ देवघाट ३ तनहुँमा जन्मिएकी सुनिता थापा मगरले एक बर्ष कै अन्तरालमा आधा दर्जन भन्दा बढी गीतहरुमा आवाज दीइसकेकी छिन । अहिले फेरी उनले आफ्नै आवाजमा अर्को गीत “अर्को जुनी” बजारमा ल्याएकी छिन । यस गीतमा सुनितालाई राजेन्द्र कँडेलले साथ् दिएका छन् । मदन मगरको शब्द रहेको यस गीतमा नीराज आलेको लय रहेको छ । कपिल लामाको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा सुरेश श्रेष्ठले छायाँकन गरेका छन् । सिम्रन फिल्म्सले द्रिस्य निर्माण गरेको यो गीतलाई सुजन शाहीले सम्पादन गरेका छन् भने सुपारी म्युजिकले बजारमा ल्याएको छ । यस म्युजिक भिडीयोमा सारिका र बिमल अधिकारीले अभिनय गरेका छन् । यो म्युजिक भिडियो हेर्न, तलको लिंकमा क्लिक गर्नुहोस:

Read more

तुल बहादुर पुन भिसि फाउन्डेसनद्वारा अग्नि पिडित तथा क्यान्सर पिडितलाई सहयोग !

पोखरा, माघ १८ म्याग्दी रघुगंगा गाउँ पालिका तिप्ल्याङ्गमा आगलागीबाट आफ्नो घर लगायत सबै गुमाएका दुइ परिवारहरु (बेग बहादुर पुर्जा र राज कुमारी पुनको परिवार) लाई “तुल बहादुर पुन भि सि फाउन्डेसन” ले आर्थिक सहयोग गरेको छ । घर बनाउनको लागि बेग बहादुर पुर्जाको परिवारलाई रु.७०,०००/- (सत्तरी हजार) र राज कुमारी पुनको परिवारलाई रु. ३०,०००/- (तीस हजार) सहयोग गरिएको हो । फाउन्डेसनकी संस्थापक/संयोजक मेगन तिलिजाले दिनु भएको जानकारी अनुसार फाउन्डेसन द्वारा हरेक बर्ष यस्तै पिडितहरु, असहायहरु र विभिन्न सामाजिक कामहरुको लागि भिक्टोरिया क्रस बिजेता तुल बहादुर पुनको सम्झनामा फाउन्डेसन मार्फत सहयोग गरिदै आएको छ । त्यस्तै, अर्का क्यान्सर पिडित म्याग्दी रघुगंगा गाउँ पालिका बागबथानका ओम माया तिलिजालाई पनि स्वास्थ्य उपचारको लागि रु. १६,०००/- (सोह्र हजार मात्र) आर्थिक सहयोग गरिएको छ ।

Read more

कृष्ण थापामगरको पहिलो कोसेली कौराहा गीत “नाचन साली खैचडीको तालैमा” बजारमा !

मगर मिडिया, माघ १८, काठमाडौँ लामो समय खाडी मुलुकमा श्रम बेचेर, अब चाई आफ्नै देशमा केही गर्छु भन्ने सोचका साथ् नेपाल फर्किएका गण्डकी गाउँपालिका, सानो दर्बुंग, गोरखा निवासी कृष्ण थापामगरको गीत/संगीतमा निकै रुची रहेको छ | गीत/संगीतमाको रुची कै कारण नेपाल फर्किए पछि पहिलो कोसेली स्वरूप कौराहा गीत “नाचन साली खैचडीको तालैमा” बजारमा ल्याएका छन् | गोरखा कै सानो दर्बुंगमा छायांकन गरिएको यस गीतमा राजन थापामगरको लय/शब्द रहेको छ र यस गीतको म्युजिक भिडियोलाई राजु लामाले छायांकन गरेका छन् भने चर्चित निर्देशक/कोरियोग्राफर चित्र मास्की मगरले निर्देशन गरेका छन् | यस गीतको सम्पादन रबिन बिक ले गरेका छन् | राजन थापामगर, डीबि गुरुङ, संगम गुरुङ, राज कपुर मगर, प्रेम रानामगर र सुनिला गुरुङको स्वरले सजिएको यस गीतमा अनिशा थापामगर, डिम्पल थापामगर,

Read more

बिजय हितानको नाटक “सहिदको सपना” सार्वजनिक !

मगर मिडिया, काठमाडौँ ! बिजय हितान; सहिद दिवस पारेर ‘सहिदको सपना’ लाई देस बिदेसका बिभिन्न एफएम रेडियो मार्फत सार्वजनिक गरिंयो। यो नाटक म द्वारा लिखित तथा निर्मित रेडियो नाटक हो । यस नाटक नेपालका प्रथम सहिद श्री लखन थापामगरले सन् १८७५ मा जहानीया राणा शासनविरुद्ध सुरुवात गरेको आन्दोलनमा आधारित छ । यस नाटकका वास्तविक पात्रहरु लखन थापामगर, सुकदेव गुरुङ, जयसिंङ चुमीमगर, सुपति गुरुङ, कालु लम्साल, ज्ञान दिलदास, जङ्गबहादुर राणा, बडामहारानी हिरन्यगर्भकुमारी र धीरशमसेर राणा हुन् । प्रथम सहिद लखन थापामगरदेखि गंगालाल, धर्मभक्त, सुक्रराज, दशरथ; अनी नेपालमा पटकपटक प्रजातन्त्र ल्याउन र देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गराउनसम्म शहादत प्राप्त गर्नुभएका सम्पूर्ण महान् शहीदहरुप्रति हार्दिक श्रद्धान्जली चढाउँदै नाटक ‘सहिदको सपना’ प्रस्तुत गरिन्छ। यस नाटकमा निरङ्कुश जहानीया राणाशासन विरुद्धको आन्दोलनमा मुख्य नायक लखन

Read more

छमछमिको कार्यक्रममा रविता थापा मगर र शेखर घर्ती मगरलाई भोट दिन मगर सांस्कृतिक संघ केन्द्रीय समितिको आग्रह !

काठमाडौ, माघ १३ गते छमछमिको कार्यक्रममा छमछम नाच्दै रविता थापा मगर र शेखर घर्ती मगर तपाईं हाम्रो साथ र भोटले छैठौ स्थानमा आउन सफल भै सकिएको छ । अब पाचौ स्थानमा आउनका लागि पनि तपाईं हाम्रो सहयोगको अपेक्षा गरिएको छ। अब फेरि भोट दिने समय भोलि माघ 14 गते आइतबार बिहान 10 बजे सम्म मात्र छ । यो कार्यक्रम मन पर्ने महानुभावहरुले सक्दो भोट दिनुहुन र शेयर पनि गरि दिनुहुन सादर अनुरोध गर्दछु । भोट दिने तरिका: रबिता थापा मगरको लागि: Type CC 12 and Send to 34343 शेखर घर्ति मगरको लागि: Type CC 11 and Send to 34343 नोट: नेपाल मगर सांस्कृतिक संघ केन्द्रको मातहतमा नृत्य संयोजक सहकोषाध्यक्ष कल्याण राना मगरको संयोजकत्वमा रविता थापा मगर र शेखर घर्तिमगर जिताऔ

Read more

प्रबिधिको उपयोग गर्दै नेपालबाटै इजरायलमा मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा श्रव्य-दृश्य प्रस्तुती तथा अन्तक्रिया कार्यक्रम सम्पन्न !

डिसेम्बर १७ तेल अभिव गत १५ तारिख शुक्रबार इजरायलको तेल अभिवमा मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ | मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले बिगत ४ बर्ष देखि नेपालमा विभिन्न उद्योग, व्यवसाय तथा सञ्चार क्षेत्र (राष्ट्रिय/अन्तर्रास्ट्रिय प्रशारणको टेलिभिजन) मा लगानी गरि नेपालमा एउटा रोजगारी मुलक कम्पनी बन्न सफल भएको छ,भने नेपालको सात वाटै प्रदेशमा शाखा तथा उद्योग/व्यवसाय सुरु गर्न तयारी गरिरहेको छ | गत १५ तारिख शुक्रबार सम्पन्न “उद्योग तथा व्यापार/व्यवसाय सम्बन्धि सामाजिक सचेतनाका लागि श्रव्य-दृश्य प्रस्तुती र मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीको परियोजनाको बारेमा जानकारी साथै नेपालमा विविध क्षेत्रमा लगानी विषयक अन्तरक्रिया कार्यक्रम”को सभापतित्व कम्पनीका बिश्व संयोजक सुश्री बिष्णु पुन मगरले गर्नु भएको थियो|कार्यक्रममा इजरायलमा कार्यरत विभिन्न संघ /सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,पत्रकारहरु,समाजसेवीहरु, लगायत ठुलो जनमानसको सहभागिता रहेको थियो

Read more

एक मित्रको खोजिमा !

– बिजय हितान मास्टर मित्रसेनलाई किन हो कुन्नी आफ्नै मित्र जस्तो लाग्छ । उनी म भन्दा धेरै अगाडि जन्मेका भएर पनि । उनी मेरै स्वरुपका थिएकी जस्तो पनि लाग्छ । तर उनी जन्मे भारतको भाग्शु, म जन्मे नेपाल को गुल्मीमा । उनिसँग मेरो रगतको नाता पनी छैन । उनका र मेरा जिन्दगीका पानाहरु पल्टाउँदै जाँदा हामी बिच केही चिजहरु मेल खाएजस्तो लाग्छ । उनी मजस्तै एक लाहुरे थिए । म परें मेरो मामाको भान्जा, उनी पल्टनिया भान्जा । अर्थात उनका पिता ब्रिटिश इन्डियाको गोर्खा पल्टनमा हुँदा मित्रसेन भाग्सुको तोतारानी छाउनिमा जन्मेर सैनिक परीबेसमा हुर्केका थिए । अर्थात उनी लैन छोकडा थिए । उनी पनि म जस्तै छोटो सैनिक जागिर खाएर निस्केका रहेछन । आफ्नै पिता को पल्टन १/१ गोर्खा राइफलको

Read more

को हुन त जुनु पुन ? जसले ३७ जना अनाथ बालबालिकाको संरक्षण गर्दै आएकी छिन ।

पदम थापा मगर मंसिर- १०, पोखरा भनिन्छ “हुने विरुवाको चिल्लो पात, नहुने विरुवाको फुस्रो पात” यो भनाई संग ठ्याक्कै मेल खाने जुनु पुनको बाल्यकालको जिन्दगीलाई नजिकबाट नियाल्नेहरुले सोझै अड्कल लगाउन सकिन्थ्यो कि जुनु पुन भविष्यको एउटा समाजसेवी व्यक्तित्व हो । नभन्दै आज उनी भुकम्प र द्वन्द्वकालमा आफ्नो अभिभावक गुमाएर बेसहारा बनेका ती ३७ जना अनाथ बालबालिकाको “आमा” भएर आज उनिहरुको भविष्यको लागि संघर्ष गरिरहेकी छिन । जुनु पुनको जन्म बाग्लुङ जिल्लाको सुखौरा भन्ने ठाउँमा बाबा प्रेम बहादुर पुन र आमा दिल कुमारी पुनको दुई बहिनी छोरी मध्ये जेठी सुपुत्रीको रुपमा भएको थियो । महिला भए पनि म पुरुष भए हुन्थ्यो राम्रो कामको लागि अझै धेरै जोखिम मोल्दै चुनौतीहरुसंग सामना गर्न पाए हुन्थ्यो भन्ने भावना राख्ने उनी सानै देखि नृत्य गर्न,

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)